दुहबी/ सुनसरीको दुहबीमा ३ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । न्यूज ट्रयाक साप्ताहिकको आयोजना तथा दुहबी नगरपालिका वडा नम्बर ५ को सहयोगमा सरस्वति माध्यमिक विद्यालयको हलमा महिलाहरुलाई ३ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम दिइएको हो । तालिमको समापनमा ५ नम्बर वडाका वडाअध्यक्ष रमेश कुमार रौनियारले राम्रो काम गर्दा अनावश्यक अवरोध सृजना गर्न खोजे पनि आफू वडाबासीको हीतमा सधैं समर्पित हुने बताए । उनले व्यक्तित्व विकास तथा उद्घोषण तालिम क्रियाशील मानिसको जीवनमा अत्यन्त्यै महत्वपूर्ण तालिम भएको बताउंदै तालिम प्राप्त गरेर सबैले आफ्नो जीवनमा उपयोग गर्नेमा बिश्वास व्यक्त गरे
धरान/ वेवारिसे ‘सामुदायिक कुकुर’ दुर्घटनामा पर्न थाले पछि कुकुरलाई राती टल्कने नियोन बेल्ट लगाउन धरानमा सुरु गरेको छ । धरान मानव कल्याण सेवा समाजले ‘मानव सेवा मात्र नभई सडक दुर्घट्नाबाट आफु पनि बचौ र कुकुरलाई पनि बचाउँ’ भन्ने उदेÞश्यले सामुदायिक कुकुरलाइ रिफ्लेक्सन लाइट सहितको निओन बेल्ट लगाइएको धरान मानव कल्याण सेवाका अध्यक्ष अरमान अलिले बताए । उनले भने, ‘धरान बजारमा रहेका सामुदायिक कुकुरको संख्या अधिक छ । दुर्घटना बाट कुकुरहरु धेरै घाईते छन् । यसलाई न्युनिकरण गर्नका लागी र सडकमा रहेका कुकुरको सुरक्षित होस भनेर हामीले यो कार्यक्रम गर्ने सोच राख
धरान/ तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता पुष ७ गतेदेखि १४ गते सम्म हुने भएको छ । आयोजक डाइनामिक युथ क्लब धरान१८ ले विहिबार बुद्ध चोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता धरान १६ रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा हुने क्लबले जनाएको छ । प्रतियोगिता लिगकम नकाउटको आधारमा हुने पनि क्लबका अध्यक्ष रवि बास्फोरले जानकारी दिए । क्लब धरान १८ स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान हाताभित्र बसोबास गर्ने युवाहरुले २०७१ सालमा स्थापना गरेको सस्था हो । प्रतियोगिताको विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार, ट्रफी, म
इटहरी/ इटहरी उपमहानगरपालिकाले करको दर समायोजन गर्ने भएको छ । बुधबार बसेको इटहरी उपमहानगरपालिकाको १३६ औं कार्यपालिका बैठकले कर समायोजन गर्ने निर्णय गरेको हो । कार्यपालिका सदस्य तथा वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदनअनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले घोषणा गरे । उनले सम्पत्ती कर, लिखत पाससम्बन्धी व्यवस्था, निजी विद्यालयसम्बन्धी कर, वैदेशिक रोजगारीसम्बन्धी कर र साना तथा मझौला व्यवसायीहरूले तिर्नुपर्ने करहरू नगरसभाबाट घटाउने बताए । कार्यपालिका बैठकले पुस २३ गतेको लागि नगरसभाको मितिसमेत तोकेको छ । कार
विराटनगर/ गठबन्धनको सिमा र परिस्थितिको अप्ठ्यारोको कारण सोचेजति काम हुन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एक वर्षमा आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि सरकार असफल भने नभएको उनले जिकिर गरे । विराटनगर विमानस्थलमा विहिबार सञ्चारकर्मीसँग कुरा गर्दैे उनले भने, ‘मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैन । गठबन्धनको सरकार हो । धेरै सिमा र अप्ठ्यारो हुन्छन्, सबैलाई मिलाएर लाने जिम्मेवारी हो । तर, सुशासन, सामाजिक न्याय, विकास निर्माणको क्षेत्रमा भएका कामले सरकार सफल छ ।’ मिडियाले पुरै विषय नबुझी लेखिदिएर नागरिकमा पनि कतिपय भ्रम सिर्जना भए
विराटनगर/ विराटनगरका उद्योगी व्यवसायीले बीमासंग सम्वन्धीत समस्या समाधानका लागि बीमा प्राधिकरणको सक्रियताका लागि आग्रह गरेका छन । उद्योग संगठन मोरङ र नेपाल बीमा प्रँधिकरणको संयूक्त आयोजनामा बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष एवं प्रतिनिधिहरु समक्ष समस्या समस्या समाधानका लागि सक्रिय बढाउन आग्रह गरेको हो । बीमा सम्वन्धी छलफल तथा अन्तरक्रियामा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्र बिषम परिस्थितीबाट गुज्रीरहेका वर्तमान समयमा विभिन्न बीमाको प्रिमीयम शुल्कमा भईरहेको वृद्धिले उपभोक्ता थपमारमा परेको भन्दै प्रिमीयम शुल्कलाई उपभोक्ता मैत्री वनाउन प्राधिकर
विराटनगर/ विराटनगर महानगरपालिकाले निर्माणलाई गति दिन अनुगमनलाई तीव्र पारेको छ । महानगरले अनुगमनका क्रममा निर्माणका क्रममा देखिएका समस्या तत्कालै समाधान खोज्ने गरेको छ । बहुवर्षीय योजना अन्तर्गत महानगरको करिब १७ करोड रुपैयाँ लागतमा निर्माणाधीन प्रधानमन्त्री पार्कको निर्माणको अवस्थामा बारेमा मेयर नागेश कोइरालाले अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्बन्धित वडाका अध्यक्ष मधुबाबु तिवारी, वडाध्यक्ष कुमार पोखरेल, इन्जिनियर अर्जुन थापा, प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया साथैमा लिएर अनुगमनमा पुगेका मेयर कोइरालाले निर्माणको पछिल्लो
विराटनगर/ उद्योगी राजेन्द्र राउतले सुविधा सम्पन्न अस्पताल बनाउने भएका छन् । देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ति तथा गुणस्तर बिचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिताले महत्त्वपूर्ण भूमिका निर्वाह हुने भएकोले अस्पताल सञ्चालनको तयारी गरिएको राउतले बताए । स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मोरङ जिल्लाको वुढिगंगा गाउँपालिका वडा नंं १ मा सुरुमा २ सय शैया क्षमताको अस्पताल निर्माण गर्न लागिएको छ । हाल यसलाई १०० शैयाको मल्टी स्पेसल हस्पिटल सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी प्रक्रिया पुरा गरी
इलाम/ असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउजी) खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको छ । इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समितिले अहिले हिसाब गुपचुप बनाउन थालेको हो । दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा दैनिक हिसाब देखाउन नसके पछि पुनः हिसाब सार्वजनिक गर्ने भनेको आयोजक अहिले चुपचाप छ । आयोजकले नै दैनिक हिसाब तत्काल सार्वजनिक गर्ने भने पनि दुई हप्ता सम्म पनि हिसाब नदेखाउनु गुपचुप बनाउन खोजेक
विराटनगर/ तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ । सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो । यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुखको निर्वाचन अगाडि बढाउने तयारीमा दलहरु छन् । यद्यपी निर्वाचनको मिति तय भइसकेको छैन । बुधबारको कार