भरतपुरमा प्रथम राष्ट्रिय तेक्वान्दो हुने

  • पुस २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चितवन/ चितवनको भरतपुरमा पुसको ४ देखि ६ गतेसम्म प्रथम भरतपुर खुला राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।

भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भरतपुर–१० स्थित भरतपुर कभर्डहलमा प्रतियोगिता हुन लागेको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितामा देशभरका करिब एक हजार खेलाडीले सहभागिता जनाउने समितिका अध्यक्षका विकास श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिता अगाडि पुस ३ गते भरतपुरमै तेक्वान्दोको राष्ट्रिय रेफ्री सेमिनारको आयोजना गरिएको श्रेष्ठकोभ नाइ छ । महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा हुने प्रतियोगितामा १० वटा पुम्से विधा तथा ३० वटा क्यारोगी (फाइट) गरी ४० स्वर्णपदकका लागि प्रतिस्पर्धा हुने श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।
उक्त प्रतियोगितामा खेलाडीले प्राप्त गरेको पदकका आधारमा पहिलो हुने डोजाङले रु ५० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र, दोस्रो हुने डोजाङले रु ३० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र तथा तेस्रो हुने डोजाङले रु २० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट हुने एक–एक जना महिला र पुरुष खेलाडीलाई रु पाँच हजार पुरस्कार प्राप्त गर्ने श्रेष्ठको भनाइ छ । त्यस्तै उत्कृष्ट रेफ्रीलाई समेत पुरस्कृत गरिने पत्रकार सम्मेलनमा श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गर्ने बताइएको छ । प्रतियोगिताको सबै खेलहरु निःशुल्क अवलोकन गर्न पाइने भन्दै श्रेष्ठले खेल अवलोकन गर्न कभर्डहलमा उपस्थित हुनसमेत श्रेष्ठले भरतपुरवासीलाई आग्रह गरे ।

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved