जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु

  • चैत २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेशका पाँच जिल्लामा धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुचारु गर्ने भएको छ ।

प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको हो ।

प्रतिष्ठानमा विहिबार आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लेखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकी रहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

टेलिमेडिसिन कार्यक्रम मार्फत सेवाग्राहीहरूले सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू सँग सम्पर्क स्थापित गर्न सक्ने छन् ।

कार्यक्रममा प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले टेलिमेडिसिन कार्यक्रम मार्फत प्रदेशभरीका स्वास्थ्य संस्थाहरुमा प्रतिष्ठानको विशेषज्ञ सेवा बिस्तार हुँदै गरेको बताए ।

कोसी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर कटुवालले टेलिमेडिसिन कार्यक्रमको प्रभावकारिताको चर्चा गर्दै स्वास्थ्य सेवा बिस्तारको लागि प्रदेश सरकार सरोकारवालाहरू सँग सहकार्य गरी अघि बढ्न चाहेको बताए ।

प्रतिष्ठान अन्तर्गत ई–हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका फोकल पर्सन प्रा. डा. नरेन्द्र भट्टले कार्यक्रमको प्रभावकारिता र दिगोपनको सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

टेलिमेडिसिन कार्यक्रमका मेडिकल कोअर्डिनेटर डा. प्रमेन्द्र प्रसाद गुप्ताले प्रतिष्ठान अन्तर्गत सञ्चालित टेलिमेडिसिन कार्यक्रमले डिजिटल हेल्थको क्षेत्रमा नेपालमै अग्रणी भई गरेका कामहरूको चर्चा गरेका थिए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved