रोटरी क्लबद्वारा निःशुल्क आँखा शिविर

  • चैत्र २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ रोटरी क्लब धरानको संयोजकमा देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वास्थ्यका पहुच नपुगेका सर्वसाधारणलाई लक्षित रोटरीले देशका ५ जिल्ल्लामा आँखा शिविरको आयोजना गरिएको हो ।

क्लबले काभ्रे, सिन्धुली, उदयपु, सुनसरी र झापाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो

पाँच जिल्लामा क्लबले ४ हजार दुई सय ६ सय ५ जना बालबालिकाको निःशुल्क आँखा चेकजाँच गरिएको थियो । चेकजाँचमा शिविरमा आएकाहरुमा आँखाको दृष्टिदोष भएका विरामीहरु भेटिएको क्लबले जनाएको छ ।

सो बेला उपचारमात्र हैन २ हजार ४ सय २० जनालाई नजिक र टाँढा देखिने चश्मा समेत वितरण गरिएको थियो भने सूर्यको परावैजन किराबाट आँखालाई बचाउनका लागि प्रयोग हुने चश्मासमेत वितरण गरिएको थियो ।

मौसम परिवर्तनले आँखामा समस्या हुने भएकोले शर्तक रहन आँखा चेकजाँचमा संलग्न सूर्य आइ केयरकी चिकित्सक डा. इच्छा जोशी सोनीले बताइन् । मौसम परिवर्तनका समयमा धेरै जसाको आखामा समस्या हुने भएकोले सचेत रहन समेत उनको सुझाव थियो ।

धरान २० विष्णु पादुकाबाट २४८ जना जेष्ठ नागरिकहरूको लागि नजिकको आँखा अस्पतालमा मोतीबिन्दुको निःशुल्क शल्यक्रियाको लागि पठाइएको थियो । बृहत आँखा शिविरको लागि अस्ट्रेलियाका रोटरी क्लबबाट आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिएको रोटरी क्लब अफ धरानकी सचिव दिभा श्रेष्ठले बताइन् ।

गाउँमै आएर उपचारसँगै मोतिया विन्दुको शल्यक्रिया गरिदिएको प्रति स्थानीयले क्लबलाई धन्यावाद समेत दिएका थिए । धरान २० विष्णुपादुकाका ज्येष्ठ नागकि श्यामबहादुर राईले उपचारसँगै शल्यक्रियासमेत निःशुल्क गरिदिएकोप्रति धन्यवाद दिए ।

क्लबको सेवाबाट विपन्नवर्ग सबैभन्दा बढी प्रभावितभएका थिए । आर्थिक अभावसँगै अस्पताल सम्म जान नसक्नेका लागि रोटरीले गरेको शिविरले ठूलो सहयोग पुगेको शिविरमा आएकाहरुले बताएका थिए ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved