इलाम / इलामको सन्दकपुर गाउँपालिका ३ सुलुबुङका लोकु पाठकको आँगनमा बुधबार आफन्त र गाउँले भेला भएका थिए । विहीबार जेठी छोरी पुजाको विवाहको तयारीकालागी अघिल्लो दिन सबै भेला भए । जग्गे, गेट, मन्डप तयारी भईरहेकोे थियो । घरको एउटा कोठामा वेहुलीको माला उनिँदै थियो । सँगै बेहुली सिँगार्ने टिम पनि व्यस्त थियो । विवाहको दिन आउने पाउनाको लागि चुल्होमा सेल रोटी पाक्न थाल्योे । तर एक्कासी घरमा लागेको आगोले वैवाहिक कार्यक्रम मात्र रोखिएन श्रीसम्पत्ति नै स्वाहा भयो । विवाहको तयारी भएको हुँदा धेरै मानिस भेला भएपनि स्थानीयले अनेकन प्रयास गरे तर दन्किएको आगो नियन्त्रण गर्न सकेनन् । रमझम साथ विव
वराहक्षेत्र / पहाडी भू–भाग, सुख्खा ठाउँ भएकाले पानीको श्रोत पर्याप्त नहुँदा बराहक्षेत्र नगरपालिकाको चावचाका स्थानीयले वर्षौ देखि भोग्दै आएको पानीको समस्या अब समाधान उन्मुख भएको छ । वराहक्षेत्र १ स्थित चावचामा करिब ३५ घर रहेका छन् । खोला, खोल्सीको पानी संकलन गरेर पानीको जोह गर्दै पानीको आवश्यक्ता पुरा गर्दै आएका थिए । गाउँ भन्दा करिब ३ किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी आउने भएपछि खानेपानीको समस्या समाधान हुने भए पछि स्थानीय खुसी भएका छन् । चावचामा खानेपानीले समस्यालाई समाधान गर्न नजिकैको दूधपानी खोलाबाट पानी ल्याउन लागिएको हो। खानेपानीको समस्या समाधान गर्न चाबचावासिले बराहक
धरान / किरात राई यायोख्खाले उभौली पर्वका अवसरमा साकेला सिलीका आयोजना गर्ने भएको छ । विगतदेखि नै प्रदेशभरिकै किरात राईहरुलाई समावेश गराएर साकेला पर्व मनाउने भएको हो । विगतका बर्षहरुमा साझा पर्वको रुपमा मनाउदै आएका उनीहरुले यस बर्ष भने कोशी प्रदेश नामाकरणको खारेजीको माग सहित साँस्कृतिक लडाइको रुपमा पनि मनाउन लागिएको बताइएको छ । वैसाखे पूर्णिमादेखि औशीसम्म १५ दिनसम्म धुमधामका साथ मनाउदै आएका किरात राईहरुको साँस्कृतिक पर्व साकेला यस बर्ष पनि मनाउने भएको हो । यो साल राम्रो होस्, शुभहोस्, अन्नबाली सप्रियोस्, सह बसोस्, कहिल्यै अनिकाल नलागोस् सबै प्राणीहरुमा सुखशान्ति रहकोस् भने किरात राई
धरान /गर्मी बढेसँगै लामखुट्टेको प्रकोप बढिरहेकोबेला धरानका एक समाजसेवीले इनरुवाबासीलाई झुल वितरण गरेका छन । देवकोटा आधारभूत विद्यालयका १४ जना विद्यार्थीहरुलाई शैक्षिकसामाग्री वितरण गरेका छन् अपाग तथा सहायलाई निरन्तरसहयोग गर्दै आउनु भएका धरान निवासीअशोक अग्रवालले पछिल्लो समयइनरुवा पुगेर त्यहाँका सर्वसाधारणझुल वितरण गरेका छन् देवकोटा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । अपांग तथा असहायकेन्द्र धरानका सदस्य समेत रहेका अग्रवालले आफूलेकमाएकोकेहीअंशसमाजसेवामा समर्पित गर्नुपर्छभन्ने भावनाले झुल तथा शैक्षिक सामाग्री वितरण गरेको बताए । गर
धरान / गाजासहित दुई जनालाई शसस्त्र प्रहरी बल सुरक्षा वेश फुस्रेले दुई जनालाई पक्राउ गरेको छ । आज विहान सशस्त्र प्रहरीले शंका लागि चेकजाच गर्ने क्रममा धनकुटाको छथरजोरपाटी गाउँपालका घर भई हाल सिँधुवा बस्दै आएका ६ का ३४ बर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमको ओख्रे गाउँपालिका २ का २८ बर्षीय चुडामणि कटुवाललाई २ सय २७ कजी ४ ग्राम गाजासहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरुका साथबाट शसस्त्र प्रहरीले ६० हजार नगद र २ थान मोवाइल समेत फेला पारेका छन् । धनकुटबाट धरानतर्फ आउदै गरेका१–०२००१ ख ९४८९ न.को फुल डाला भएको ट्रकमा गाजा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले धरान १३ शिवधारा च
विजयपुर / बुधबार विश्व स्वतन्त्रता दिवस । सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रताको माग गर्दै प्रभावफेरि, अन्तरक्रिया लगायतक कार्यक्रमको आयोजना भयोे । धरानमा पनि नेपाल पत्रकार समहासंघ सुनसरीले धरान १३ मा रहेका महासघको कार्यालयमा विभिन्न राजनीतिक दल र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांशले पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारका विषयमा केन्द्रित रहेर बोले । मेयर साम्पाङले आफ्नो विरुद्ध समाचार आउँदा पत्रकारलाई ‘झोले’ संज्ञा दिएपछि रुष्ट बनेका सञ्चारकर्मीहरुले मेयर साम्पाङक
धरान / स्वास्थ्यलाई प्रभावकारी बनाउन हरेक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने संघीय सरकारको योजना अनुसार स्थानीय तहमा अगाडि बढाइएको हो । स्थानीय सरकार सञ्चलान ऐन २०७४ सबै स्थानीय तहमा १५ शैया अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । धनकुटाका सबै स्थानीय तहले १० शैयाको आधारभूत अस्पतालको निर्माणको तयारीमा रहेका छन् । अस्पताल सञ्चालनमा आए उपचारका लागि टाढा टाढा धाउनुपर्ने अवस्थाको अन्त्य हुने थियो । तर धनकुटाका अधिकांं स्थानीय तहमा अस्पताल निर्माणको काम शुरु भइसकेको छ । २०७७ साल मंसिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ९६ स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास
मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले सञ्चालन गर्ने आयोजनाहरुले उत्पादकत्व वृद्धि गरी गरीवी निवारण र आयत प्रतिस्थापन गर्न जोड दिनुपर्ने बताएका छन् । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले मङ्गलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्य मन्त्री कार्कीले सो कुरा बताएका हुन । मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको बढ्दो बसाइँ सराईलाई रोक्न पनि आयोजना सफल हुने विश्वास व्यक्त गरे । उनले विगतमा धेरै आयोजनाहरु सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको चर्चा गर्दै ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ले आयोजना क्षेत्रका किसानको जीवन
राजधानी /हत्या अभियोग लागेका र हाल फरार रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई प्रतिनिधिसभाबाट निलम्बित गरिएको छ। मंगलबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम सांसद कोइरीलाई प्रतिनिधिसभा सदस्यबाट निलम्बन गरेको जनाएका छन । प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकमा सभामुख घिमिरेले फरार रहेका सांसद कोइरीले अस्वस्थ रहेको भन्दै बिदा स्वीकृत भएको घोषणा गरेका थिए । त्यस लगत्तै सत्तापक्षका सांसदहरूले बैठकमा विरोध जनाएका थिए । सोमबार नेपाल प्रहरीले सांसद कोइरीमाथि हत्या अभियोगमा अदालतमा मुद्दा चलेको र हाल उनी फरार अवस्थामा रहेकोले खोजी कार्य भइरहेको जानकारी सभामुख
मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा ई–हाजिरी सम्बन्धी ६ दिने तालिम मंगलबारदेखि सुरु भएको छ । तालिमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहेको छ। हरेक दिन ३० जनाको समूह बनाएर तालिम दिइने महानगरको सूचना प्रविधि शाखाका अधिकृत यादव श्रेष्ठले दिए । सो अवसरमा कार्यबाहक मेयर कार्कीले महानगरअन्तर्गतका सबै कार्यालयलाई व्यवस्थित र अनुशासित बनाउन ई–हाजिरी लागू गर्न लागिएको बताइन् । उनाँले अबदेखि विद्यालयसहित