अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति दिन÷प्रतिदिन नैराश्यता छाउँदैछ । अझ भनौँ स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्टदैछ, जसले गर्दा विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ ।१० देखि १५ लाख खर्च गरेर अध्ययन गरे तापनि सात/आठ हजारमा काम गर्नु पर्ने बाध्यता छ । एकातर्फ चरम श्रम शोषण अर्कोतर्फ राज्यबाट गरिने विभेदका कारण वर्षेनी धेरै नर्स नेपाल छोड्न बाध्य छन् ।हुन त, कति नर्स बाहिर गए भन्ने यकिन तथ्यांक अझै पनि कसैसँग छैन । उच्च शिक्षाको लागि होस या डिपेन्डेन्ट भिषामा जाँदा नर्सिङ काउन्सिलमा अनिवार्य दर्ता गर्नु पर्ने प्रावधान छैन, जसले गर्दा यकिन तथ्यांक भेट्न सकिँदैन ।
मोरङ / कोशी टप्पु बन्य जन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका सञ्चालकहरुलाई विरानगर–१४ स्थित एस्पायर कलेजमा बि.पि.एच.(ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण प्रदान गरेका छन् । होम स्टे कस्तो हुनुपर्छ ? होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने ? होम स्टे लाई सफा कसरी राख्ने , शान्त तथा मनोरम बाताबरण कसरी बनाउने ? होम स्टेमा आइसके पछि पाहुना खुसी भएर फेरि पनि आउने वातावरण कसरी बनाउने भन्ने बिषयमा बिद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् । १२ बटा होम स्टे सककंन्चालनमा रहेको उक्त पर्यटकिय क्षेत्र सुनसरीको प्रकासपुरमा अवस्थित छ ।यसरी प्रशिक्षण दिने
मोरङ / समगरमाथा स्कुलको २६ औं विद्यार्थी तथा अभिभावक दिवस सम्पन्न भएको छ । विराटनगर–११ मा रहेको स्कुलले आज एककार्यक्रमको आयोजना गरेर अभिभावक तथा विशिष्ट व्याक्तिहरु माझ विद्यार्थी तथा अभिभावक दिवस मनाएको हो ।कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ । कक्षा नर्सरी देखि १० कक्षासम्म स्कुलले लिएको आन्तरिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको हो । प्रथम हुने विद्यार्थीहरुलाइ सय प्रतिशत, द्वितीय हुने विद्यार्थीहरुलाई ५० प्रतिशत र तृतीय हुने विद्यार्थीहरुलाई २५ प्रतिशत छात्रावृति सहित प्रमाण पत्र र उपहार प्रदान गरि सम्मान गरेको
इलाम / इलामको विब्ल्याँटे–माईपोखरी–सन्दकपुर जोड्ने सडक कालोपत्रेमा निर्माण कम्पनीको गुणस्तरहीन काम गरेको पाइएको छ । निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणको काम गुणस्तरहीन रहेको पाइएको हो । गुणस्तरहीन काम गरेको पाएपछि सडक डिभिजन कार्यालयले पटक पटक पत्र काट्दा पनि निर्माण कम्पनीले अटेर गरिरहेको छ । नागार्जुन कन्स्ट्रक्सन कम्पनीले तीन करोड २५ लाख ३४ हजार दुई सय चार रुपैयाँ ४८ पैसामा २०७७ सालमा ठेक्का लागेर निर्माण सुरु भए पनि कालोपत्रे गर्ने क्रममा ठेकेदारले लापरबाही गरेको पाइएको हो । कालोपत्रे गर्ने क्रममा सडकलाई तयारीपुरा नगरी कालोपत्रे गर्ने गरेको र खुट्टाले कोट
धरान / बढ्दो सहरीकरणसँगै दुषित वातावरण, फोहोरमैलाको व्यवस्थापन लगायतका समस्या बढ्दै गएपछि ठूला सहरहरुमा कौसी खेती लगाउने प्रचलन बढ्दै गएको छ ।कौसी खेती लगाउँदा घरबाट निस्किने फोहोर व्यवस्थापनमात्र हैन अर्गानिक तरकारी, फलफूल उत्पादन गरेर स्वस्थ जीवनयापन गर्न सहज हुने भएकोले कौशी खेतिलाई प्रवद्र्धन गर्न स्थानीय सरकारले बजेट छुट्याएर आफ्ना वडामा रहेका महिलाहरुलाइृ तालिम दिन थालिएको छ । आफ्नो घरको कौसीमा, बरण्डा, छत आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने वा दैनिक उपभोग गर्नुपर्ने बालीहरू जस्तै तरकारी, फलफूल, मसलाबाली, आदिको खेती गर्ने प्रविधिको विषषयमा धरान उपमहानगरपालिका वडा नं. १९ ले बजेट नै
धरान / धरान १० के रन ११ औं नेवा च्यारिटी दौड प्रतियोगिता २०७९ मा पुरुष तर्फ दिपक सुहाङ र महिला तर्फ राजपुरा प्रछाइ विजयी भएका छन् । शनिबार सम्पन्न प्रतियोगितामा १० किमी दौड दिपक सुहाङले ३२.०५ मिनेटमा पुरा गरे भने राजपुरा प्रछाइले ३७.३६ मिनेटमा दुरी पार गरिन् । त्यस्तै खुल्ला पुरुष तर्फ गजेन्द्र राईले ३२.२४ मिनेटमा दुरी पार गर्दै दोस्रो भए भने सिमियोन किप्लागतले ३३.१३ मिनेटमा दुरी पार गर्दै तेस्रो भए । महिला तर्फ पुर्णलक्ष्मी न्यौपानेले ४०.२८ मिनेटमा र आशा राउतले ४२.२७ मिनेटमा दुरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए । खुल्ला तर्फका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६० हजार
धरान / धरान रङ्गशालामा जारी धरान एक्स्पो २०७९ अवलोकनकर्ताहरुका लागि दिउँसो १ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा जारी एक्स्पोमा दिउँसो एक बजेसम्म प्रवेश निःशुल्क गरिएको हो । दिउँसो एक बजेदेखि साँझ पाँच बजेसम्म र साँझ पाँच बजे पश्चात्त अवकोलन गर्न आउनेका लागि फरक टिकट मूल्य निर्धारण गरिएको एक्स्पोका संयोजक गोपाल श्रेष्ठले बताए ।‘दिउँसो एक बजेदेखि बेलुका पाँच बजेसम्म प्रवेश शुल्क प्रति टिकट ५० रुपैयाँ र बेलुका पाँच बजेपश्चात्त एक्स्पो अवलोकन गर्न चाहनेका लागि प्रति टिकट २०० रुपैयाँ निर्धारण गरिएको छ’ संयोजक श्रेष्ठले भने, &ls
विजयपुर / धरानमा शनिबारबाट सुरु भएको २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा प्रतियोगितामा आयोजक धरान फुटबल क्लब पहिलो चरणबाटै बाहिरिएको छ । उद्घाटन खेलमा पाहुना टोली भारतको युनाइटेट खार्साङ फुटबल क्लब (युकेएफसी) ले विजयी सुरुवात गरेको छ । धरान १६ रङ्गशालाभएको प्रतियोगितामा भारतको युकेएफसीले आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले जित हात पारेको हो ।अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकी बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा गएको थियो । युकेएफसीका तर्फबाट आकाश प्रधान, राज रौत, सिदान्त क्षेत्री, साहिल राई र सुब्रतो सोरोयनले गोल गरेका थिए भने
काठमाडौं / आइसिसी विश्वकप लि–२ अन्तर्गत हालै भएको प्रतियोगिामा श्रृङ्खलाबद्ध जित निकाल्ने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले जनही दुई लाख दिने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत हालै भएको त्रिदेशीय शृङ्खलाका विजेता खेलाडीलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।बिहीबार दिउँसो विजेता खेलाडीलाई बालुवाटारमा नै बोलाएर प्रधानमन्त्रीले बधाई दिँदै पुरस्कारको घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार
धनकुटा / पछिल्लो समय जलवायु परिवर्तनका कारण धनकुटामा उत्पादित सुन्तलाको उत्पादनमा ह्रास आएको एक तथ्याङ्कले देखाएको छ । तथ्यांकले धनकुटा जिल्लाभरि सुन्तालाको उत्पादन ३५ प्रतिशत भन्दा बढीले घटेको जनाएको हो । यसै क्रममा धनकुटाको सहिदभूमि गाउँपालिकामा समेत बर्सेनी सुन्तला उत्पादन तथ्याङ्कले देखाएको छ । सहिदभूमि गाउँपालिकाको कृषि शाखाको तथ्याङ्क अनुसार यो वर्ष २ सय मेट्रिक टन मात्र सुन्तला उत्पादन भएको छ । यसअघि गएको वर्ष ३ सय मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यो वर्ष १ सय मेट्रिक टनले उत्पादन घटेको शाखाले जनाएको छ । उत्पादन घटेसँगै आम्दानी समेत घटेको छ ।यस वर्ष पालिकामा सुन्तला उत्पादन