समाचार

    Showing २२१-२३० of १०,४१५ items.
  • प्रोकोपाइनको नट–बल्टु चोरी गर्ने युवक पक्राउ

    वराहक्षेत्र/ सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन ९त्रिखुट्टी० का नट–बल्टु चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइनका नट–बल्टु चोरी गरिरहेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका–७ निवासी २९ वर्षीय सुशान्त तामाङ रहनुभएको छ। उहाँलाई बिहीबार साँझ सप्तकोशी नदीकिनार क्षेत्रबाट चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको कमान्डमा खटिएको गस्ती टोलीले सप्तकोश

    • प्रकाशित मितिः साउन २९, २०८३
    • २४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका तत्कालीन प्रशासकीय अधिकृत खतिवडासहित ९ जनाविरुद्ध मुद्दा

    धरान/धरान उपमहानगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडासहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। धरान–१४ दुईधारेस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा आपसी मिलेमतोमा व्यक्तिको नाममा नामसारी तथा दर्ता कायम गराई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरेको आरोपमा अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियारका अनुसार खतिवडासँगै तत्कालीन सिंगिया गाविसका  सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशिल बैध, तत्कालीन शाखा अधिकृत तुङ्गनाथ भण्डारी, तत्कालीन नायब सुब्बा केदा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • १,०७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लाखौ ठगीको आरोप: खापुङ भन्छन्– ‘एक रुपैयाँ लिएको प्रमाणित भए २८ करोड तिर्छु’

    धरान/तेह्रथुम घर भई हाल धरान–१५ मा बसोबास गर्दै आएका राजेन्द्र खापुङले वैदेशिक रोजगारी तथा विभिन्न प्रयोजनका लागि रकम लिएको र १७ जनाबाट कुल ५७ लाख रुपैयाँ ठगी गरेको पीडितहरूले आरोप लगाएका छन्। मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पीडितहरूले खापुङले आफूहरूबाट विभिन्न बहानामा रकम लिएको आरोप लगाउँदै कानुनी कारबाहीको माग गरेका हुन्। पीडितहरूका अनुसार १४ जनाबाट जनही १ लाखका दरले १४ लाख, सुचिम राईबाट २८ लाख, अशोक राईबाट १० लाख र आशिष् राईबाट ५ लाख रुपैयाँ गरी कुल ५७ लाख रुपैयाँ खापुङले लिएको आरोप छ। सुचिम राईले आफू गाँजा मुद्दामा पक्राउ परेपछि छुटाइदिने भन्दै खापुङले २८ लाख रुपैयाँ लिएको दा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोटेपुलमा शंकास्पद अवस्थामा हिँडिरहेका युवकको साथबाट ३९० थान लागूऔषध बरामद

    धरान/ धरानको भोटेपुलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बुधबार राति करिब १०ः३० बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–८ भोटेपुलमा हिँडिरहेका २८ वर्षीय बुद्ध लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गरेको थियो। खानतलासीका क्रममा लिम्बुको साथबाट ट्रामोल १७० क्याप्सुल, स्पास्पेन १७० ट्याब्लेट र कोलिबान ५० ट्याब्लेट गरी जम्मा ३९० थान लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः साउन २८, २०८३
    • ४७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ३०४ ग्राम ब्राउन सुगरसहित भारतीय युवक पक्राउ

    सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ उल्टीमोडबाट प्रहरीले ३०४ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्ला पतरा पञ्चायत–६ का १९ वर्षीय ईस्मत उल्हा रहेका छन्। बुधबार साँझ करिब ७ः३० बजे दक्षिणबाट उत्तरतर्फ पैदल आउँदै गरेका उल्हालाई शंकाका आधारमा खानतलासी गर्दा ब्राउन सुगर ३०४ ग्राम ११० मिलिग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका उल्हालाई जिल्ला प्रह

    • प्रकाशित मितिः साउन २८, २०८३
    • २०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बलात्कार आरोपमा फरार ललितपुरका डंगोल काकडभिट्टाबाट पक्राउ

    झापा/झापाको मेचीनगरमा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका ललितपुरका एक पुरुषलाई प्रहरीले काकडभिट्टाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१६ का करिब ४७ वर्षीय प्रवेक डंगोल रहेका छन्। प्रहरीका अनुसार २०८२ साल फागुन २५ गते राति मेचीनगर नगरपालिका–१३ चारआलीस्थित ओझा होटलमा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा डंगोलविरुद्ध मुद्दा दर्ता भएको थियो। घटनापछि उनी फरार रहेका थिए। अनुसन्धानका क्रममा प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। सोही क्रममा २०८३ साल साउन २६ गते दिउँसो करिब ३ बजे डंगोल भारतबाट नेपालतर्फ आउँदै गरेको गोप्य सूचना प्रहरीले प्राप

    • प्रकाशित मितिः साउन २७, २०८३
    • २३२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खैरो हेरोइनसहित २९ वर्षीय युवक पक्राउ

    दमक/ झापाको दमकमा लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन्। दमक नगरपालिका–२ का २९ वर्षीय सन्तोष थापालाई लागूऔषध कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार मंगलबार राति करिब ९ बजे प्रहरी नायब निरीक्षक खगेन्द्र डाँगीको कमाण्डमा खटिएको सादा पोसाकसहितको टोलीले थापाको कोठामा खानतलासी गर्दा प्लास्टिकका स–साना पोका बनाएर लुकाइराखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको थियो। बरामद पदार्थको तौल प्लास्टिकसहित १० ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम १७० मिलिग्राम रहेको प्रहरी

    • प्रकाशित मितिः साउन २७, २०८३
    • १५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुई जना ब्राउन सुगर सहित पक्राउ

    धरान/ सुनसरीको धरानमा प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब ११ः३० बजे धरान उपमहानगरपालिका–१९ स्थित हरियाली चोकमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेका दुई जनालाई शंका लागी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा धरान–१० का १७ वर्षीय इमन तेम्बे र धरान–११ का ३३ वर्षीय अमृत लिम्बुको साथबाट ब्राउन सुगर ०.६६ ग्राम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

    • प्रकाशित मितिः साउन २७, २०८३
    • ९१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा लुकेर बसेका झुम्का कारागारका फरार कैदी पक्राउ

    धरान/  जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका कैदीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान धरान–७ स्थित डेराबाट भारतको भागलपुर, बिहान थाना हबिपुर घर भएका ३२ वर्षीय मो. सहजादालाई पक्राउ गरेको हो। सुनसरी जिल्ला अदालत इनरुवाको फैसलाअनुसार सहजादालाई लागूऔषध मुद्दामा ३ वर्ष ६ महिना कैद र १ लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो। सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेका थिए। तर २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो। खो

    • प्रकाशित मितिः साउन २५, २०८३
    • ५८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विपन्न इन्द्रमायाका लागि नेकपाले बनाइदियो तीनकोठे घर

    भद्रपुर/  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । (आज) साेमबार आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपाका काेशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताउनुभयो । कम्युनिस्ट सरकार भएका बेला विपन्

    • प्रकाशित मितिः साउन २५, २०८३
    • १६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved