गाउँ गाउँमा सडक सञ्जाल: कही छैन कालोपत्रे

  • माघ ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ स्थानीय तह सञ्चालनमा आएको पहिलो पाँच बर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने सरकारको नीति थियो तर नयाँ संरचना अनुसार स्थानीय सञ्चालनमा आएको सात बर्ष वितिसक्दा पनि स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणको काम अपेक्षा गरिए अनुसार अघि बढ्न सकेको छैन ।

केशी राजमार्गबाट धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजार जोड्ने चारवटा बाटो अहिले सञ्चालनमा छन् । यस्तै मध्य पहाडी राजमार्गको लेगुवा बजारबाट समेत जितपुर जोडिन्छ तर यी मध्ये कुनै पनि सडक कालोपत्रे हुन सकेको छैन ।

हिउँदमा दुःख सुख बाटो सञ्चालनमा आए पनि सबै बाटोको अवस्था जीर्ण हुदा यात्रा कष्टकर हुने गरेको छ ।

त्यसो त स्थानीय तह सञ्चालना आएको पहिलो पाँच बर्षमै मुख्य राजमार्गबाट गाउँ र नगरका केन्द्र जोड्ने कम्तीमा एउटा सडक कालोपत्रे गरिसक्ने संंघीय सरकारको नीति थियो ।

तर सरकारको यो निितले महालक्ष्मी नगरपालिकालाई अहिलेसम्म छुन सकेको छैन । कोशी राजमार्गको सिंधुवा बजार हुदै लेगुवा घाट जोड्ने ३२ किलोमिटर सडक कालोपत्रे गर्न ५ बर्ष अगाडि नै संघीय सरकारलाई सिफारिस गरिएको थियो ।

अहिले पनि पटक पटक ताकेता गर्ने गरिएको छ तर संघीय सरकारले वेवास्ता गर्दै आइरहेको छ ।

महालक्ष्मी नगरपालिकाका नगर प्रमुख धुव्रराज रायले संघीय सरकारले आवश्यकता पहिचान गर्न नसकेकोले बन्न नसकेको बताए । उनले भने–‘योजनाचाहिँ ल्याउने, अझ उद्घाटन पनि गर्ने, रकम पनि नदिने, अलि अलि बजेट दिए पनि त्यो पर्याप्त छैन ।’

उनले २० किमीको बाटो कालोपत्रे गर्न १ करोड रुपैया बजेटले नपुग्ने बताउदै संघीय सरकारले प्रयाप्त बजेट नपठाएकै कारण सडकहरु कालोपत्रे हुन नसकेको बताए । उनले भने–‘बर्षमा चार पटक भन्दा बढी आफै गएर संघीय सरकारका मन्त्रीहरुलाई,

योजना आयोगलाई भेट्ने अनि पत्रकार गर्ने काम गरेका छौं, माग गरेका छौं, बजेट बनाउने बेलामा पनि त्यहाँ गएर सम्झाउने काम गरेका छौं, तर पनि काम हुन सकेको छैन ।’

धनकुटाको ७ पालिकामध्ये चार पालिकाको केन्द्र राष्ट्रिय राजमार्गबाट करिब ५ सय मिटरभित्र रहेका छन् ।

ती बाहेकका अन्य पालिकामा समस्या छ । महालक्ष्मी नगरपालिकाबाहेक सहिदभूमि गाउँपालिकाको केन्द्र पिप्ले जोड्ने सडक पनि कालोपत्रे हुन सकेको छैन । गुटीटार र हिलेबाट पिप्ले जोड्ने सडकमा कालोपत्रे गर्ने काम शुरु भएको छ । बाँकी सडक कहिले कालोपत्रे हुने हो भन्ने अत्तोपत्तो छैन ।

भेडेटारबाट चौवीसे गाउँपालिकाको केन्द्र जोड्ने सडकको ट्रयाक खोलेको तीन दशक भइसके पनि कालोपत्रेको काम शुरु भएको छैन ।

पालिका जोड्ने सडक कम्तीमा पनि एउटामात्रै भएपनि कालोपत्रे भइदिएको भएको खण्डमा पालिकामा आवतजावत गर्नमात्र नभई समग्र कोशे ढुंगा बन्ने चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ बताउँछन् ।

उन िभन्छन्–‘समग्र रुपमा यो बाटोबाट धरानसम्म जोडिन्छ, सडक कालोपत्रे हुदा धेरै फाइदा हामीलाई हुन्छ, सामरिक दृष्टिले यो अत्यन्तै महत्वपूर्ण बाटो हो, व्यापार व्यवसायका लागि पनि उत्पादन गरेका कृषि सामाग्री सहज रुपमा धरान लान सकिन्थ्यो ।’

हिउदमा जसोतसो ढुवानीका साधन सञ्चालनमा आए पनि बर्षामा ग्राभील सडक छिचोलेर जान सक्दैन ।

न्यून आन्तरिक आय रहेका स्थानीय तहमा पूर्वाधारका ठूला परियोजना सञ्चालनका लागि प्रदेश र संघीय सरकारको मुख ताक्नुपर्ने हुन्छ तर संघीय सरकारले आफ्नो निित अनुसार बजेट उपलब्ध गराउन नसक्दा मुख्य राजमार्गबाट स्थानीय तहका केही सडक स्तरोन्नति र कालोपत्रे हुन सकेका छैनन् ।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved