धरान आउदै गरेका प्राध्यापक गिरिराज लिम्बूको दुर्घटनामा दुःखद निधन

  • साउन ८, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डारी राजमार्गको दर्लामी चोकमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा शिवसताक्षी–दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्राध्यापक गिरिराज शेर्मा लिम्बूको दुःखद निधन भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३० बजे मोरङको केराबारीबाट धरानतर्फ आउँदै गरेको मे १२ प २०३ नम्बरको २०० सिसी हिरो मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो।

दुर्घटनामा चालक झापाको दमक नगरपालिका निवासी करिब ४५ वर्षीय शेर्मा घटनास्थलमै मृत फेला परेका थिए।

प्रारम्भिक जानकारीअनुसार बिरामी बुबाको उपचारका लागि आवश्यक रकम बोकेर धरानतर्फ आउँदै गरेका बेला उनको मोटरसाइकल दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुन सक्ने देखिएको छ।

मृतक शेर्माको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ।

पाँचथर जिल्ला तुम्बेवा गाउँपालिका वार्ड नं. १ साविक आङना ९ शेर्माटोलमा जन्मनुभई हाल श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय शिव सताक्षी दूधे झापामा प्रधानाध्यापकको जिम्मेवारीमा रहनु भएको प्रहरीले जनाएको छ।

प्राध्यापक शेर्माको असामयिक निधनले राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय परिवार तथा तुम्बेवा गाउँपालिका , विद्यार्थी तथा स्थानीय समुदायलाई गहिरो शोकमा डुबाएको छ।

 

 1784893383974

 

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved