धरान पिण्डेश्वरमा बोलबम मेला सुरु

  • साउन ३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबारदेखि बोलबम मेला सुरु भएको छ ।

बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गरेका थिए ।

एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ ।

साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र एक हजार भन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार वासुदेव बरालले बताए ।

सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाले तीन लाख भक्तजनको आगमन हुने अपेक्षा गरिएको बरालले बताए । 

मेलामा विशेषगरी पहँेलो लुगा लगाउने, खाली खुट्टा हिँडेर बराहक्षेत्रको चतरास्थित कोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गरिन्छ ।

मेलामा देशमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहत, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन् ।

उद्घाटन कार्यक्रममा विजपुर र पिण्डेश्वरलाई केन्द्र मानी यहाँका धार्मिक क्षेत्र, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, बराहक्षेत्र, प्राचीन हरिद्वार, कुम्भमेलालगायत पुराणमा कथालाई उद्धृत गरेर सल्लाहकार बरालले लेखेको ‘रुद्राक्षारण्य परिचय’ पुस्तकको विमोचन गरिएको थियो 

कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश बस्नेत, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, स्थानीय जनप्रतिनिधिलगायत उपस्थित थिए ।

 

 

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved