आदर्शलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

  • पुस २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कूल २८ पदकसहित एभरेष्ट मावि दोस्रो भएको छ । दोस्रो भएको एभरेष्टले ७ स्वर्ण, ७ कास्य र १४ रजत पदक जित्न सफल भयो । ५ स्वर्ण, २ कास्य र ७ रजतसहित सत्यनारायण मावि तेस्रो भएको छ ।

भलिबलको स्पर्धामा छात्र र छात्रा दुवैतर्फ कान्तिपुर माविले उपाधि जितेको छ । कबड्डीको छात्रतर्फ अर्किट माविले र छात्रातर्फ मिल्स माविले उपाधि जिते । विजेता विद्यालयलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेललगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

पोखरिया माविले संयोजन गरेको प्रतियोगितामा ३३ सामुदायिकसहित ६२ विद्यालयले भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट गरी ४ विधाका ६६ वटा खेलमा १ हजार ४१८ जना खेलाडीले प्रतिस्पर्धा गरेको महानगरको शिक्षा महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

सो प्रतियोगितामा ११७ जना प्रशिक्षक र २१ जना खेल शिक्षकले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएको थिए । पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले पोखरिया माविलाई प्रतियोगिताको संयोजन गर्ने जिम्मेवारी दिएकोमा महानगरलाई धन्यवाद दिनुभयो ।

सिदार्थमा वार्षिक उ ...

धरान। सिदार्थ शिशु सदन,सिदार्थ मन्टेश्वरी धरान–१६ ...

धरानका शिक्षकहरूको आ ...

धरान/  शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठ ...

नेपालको बलिङ र ब्याट ...

काठमाडौं/ आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा ...

काटेर फालिएको अवस्था ...

इनरुवा/ सुनसरीको इनरुवा नगरपालिका–१ मा गाई वा गोर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved