समाचार

    Showing 2,421-2,430 of 10,129 items.
  • बराहक्षेत्रमा भारतको अस्वस्थकर माछा बिक्री प्रतिबन्ध

    चतरा । बराहक्षेत्र बराहक्षेत्रको नगरमा आयतित माछालाई कडाई गरिने भएको छ । भारत लगायत छिमेकी देशहरूबाट आयात गरी ल्याएका मरेका अस्वस्थकर माछा बिक्री गर्न नपाउने भएको जनाइएको छ । बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले त्यस्ता माछालाई पूर्ण रूपमा रोक लगाएको बताए ।उनले भने,“बजारमा उपभोक्ताहरूको अधिकार र स्वास्थ्यमा असर पार्ने किसिमका माछा, परीक्षण नगरी ल्याएका अस्वस्थकर माछा, छिमेकी मुलुकबाट अवैध रूपमा ल्याएका माछाहरू बिक्री वितरण गरेको जनगुनासो आएसँगै कार्यपालिकाको निर्णयबाट त्यस्ता किसिमका माछाहरूलाई बिक्री गर्न पूर्ण रूपमा निषेध गरिएको हो।” नगरपालिकाले सुचना नै प्रकाशन गर

    • प्रकाशित मितिः पुस २, २०८१
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आदर्शलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

    विराटनगर/ विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कूल २८ पदकसहित एभरेष्ट मावि दोस्रो भएको छ । दोस्रो भएको एभरेष्टले ७ स्वर्ण, ७ कास्य र १४ रजत पदक जित्न सफल भयो । ५ स्वर्ण, २ कास्य र ७ रजतसहित सत्यनारायण मावि तेस्रो भएको छ । भलिबलको स्पर्धामा छात्र र छात्रा दुवैतर्फ कान्तिपुर माविले उपाधि

    • प्रकाशित मितिः पुस २, २०८१
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरतपुरमा प्रथम राष्ट्रिय तेक्वान्दो हुने

    चितवन/ चितवनको भरतपुरमा पुसको ४ देखि ६ गतेसम्म प्रथम भरतपुर खुला राष्ट्रिय प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भरतपुर–१० स्थित भरतपुर कभर्डहलमा प्रतियोगिता हुन लागेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा देशभरका करिब एक हजार खेलाडीले सहभागिता जनाउने समितिका अध्यक्षका विकास श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिता अगाडि पुस ३ गते भरतपुरमै तेक्वान्दोको राष्ट्रिय रेफ्री सेमिनारको आयोजना गरिएको श्रेष्ठकोभ नाइ छ । महिला र पुरुषक

    • प्रकाशित मितिः पुस २, २०८१
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा मेला पर्व सहित दीर्घकालिन विकासबारे समिक्षा

    बराहक्षेत्र । सुनसरीको वराहक्षेत्रमा सम्पन्न मेला पर्वका र वराहक्षेत्रको दीगो विकासबारे समीक्षा गरिएको छ । सोमबार बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा स्थानीयको उपस्थितिमा भएको समीक्षा कार्यक्रममा गत महिना सम्पन्न हरिबोधनी एकादशी मेला र बाला चतुर्दशी पर्वको आम्दानी खर्चसमेत प्रस्तुत गरिएको छ । बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले एकादशी मेलामा ७ लाख १४ हजार ३ सय ४४ रुपैयाँ आम्दानी भएको हिसाब प्रस्तुत गरे । उनले मेला व्यवस्थापनका लागि १२ लाख ६९ हजार ६८ रुपैयाँ खर्च हिसाब प्रस्तुत गरे । बर्खाले क्षतविक्षत बाटो मर्मत सम्भार र निर्माणमा अत्यधिक खर

    • प्रकाशित मितिः पुस २, २०८१
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका शान्तारानीको गीत स्टेजमा चोलो फुस्किएपछि...........

    काठमाडौं ।पछिल्लो समय गायक गायिकाहरुको भाइरलको खालको समाचार आउने गरेका छन् । यसैक्रममा े गायिका शान्तारानी परियार आफ्नो भाइरल गीत ‘ढले ढले‘’ गाउने क्रममा स्टेजमा गीत गाएर नाच्दानाच्दै उनको चोली फुस्किएर लज्जित भएकी छन् ि। नवलपरासीको सुनवलमा गत मंसिर १२ देखि २४ सम्म चलेको सुनवल महोत्सवमा प्रस्तुति दिन गएकी थिइन् शान्ता रानी । उनी आफ्नो स्टेज प्रस्तुतिमा ज्योती मगरकै शैलीमा उफ्रिपाफ्री गर्ने गर्छिन् । ढले ढले‘ गाउने क्रममा बुरुक–बुरुक उफ्रिँदा अचानक उनको चोलोको पछाडिको खिप फुस्किएको थियो । गाउँदागाउँदै चोलो फुस्किएको थाहा पाएपछि शान्तारानीले आत्तिँदै जिभ्रो टोकिन

    • प्रकाशित मितिः पुस २, २०८१
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा रेवाहाङ स्मृती बास्केटवल सुरु

    विकास चाम्लिङ राई,धरान ।कोशी प्रदेश मूख्यमन्त्री माननिय हिक्मत कार्कीको प्रमूख आतिथ्यमा सोमवार देखि सुरु भएको तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उद्धघाटन खेलमा धरान आर्दश कलेज विजयी भएका छन । धरान मेघा हिमालयन कलेजको आयोजनामा आयोजित प्रसतियोगिताको मूख्यमन्त्री कार्कीले पानसमा द्धिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए । प्रमूख अतिथि हिक्मत कार्कीले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि खेल सुरु गरिएको थियो । उद्धघाटन खेलमा धरान आर्दशले सुनाखरी स्कुललाई ६६–४७ अंकको अन्तरले पराजित गरेका छन । खेलमा धरान आर्दश र सुनखरीले प्रत्येक क्वाटरमा २०–१०, १०&ndas

    • प्रकाशित मितिः पुस १, २०८१
    • 699 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हतुवागढी पालिका गान(उत्कृष्ट १०)

        पत्रकार तथा साहित्यकार श्रीशीशा राई (इटहरी)सर्वाधिकार रचनाकारमा सुरक्षित(भोजपुर हतुवागढी गाउपालिकाले यस पालिका गानका रचनाकारलाई सम्मानित समेत गरेको थियो )

    • प्रकाशित मितिः पुस १, २०८१
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सुरक्षा एमालेको एतिहासिक काम:नेता ज्वाला

    धरान/  योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेर नेकपा (एमाले) ले श्रमिकहरुको जीवन रक्षाका लागि ऐतिहासिक काम गरेको नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईले बताएका छन् । श्रमिकहरुको जीवनमा आइपर्ने हरेक संकट समाधान योगदानमा आधारित सामाजिक सुरक्षा योजना रहेको बताउनुहुदै श्रमिक विरामी हुँदा उपचार, घाइतेहुँदा उपचार, श्रमिकको ज्यान गएमा आश्रित परिवारलाई राहत, बुढ्यौलीमा पेन्सन, काम रोकिदा भत्ता सहितको सामाजिक सुरक्षा योजना नेकपा एमाले सरकारको पालमा जारि गरिएको र अहिले करिव १६ लाख श्रमिकहरु यसबाट लाभाम्बित भएको राईले बताए । नेकपा (एमाले) धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्र

    • प्रकाशित मितिः पुस १, २०८१
    • 485 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जाडो बढेसँगै फस्टायो धरानमा सिद्रा व्यापार

    सुनसरी/  मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन्। गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो। सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन्।‘सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ’, उनले भनिन्। शाहीले सिद्रा व्यापार गर्न थालेको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उनले बताए। सिद्राप्रति किलो छ सयदेखि एक हजार दुई सयसम्ममा बिक्री गर्छिन्। उनले भनिन्, ‘मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर ४० हजा

    • प्रकाशित मितिः पुस १, २०८१
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मंसिरे पुर्णिमा,कांग्रेसले गर्यो शुभकामना आदान–प्रदान

    धरान । मंसिरे पुर्णेमा पर्ने उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्यांदर र भुजेली पर्व तथा धान्य पूर्णे र गोठ पूजाको अवसरमा कांग्रेसले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा चार किरात, नेवार, भुजेल, खसक्षेत्री तथा ब्राम्हण समुदायले परम्परागत रुपमा मान्दै आएको पर्वहरुका अवसरमा कार्यक्रम गरेको हो । मंसिरे पूर्णेको दिन राई जातिले उधौली साकेला, लिम्वु जातिले चासोक तङ्नाम, नेवार जातिले यमोरी पून्ही, याक्खा जातिले चासुवा, सुनुवार जातिले फोल ष्यांदर र भुजेल जातिले भुज

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 484 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved