बराहक्षेत्रमा मेला पर्व सहित दीर्घकालिन विकासबारे समिक्षा

  • पुस २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र । सुनसरीको वराहक्षेत्रमा सम्पन्न मेला पर्वका र वराहक्षेत्रको दीगो विकासबारे समीक्षा गरिएको छ ।
सोमबार बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा स्थानीयको उपस्थितिमा भएको समीक्षा कार्यक्रममा गत महिना सम्पन्न हरिबोधनी एकादशी मेला र बाला चतुर्दशी पर्वको आम्दानी खर्चसमेत प्रस्तुत गरिएको छ ।
बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले एकादशी मेलामा ७ लाख १४ हजार ३ सय ४४ रुपैयाँ आम्दानी भएको हिसाब प्रस्तुत गरे । उनले मेला व्यवस्थापनका लागि १२ लाख ६९ हजार ६८ रुपैयाँ खर्च हिसाब प्रस्तुत गरे ।
बर्खाले क्षतविक्षत बाटो मर्मत सम्भार र निर्माणमा अत्यधिक खर्च गर्नु परेको र मन्दिर रंगरोगन र व्यवस्थापनमा बढी खर्च भएकाले घाटा हिसाब सार्वजनिक गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

सनातन हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र वराहक्षेत्रमा राज्यले संस्थागत प्रवर्द्धन गर्न नसकेको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ बताउँछन् ।

धार्मिक तीर्थयात्री र पर्यटकको आगमनमा उल्लेखीय वृद्धि गर्न नसक्दा समेत न्यून आम्दानी भएको छ,ु गुठी व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, ुवराहक्षेत्रमा लाग्ने मेलापर्वको प्रचारप्रसार व्यापक गर्न तीनै तहका सरकार लाग्न सकेका छैनन् ।ु

यस्तै वराहक्षेत्रमा लागेको बाला चतुर्दशी पर्वको आयव्ययसमेत घाटामा देखिएको छ । समितिले ३६ हजार ३ सय ३२ रुपैयाँ घाटा भएको देखाएको छ । २ लाख २ हजार १ सय ८० रुपैयाँ आम्दानी भएकामा खर्च २ लाख ३८ हजार ५ सय १२ रुपैयाँ खर्च भएको छ ।

आम्दानीको सीमित स्रोत र खर्च धेरै हुँदा हिसाब घाटामा गएको कोषाध्यक्ष श्रेष्ठले बताए ।समीक्षा कार्यक्रममा बोल्दै स्थानीय सञ्चारकर्मी नवराज विष्टले प्रचारप्रसारको दायरा बढाउन सुझाव दिएका थिए ।

उनले वराहक्षेत्रको प्रचार भारतका विभिन्न स्थानमा बहुभाषामा गरिनु पर्ने बताए । राज्यले विश्वकै चारधाममध्येको एक पवित्र तीर्थ र आदि श्राद्धस्थललाई चिन्न नसकेकाले स्थानीयको नै सबैभन्दा ठूलो पहलकदमी आवश्यक रहेको बताए ।
अध्यक्ष भक्तबहादुर श्रेष्ठले सप्तकोसी नदीको उच्च जोखिममा रहेको वराहक्षेत्र तीर्थलाई जोगाउन नसके भावि सन्ततिले इतिहासको पानामा मात्र भेट्ने बताए । स्थानीय कुमार श्रेष्ठले वराहक्षेत्रको दुर्गमताले राज्यलाई नै गिज्याइरहेको बताए ।

गुठी व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको समीक्षा कार्यक्रममा वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीयवासी, समाजसेवी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved