गायक भुवन सुप्तिहाङ राईको संगीतमा म्युजिक भिडियो सार्वजनिक

  • चैत २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा गायिका अस्मिता अधिकारी र गायक रोम नामजालीको स्वरमा रहेको गीत ‘तीन तारा तीनतिर’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

बिगत दुई दशक देखी नेपाली गित संगीतमा रहेका गायक तथा संगीतकार,भुवन सुप्तिहाङ राई गीत संगीत अनुभव संगालेका भुवन हाल अमेरिकामा छन् । गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार सुप्तिहाङले जानकारी दिए ।

आनंद अधिकारीले लेखेको गीतलाई महाराज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । म्युजिक भिडियोमा कलाकार बुद्धी तामाङ र रजनी गुरुङको मुख्य भूमिका देखाइएको छ । उत्तम हुमागाईंको छायांकनमा राजकिङ वाइवाको कोरियोग्राफी रहेको छ ।

गीत युट्युब च्यालन रोलेक्स इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो । गत शुक्रबार अपलोड गरिएको भिडियो हालसम्म १ लाख ८५ हजार पटकभन्दा बढी हेरिएको छ । भिडियोमा युवा अवस्थाको मित्रतापछिको प्रेमलाई ग्रामिण परिवेशमा चित्रण गरेर देखाइएको छ

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved