गायक भुवन सुप्तिहाङ राईको संगीतमा म्युजिक भिडियो सार्वजनिक

  • चैत २३, २०८०
  • कोशीपत्र/संवाददाता

धरान / गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र गायक रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिगत दुई दशक देखी नेपाली गित संगीतमा रहेका गायक तथा संगीतकार,भुवन सुप्तिहाङ राई गीत संगीत अनुभव संगालेका भुवन हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए ।

आनंद अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । म्युजिक भिडियोमा कलाकार बुद्धी तामाङ र रजनी गुरुङको मुख्य भूमिका देखाइएको छ । उत्तम हुमागाईंको छायांकनमा राजकिङ वाइवाको कोरियोग्राफी रहेको छ ।

गीत युट्युब च्यालन रोलेक्स इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो । गत शुक्रबार अपलोड गरिएको भिडियो हालसम्म १ लाख ८५ हजार पटकभन्दा बढी हेरिएको छ । 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved