समाचार

    Showing 281-290 of 10,119 items.
  • हिबिस्कसमा एसईई दिएका विद्यार्थीलाई बिदाइ

    धरान/ सुनसरीको धरान–१५, श्यामचोकमा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा एसईई दिएका कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ (२०८२ ब्याच) र विद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक गंगाराम कुलुङ राईले यो केवल बिदाइ मात्र नभई शुभकामना आदान–प्रदान कार्यक्रम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए। एन प्याप्सन धरानका कोषाध्यक्ष पृथ्वी रैका मगर प्रमुख अतिथिको रूपमा उपस्थित

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 306 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी मन्टेश्वरीकाे १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

    धरान/ सुनसरीको धरान–१६मा अवस्थित सिटी मन्टेश्वरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टरकाे १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार धरान १६ मा रहेको  याक्खा भवनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। “From gentle beginnings to confident steps…” भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए। कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए। दीक्षान्त समारोहअन्तर्गत उत

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 481 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उदय कुमार राईको नेतृत्वमा ग्रील व्यवसायी संघको नयाँ कार्यसमिति गठन

    धरान/ २०५३ सालमा स्थापना भएको संयुक्त ग्रील उद्योग व्यवसायी संघ धरानको ९औँ अधिवेशनबाट उदय कुमार राई अध्यक्षमा चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशन तथा साधारण सभाले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा कमल शंकर, द्वितीय उपाध्यक्षमा सुन्दर श्रेष्ठ, सचिवमा प्रेम कुमार राई, सह–सचिवमा मदन कुमार प्रधान र कोषाध्यक्षमा तुलाराम श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदीप विक र विवश विश्वकर्मा रहेका छन्। नवनिर्वाचित अध्यक्ष राईले ग्रील व्यवसायीहरूको हकहित संरक्षण गर्द

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 299 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पब्लिक हाई स्कुलकाे ७९औँ बार्षिकोत्सव: ५४ विद्यार्थी दीक्षित

    धरान/ धरान–१२ स्थित पब्लिक हाई स्कुलले ७९औँ अभिभावक दिवस, दीक्षान्त तथा नतिजा प्रकाशन कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा युकेजी तह पूरा गरेका ५४ जना साना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको छ भने प्ले ग्रुपदेखि कक्षा–९ सम्मका विद्यार्थीहरूको वार्षिक नतिजा पनि सार्वजनिक गरिएको विद्यालयले जनाएको छ। प्रधानाध्यापक डा. इन्द्रमोहन झाले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र, अबिर, खादा, गाउन र ह्याटसहित सम्मानपूर्वक दीक्षान्त प्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले व

    • प्रकाशित मितिः चैत २८, २०८२
    • 199 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हङकङमा धरानका पत्रकार कार्की सम्मानित

    हङकङ/  नेपालको धरानबाट प्रकाशित हुने ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित हुनुभएको छ। गत अप्रिल ५ तारिखका दिन आयोजित पुर्खा दिवसुको आयोजित कार्यक्रममा गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा हङकङ पुग्नुभएका कार्कीलाई यहाँस्थित दुई क्रियाशील संस्थाहरूले विशेष सम्मान गरेका हुन्। द नेप्लिज् एशोसिएशन हङकङु र नेपाल क्लव हङकङु द्वारा विहीबार एभेरेष्ट होटलमा आयोजित एक स्वागत तथा भेटघाट समारोहमा सम्पादक कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको अनवरत योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 569 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदन भण्डारी राजमार्गअन्तर्गत १३ हजार रुख कटान

    सुनसरी/ राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रुख कटानको कार्य सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन् ।राजमार्ग योजना कार्यालयकी इञ्जिनियर स्वस्तिका भट्टराईले सडकको भोगाधिकारका लागि माग गरिएको ५०.८४३ हेक्टर क्षेत्रफलमा रहेका सबै रुख कटान भइसकेको जानकारी दिनुभयो । सबैभन्दा बढी सुनसरी जिल्लामा पाँच हजार ५००, इलाममा तीन हजार ३६६, झापामा दुई हजार ८०५ र मोरङमा दुई हजार १६३ रुख काटिएको इञ्जिनियर भट्टराईले जानकारी दिनुभयो । सडक रेखा

    • प्रकाशित मितिः चैत २७, २०८२
    • 313 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघाद्वारा वक्तृत्वकलाका विजेतालाई सम्मान

    धरान/  धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजले धरान प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेता तथा सहभागी विद्यार्थीलाई सम्मान गरेको छ। र्‍याडिकल लाइट नेपाल प्रा।लि।द्वारा गत चैत्र २१ गते आयोजित प्रतियोगितामा कक्षा–११ की छात्रा सन्जिना राई प्रथम भएकी थिइन्। उनलाई कलेजले बिहीबार विशेष कार्यक्रम गरी सम्मान गरेको हो। साथै, सोही प्रतियोगितामा उत्साहजनक सहभागिता जनाएकी कक्षा–११ कै दिविका राईलाई पनि सम्मान गरिएको छ। कलेजका प्रिन्सिपल भास्कर पौडेल, शैक्षिक निर्देशक अर्जुन घिमिरे तथा अध्यापक चन्द्र वनेमले छात्राद्वयलाई मायाको चिनो प्रदान गर्दै अबिर र खादा लगाएर सम्मान

    • प्रकाशित मितिः चैत २६, २०८२
    • 346 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मन्टेश्वरी एकेडेमीको दिक्षान्त समारोह सम्पन्न

    धरान/ धरान मन्टेश्वरी एकेडेमी धरान–१ को वार्षिक कार्यक्रम तथा दिक्षान्त समारोह मंगलवार सम्पन्न भएको छ । मन्टेश्वरीले सोमवार र मंगलवार गरी दुइ दिन सैनिक भवन सभाहलमा वार्षिक उत्सव तथा दीक्षान्त समारोह सम्पन्न गरेको हो । कक्षा ५ उत्तीर्ण गरी कक्षा ६ मा प्रवेश गरेका २३ जना विद्यार्थीहरूलाई औपचारिक रूपमा दिक्षित गरिएको थियो । दिक्षित विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदिप कुमार सुनुवारले विद्यार्थीहरुलाई प्रमाण पत्र र दिक्षान्तको कालो टोली लगाएर हौसला प्रदान गर्नु भएको थियो । मन्त्री सुनुवारले आजका बालबालिका भनेको भोल

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 265 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ‘कोशीमा बिहार उत्सव २०८२’ हुँदै

    धरान/ कोशी प्रदेशलाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यसहित धरानमा ‘कोशीमा बिहार उत्सव २०८२’ आयोजना हुने भएको छ। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा चैत्र २६ र २७ गते धरानको भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुने उक्त उत्सव पर्यटन, संस्कृति, कला र व्यवसायको संगमका रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा भारतीय पर्यटक, विशेषगरी बिहार राज्यका पर्यटकलाई लक्षित गर्दै कार्यक्रम ल्याइएको हो। कोशी करिडोरलाई केन्द्रमा राखेर आयोजना हुने यस उत्सवले सीमापार पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरि

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर हस्पिटल र एक्वा स्कुलबीच स्वास्थ्य सहुलियत सम्झौता

    धरान/ धरान–१० स्थित विजयपुर हस्पिटल प्रा.लि. र धरान–१७ को एक्वा डाइनास्टी इंग्लिस स्कुलबीच सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने महत्वपूर्ण सहकार्य भएको छ। विद्यालयको पहलमा भएको यस समझदारीले विद्यार्थी, शिक्षक, अभिभावक तथा कर्मचारीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। सम्झौतामा अस्पतालका तर्फबाट हाडजोर्नी विभाग प्रमुख जनक दास तथा प्रमुख प्रशासक इन्दु नेपाल योन्जन र विद्यालयका तर्फबाट डाइरेक्टर अनिस राईको सहभागिता रहेको थियो। सम्झौता अनुसार विद्यालयसँग आवद्ध सबै व्यक्तिहरूले विभिन्न सेवामा आकर्षक छुट पाउनेछन्। जसअन्तर्गत औषधि (फार्मेसी) सेवामा १० प्रतिशत

    • प्रकाशित मितिः चैत २५, २०८२
    • 625 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved