समाचार

    Showing ३३१-३४० of १०,४१५ items.
  • नागाल्यान्डमा नेपालको सांस्कृतिक पहिचान प्रस्तुत गर्दै धरानको लोटस स्कुल

    धरान/ धरान–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले भारतको नागाल्यान्ड राज्यमा आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला, संस्कृति र परम्पराको झल्को प्रस्तुत गर्ने भएका छन्। विद्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको नागाल्यान्ड राज्यको मोकोक्चुङस्थित गोर्खा विद्यार्थी सङ्घको औपचारिक निमन्त्रणामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा असार २९ गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्ने जानकारी दिएको हो। कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा र

    • प्रकाशित मितिः असार २५, २०८३
    • ६७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘सीम्याट पास नगरी बि एच एम लगायतका कार्यक्रम पढ्न पाइँदैन’

    धरान–१६ स्थित यूएन नवोदय कलेज कोशी प्रदेशमै होटल व्यवस्थापन शिक्षाका लागि परिचित शैक्षिक संस्था मानिन्छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै आएको यस कलेजले शैक्षिक नतिजा, व्यवहारिक सिकाइ, उद्योगसँगको सहकार्य र अन्तर्राष्ट्रिय इन्टर्नसिपका कारण विद्यार्थीमाझ छुट्टै पहिचान बनाएको छ। पछिल्लो समय सीम्याट प्रवेश परीक्षाको तयारी, होटल व्यवस्थापन अध्ययनको भविष्य, व्यवहारिक शिक्षादेखि अन्तर्राष्ट्रिय रोजगारीसम्मका विषयमा कोशीपत्रका संवाददाता फणीन्द्र तिम्सिनाले यूएन नवोदय कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोसँग गरेको कुराकानीको स

    • प्रकाशित मितिः असार २५, २०८३
    • १,४१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २०८२/८३ को बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन

    काठमाडौँ/ आर्थिक वर्ष २०८२/८३ को बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन रहेको छ । हरेक असार २५ गतेसम्म सम्बन्धित निकायले भुक्तानी गरिसक्नुपर्ने व्यवस्था अनुसार बिहीबारसम्ममा सबै सरकारी कार्यालयले डिजिटल प्रणालीमार्फत यस्तो भुक्तानी गरिसक्नुपर्ने भएको हो । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले गरेको व्यवस्था बमोजिम आज राती १२ बजेबाट चालु वर्षको सम्पूर्ण भुक्तानी रोकिने उप महालेखा नियन्त्रक ओम प्रसाद रिजालले जानकारी दिए । यस्तो भुक्तानी स्थानीय तह, प्रदेश र सङ्घीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागु हुनेछ । आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आगामी आर्थिक वर्ष

    • प्रकाशित मितिः असार २५, २०८३
    • ४३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजमा विद्यार्थीलाई आर्थिक अपराधबारे प्रशिक्षण

    धरान/ आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन धरान–१६ स्थित युएन नवोदय कलेजमा विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय धरानको आयोजनामा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक देवी बहादुर कार्कीले आर्थिक तथा वित्तीय अपराधका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए। उनले पछिल्लो समय अनलाइन ठगी, बैंकिङ ठगी, डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग, साइबरमार्फत हुने आर्थिक अपरा

    • प्रकाशित मितिः असार २४, २०८३
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बीपी प्रतिष्ठानमा १० बिचौलिया पक्राउ

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि मिलाइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गरेको आरोपमा १० जना पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलतर्फ पठाई आर्थिक चलखेल तथा अवैध कमिसन लिने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा २०८३ असार २३ गते इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काक

    • प्रकाशित मितिः असार २४, २०८३
    • ३९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रंग लगाउँदै गर्दा तीन तलाबाट खसेर मजदुरको मृत्यु

    झापा/ बाह्रदशी गाउँपालिका कार्यालय भवनमा रंग लगाउने क्रममा तीन तलामाथिबाट खसेर एक मजदुरको मृत्यु भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका–४ निवासी ४२ वर्षीय टंक थापा सोमबार बिहान करिब ९ः४० बजे बाह्रदशी गाउँपालिका–५ फूलबारीस्थित गाउँपालिका कार्यालयको तीनतले भवनमा रंग लगाइरहेका थिए। सोही क्रममा सन्तुलन गुमाउँदा उनी तल खसेका थिए। प्रहरीका अनुसार थापा सीधै भुइँमा खस्नुअघि भवनको बीच भागमा रहेको फलामे ग्रिलमा ठोक्किएका थिए। दुर्घटनामा उनको निधार र दाहिने तिघ्रामा गम्भीर चोट लागेको थियो। घटनालगत्तै सहकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्

    • प्रकाशित मितिः असार २३, २०८३
    • १८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान औद्योगिक क्षेत्रमा ५ नयाँ उद्योग भित्रिए, ३५ करोड लगानीसँगै ३५० जनाले रोजगारी पाउने

    धरान/  धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग भित्रिएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि निष्क्रिय रहेका पाँच उद्योगको लिज सम्झौता रद्द गर्दै नयाँ उद्योगलाई स्थान दिएसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको हो। नयाँ उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीवनारायण बन्जाडेले जानकारी दिए। उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी उत्पादन नगरी लामो समयदेखि जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरिएको हो। निष्क्रिय उद्योगको सम्पत्ति मूल्याङ्कन गरी कम्पनीको विनियमावलीब

    • प्रकाशित मितिः असार २३, २०८३
    • ६६९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुस्तक पढे, समीक्षा गरे, पुरस्कार जिते: मोडर्न प्रिपरेटरीका विद्यार्थीको उत्कृष्ट प्रस्तुति

    इटहरी / सुनसरीको इटहरी ६ मा अवस्थित माेडर्न प्रिपरेटरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूमा पठन संस्कृतिको विकास, साहित्यप्रतिको रुचि अभिवृद्धि तथा प्रभावकारी अभिव्यक्ति क्षमता विकास गर्ने उद्देश्यले कला तथा साहित्य क्लबको आयोजनामा ‘पुस्तक समीक्षा शृङ्खला– पहिलो संस्करण’ सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ७ देखि १० सम्मका ६ जना विद्यार्थीले ६ वटा फरक–फरक पुस्तकमाथि गहन अध्ययन गर्दै समीक्षा, विश्लेषण र आफ्ना विचार प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र विश्लेषणात्मक क्षमताले कार्यक्रमलाई विशेष बनाएको विद्यालयले जनाएको छ। प्रतिय

    • प्रकाशित मितिः असार २२, २०८३
    • ६१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सेवनपछि ‘पत्रकार हुँ’ भन्दै प्रहरीसँग विवाद गर्ने दुई पक्राउ

    विराटनगर/ पत्रकार भएको दाबी गर्दै प्रहरीसँग अभद्र व्यवहार गरेको आरोपमा दुई युवक विराटनगरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१ का ३६ वर्षीय पेशल घिमिरे र विराटनगर–४ का राहुल सरदार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो नियमित चेकजाँचका क्रममा उनीहरूलाई विराटनगर–१६ स्थित दरैयाबाट नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार भारतको जोगबनीबाट नेपाल प्रवेश गर्दै गरेका दुवै जनाले लागुऔषध सेवन गरेको पाइएको थियो। चेकजाँचका क्रममा उनीहरूले आफू पत्रकार भएको दाबी गर्दै ड्युटीमा रहेका प्रहरीसँग विवाद गरेका थिए। प्र

    • प्रकाशित मितिः असार २२, २०८३
    • २१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरामा श्रावणमा लाग्ने बोलबम मेलाको तयारी

    वराहक्षेत्र/ श्रावण महिनामा चतरा धाम स्थित कौशिकी (कोशी) नदीको जल चतरा स्थित औलिया बाबा मठमा परिक्रमा गरी धरान स्थित पिण्डेश्वर बाबा धाममा चढाउने परम्परा रहेको छ । सोही अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतरामा श्रावण महिनाको आइतबार र सोमवार लाग्ने बोलबम मेला लाग्ने गर्दछ । उक्त मेलाको व्यवस्थापनका लागि आईतबार विभिन्न समिति गठन गरि ब्यवस्थापनको तयारी सुरु गरिएको छ । बराहक्षेत्र नगरपालिका वडा नं १ को कार्यालयमा आयोजना भएको भेलाले मेला मूल व्यवस्थापन समिति तथा विभिन्न आवश्यक उपसमितिहरू गठन गरेको हो । नगरपालिकाको कार्यालयसँगको समन्वयमा वडा नं १ को कार्यालयले आयोजना गरेको सर्वदलीय तथा

    • प्रकाशित मितिः असार २१, २०८३
    • ५४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved