कुम्भ मेलामा तीनै तहका सरकारको सहयोग रहने

  • चैत्र २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आगामी चैत्र २७ देखि ०८१ वैशाख २८ सम्म वराहक्षेत्र चतराधाममा लाग्ने वाह्र वर्षे पूर्ण महाकुम्भ मेलामा ३० लाख धार्मिक पर्यटकलाई व्यवस्थापन गर्ने गरी तयारी थलिएको छ ।

यसमा स्थानीय सरकार बराह क्षेत्र नगररपालिका आफैले मेलाको अध्यक्षता गरेको छ भने प्रदेश सरकार र संघीय सरकारले समेत मेला सम्पन्न गर्न राम्रो भूमिका निर्वाह गर्ने भएको छ ।

महाकुम्भ मूल आयोजक समिति यस बर्षको महाकुम्भ मेलामा न्युनत्तम ३० लाख आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित काम शुरु गरेको हो ।

यसका लागि मूल आयोजक समिति मातहत २६ समिति यसअघि निर्माण गरिसकिएको छ । समितिले आआफ्ना जिम्मेवारीअनुसार काम सुरु गरेको सहअध्यक्ष एवम् बराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले जानकारी दिए ।

कोशी प्रदे्शकी सांंसद एवम् बराहक्षेत्र नगरपालिकाकी स्थानीय नेता ममता तामाङ योञ्जनले कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयले कुम्भ मेलामा समयमा हुने खानेपानीसमस्या, स्वास्थ्य समस्या लगायतमा सहयोग गर्ने बताउदै बराहक्षेत्रमा १२ बर्षमा लाग्ने कुम्भ मेलालाई प्रदेश सरकारले विशेष रुपले हेरेको बताइन् ।

कुम्भ मेलामा आउने भक्तजन र सवारी साधनको व्यवस्थापनका लागि आयोजक समितिले तत्काल पाँच ठाउँमा सवारी पार्किङको व्यवस्थापन गरिसकेको छ ।

नगर प्रमुख कार्कीका अनुसार वराहक्षेत्र १ को साविक एलएनटी परियोजनाको खाली मैदानलाई पहिलो पार्किङ तोकिएको छ । त्यस्तै १ नम्वर वडा कार्यालय अगाडि, वन कार्यालय परिसर, चतरा बसपार्क, छिन्न्मस्ता मन्दिर परिसरलगायतका स्थानलाई तोकिएको हो ।

मेलाको अध्यक्षता ग्रहण गर्दै आउनुभएका बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले कुम्भ मेलालाई भव्यताका साथ सम्पन्न गर्न तीनै तहका सरकारले सहयोग गरिहेको बताए ।

उनले संघीय सरकार अन्तर्गत प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोख्रेल, कोशी प्रदेश सरकारले प्रमुख सचिव केदारमान शर्माको नेतृत्वमा सम्पर्क विन्दु तोकेर सचिवालय खोलेर काम भइरहेको बताए ।

उनले स्थानीय सरकार आयोजक समितिको सहध्यक्ष भएर काम गरेकोले तीनै तहको सरकार यो मेलालाई भव्य बनाउन लागि परेको बताए ।

सो अवसमा कुम्भ मेला लाग्नुभन्दा ५ दिन पहिले र कुम्भ मेला सकिएको ५ दिनपछिसम्म कुम्भ क्षेत्रमा मदिरा र माछामासु बिक्रीवितरणमा रोक लगाउने तयारी गरिएको हो नगरप्रमुख कार्कीले बताउनुभयो ।

धार्मिक कार्यमा राष्ट्र नै लागेकाले सात्विक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने जनाइएको छ ।

नगरपालिकले व्यवसायीलाई मदिरा र माछामासु बिक्रीवितरण नगर्न आह्वान गर्दैे सार्वजनिक सूचना जारी गरिसकेको छ ।

भने कुम्भ परिसरमा १९५ अस्थायी शौचालय निर्माण गर्ने आयोजक समितिको तयारी छ ।

यस्तै २ वटा मोबाइल भ्यान शौचालय कुम्भ क्षेत्रमा परिचालित हुने नगर प्रमुख कार्कीले बताएो ।

कुम्भ मेलाई सफल बनाउन तीन तहकै सरकार लागि परेका कारण यो महाकुम्भ विशेष हुने सबैले अपेक्षा समेत गरेका छन् ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved