ताप्लेजुङबासी पाथीभरामा केबलकार पक्षमा, विशाल सद्भाव र्‍याली

  • फागुन ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बन्नु हुँदैन भनेर विवाद बढिरहेका बेला ताप्लेजुङबासी भने केबलकारको पक्षमा छन् ।

मंगलबार केबलकार बन्नु पर्छ भन्ने मागराखेर जिल्लावासीले सद्भाव र्‍याली निकालेका छन्।

सदरमुकाम फुङलिङमा सयौँ नागरिक एउटै स्वरमा उत्रिए। उनीहरूले नारा लगाए ।ताप्लेजुङ के भन्छ रु केबलकार ल्याउ भन्छरु स्थानीय के भन्छन्रु केबलकार ल्याउ भन्छ भनेर सदभाव र्याली निकालेका छन् ।

बृहत् नागरिक सद्भाव र्‍याली निकालेर तीर्थयात्रीको सहज यात्रा, पर्यटन प्रवर्द्धन र जिल्लाको समृद्धिका लागि केबलकार अपरिहार्य रहेको उनीहरूको माग छ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाजको आयोजनामा बिहान ११ बजे सुरु भएको र्‍यालीले सदरमुकामका विभिन्न भागको परिक्रमा गर्‍यो।

‘बृहत् नागरिक सद्भाव र्‍याली’ लेखिएको ब्यानरसहित नौमती बाजा, च्याब्रुङ नाच र विभिन्न जातजातिका सांस्कृतिक झाँकीले र्‍यालीलाई झन् आकर्षक बनायो।

स्थानीयहरूका अनुसार केबलकार बनेपछि पाथीभरा पुग्न सजिलो हुने, पर्यटक संख्या बढ्ने र जिल्लाको आर्थिक विकासमा टेवा पुग्नेछ। नागरिकहरूको एकतासहितको मागले सरकारको ध्यानाकर्षण गर्ने अपेक्षा गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved