बराहक्षेत्रमा भारतको अस्वस्थकर माछा बिक्री प्रतिबन्ध अटेरी गर्नेलाई स्थानीय ऐन मुताबिक कार्वाहीःमेयर कार्की

  • पुस २, २०८१
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

चतरा । बराहक्षेत्र बराहक्षेत्रको नगरमा आयतित माछालाई कडाई गरिने भएको छ ।
भारत लगायत छिमेकी देशहरूबाट आयात गरी ल्याएका मरेका अस्वस्थकर माछा बिक्री गर्न नपाउने भएको जनाइएको छ ।

baraha-notice-fish

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले त्यस्ता माछालाई पूर्ण रूपमा रोक लगाएको बताए ।उनले भने,“बजारमा उपभोक्ताहरूको अधिकार र स्वास्थ्यमा असर पार्ने किसिमका माछा, परीक्षण नगरी ल्याएका अस्वस्थकर माछा, छिमेकी मुलुकबाट अवैध रूपमा ल्याएका माछाहरू बिक्री वितरण गरेको जनगुनासो आएसँगै कार्यपालिकाको निर्णयबाट त्यस्ता किसिमका माछाहरूलाई बिक्री गर्न पूर्ण रूपमा निषेध गरिएको हो।”

नगरपालिकाले सुचना नै प्रकाशन गरेको छ । मेयर कार्कीका अनुसार जवरजस्त मानब स्वास्थ्यमा खेलबाड गर्ने त्यस्ता व्यापारीलाई कार्वाही गर्ने समेत प्रकाशित सुचनामा उल्लेख गरिएको छ । विज्ञप्तीमा मरेका र अस्वस्थकर माछा बिक्रीमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको र अस्वस्थकर माछाहरू बिक्री वितरण गरेको पाइएमा व्यापारीको सम्पूर्ण सामाग्रीहरू जफत गरि कानुन अनुसार कार्वाहीको भागिदार हुने उल्लेख छ ।

तराजु, फ्रिज, ढुवानीका समान सहित जफत गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम दण्ड जरिवाना गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved