प्रोकोपाइनको नट–बल्टु चोरी गर्ने युवक पक्राउ

  • साउन २९, २०८३
  • कोशीपत्र/संवाददाता
alt पक्राउ परेका व्यक्ति । तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र/ सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइन ९त्रिखुट्टी० का नट–बल्टु चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित सप्तकोशी नदीकिनार क्षेत्रबाट प्रोकोपाइनका नट–बल्टु चोरी गरिरहेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका–७ निवासी २९ वर्षीय सुशान्त तामाङ रहनुभएको छ। उहाँलाई बिहीबार साँझ सप्तकोशी नदीकिनार क्षेत्रबाट चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको कमान्डमा खटिएको गस्ती टोलीले सप्तकोशी नदीकिनार क्षेत्रमा प्रोकोपाइनबाट निकालिएका नट–बल्टु चोरी गरिरहेको अवस्थामा तामाङलाई फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार तामाङले विभिन्न आकारका नट–बल्टु बोरामा राखेर लैजान खोजेका थिए। घटनास्थलबाट २३ किलो ४५० ग्राम नट–बल्टु बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो।

पक्राउ परेका तामाङलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

-गोरखापत्र अनलाइन

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved