झापा/ मनमोहन अस्पताल बिर्तामोड र मृतकको परिवारबीच सहमति भएको छ । सहमतिसँगै मंगलबार विहानदेखि अस्तापलमा भएको तनाव सकिएको छ । अस्पतालले घटनाको छानविन गर्ने भनेपछि दुई पक्षबीच सहमति भएको अस्पतालका कार्यकारी प्रमुख रोमणी भट्टराईले जानकारी दिए । पीडित परिवारले दुई जना बच्चाको शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने सर्त राखेको थियो । सूचना अनुसार अस्पतालले १३ लाख क्षतिपूर्ति दिएको बुझिएको छ । तर, अस्पतालका कार्यकारी प्रमुख भट्टराईले नगदको विषय खुलाएनन् । सोमवार विहान खुट्टा सुन्निएर उपचारका लागि बिर्तामोड–३ निवासी नर्वदा बाँस्कोटालाई मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचार
विराटनगर/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले सम्भावित उमेदवारको नाम सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा विराटनगरमा बसेको बैठकले जिल्लागत रुपमा आएका सिफारिसलाई आधार बनाइ केन्द्रीय समितिमा नाम सिफारिस गरको हो । कांग्रेस कोशी प्रदेश समितिका सूचना तथा संचार संयोजक बासु कोइरालाका अनुसार संघीय सरकारमा यसअघि मन्त्री रहिसकेका चार जना सिफारिसमा परेका छन् । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री महेश आचार्य, डा. मिनेन्द्र रिजाल र सूजाता कोइरालाको नाम सिफारिस भएको छ । प्रदेश समितिले पूर्वसांसद डिला
इनरुवा/ सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो । संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वडाका ४० जना गृहिणी महिलालाई धूप बनाउने तालिम दिइएको दाहालले जानकारी दिईन । तालिमको समापनको अवसरमा संस्थाका अध्यक्ष दाहालले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने
दमक/ हात्ती संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव–हात्ती सहअस्तित्वका लागि नेपाल र भारत दुबैतर्फ काम सुरु भएको छ । भारतको अछामदेखि पश्चिम बङ्गाल राज्यको महानन्द वाइल्डलाईफ सेङ्गचुरी हुँदै कोशीटप्पुसम्म घुम्न आउने जङ्गली हात्तीले गर्दा झापामा मानव–हात्ती द्वन्दको अवस्था विकराल बन्दै गएको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती नियन्त्रणका लागि भएका असल अभ्यासको अनुसरण र जोखिम न्यूनीकरणका लागि चासो राखेपछि यहाँ भएका असल अभ्यासहरूको विषयमा लिखित रूपमा जानकारी गराएको मेचीनगर नगरपालिका–४ का वडा अध्यक्ष अर्जुन कार्कीले बताए । मुख्यमन्त्री कार्
धरान/ किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उद्यौली पर्व शुरु भएको छ । पुर्वका विभिन्न शहरहरुमा किरातजन्य सामाजिक संघसंस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरि पर्व मनाउन शुरु गरेका हुन् । धरानमा पनि किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा पाँच दिने चासोक तङनाम मंगलबार देखि शुरु भएको छ । मंगलबार बिहान बृहत र्याली प्रदर्शन गर्दै चुम्लुङ हिममा चासोक शुरु भएको हो । उनीहरुले यस वर्ष कोशी प्रदेशको नामाकरण खारेजीको मागलाई प्रमुख नारा बनाएका छन् । छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको र्याली भानुचोक हुँदै धरान १५ स्थित चुम्लुङ हिममा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा स
धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ मा पर्ने भेडेटार पर्यटकीय गन्त्वय स्थलको रुपमा नेपालमात्र हैन भारतमा समेत प्रख्यात बन्दै गएको छ । समुद्री सतहबाट १४२० देखि १७०५ मिटरको उचाइसम्म रहेको यो स्थानलाई सिएनएनको सर्वेक्षणले विश्वको घुम्नै पर्ने १२ गन्तव्य स्थलको रुपमा समेत लिएको छ । यसले गर्दा पनि भारतीय पर्यटकको आगमनमा वृद्धि हुदै गएको हो । विगतमा फाट्टफुट्ट भारतीय पर्यटक देखिने भेडेटारमा अहिले भारतीय पर्यटक अत्याधिक आउने गरेको पाइएको छ । अझ प्रत्येक बर्ष होटल एसोसिएसन भेडेटारले आयोेजना गदै आएको फुडफेस्टिवलले यहाँ आउने भारतीय पर्यटक तान्ने माध्यम बनेको छ । ‘भेडेटार प्रकृति
धनकुटा/ कृषकको जीवन स्तर उकास्न साँगुरीगढी गाउँपालिकाले ‘कोसेली घर’ को निर्माण गरेको छ । गाउँपालिकाले कृषकले स्थानीय स्तरमा उत्पादन गरेको कृषि सामाग्रीलाई बजारीकरण गर्ने उद्देश्यले गाउँपाालिकाकै लगानीमा ‘कोसेली घर’ निर्माण भएको हो । गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गाउँपालिकाका कृषकको बजारीकरणको सहजतालाई मध्यनजर गरी ‘कोसेली घर’को निर्माण गरिएको बताए । उनले भने–‘कृषकहरुले यहाँ उत्पादन गरेका कृषि सामाग्रीको बजार पाएका छैनन्, गाउँपालिकाले कृषकले उत्पादन गरेको सामाग्री खरिद गाउँपालिकाले नै बजारको खोजी गरेर विक्री गरिदिने प्रयोजनक
धरान/ भोजपुर सुनसरी सेवा समाज धरानको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ । आइतबार बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरमा गरिएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संकलित रगत प्रतिष्ठानको ब्लड बैंकमा बुझाइएको छ । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला शाखा सभापति उमेश थापाको प्रमुखआतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष रेवतिरमण राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्य
धरान/ तेह्रथुम जिल्लाको लाली गुराँस नगरपालिकाले विस्तारै विकासको फड्को मार्दै गएको छ । सडक सञ्जालले छोएपछि यो ठाउँमा पर्यटनलाई मुख्य आधार बनाएर पर्यटक भित्र्याउने अभियानलाई नगरपालिकाले अगाडि सारेको छ । यसैलाई मध्यनजर गरी लिम्बु सँस्कृतिलाई नजिकबाट नियाल्न सकिने चोत्लुङ पार्क निर्माण गरिएको छ । यसले पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पु¥याएको छ । साविकको बसन्तपुर गाविस लालीगुरास नगरपालिका बनेपछि कृषि र पर्यटनलाई बढी प्राथमिकतामा राखेर अगाडि बढाइएको छ । सडक सञ्जालले छोएपछि विकासको मुख्य स्रोतको रुपमा पर्यटनलाई बनाइएको छ । यसैलाई मध्यनजर गरी ४ बर्ष अगाडि अर्थात २०७६ सालमा लालीगुरास नगरपाल
विराटनगर/ राष्ट्रिय दलित आयोगले कोशी प्रदेशका प्रदेश प्रमुम परशुराम खापुङलाई तेश्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ । राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका हुन । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/ ८० को प्रतिवेदन हस्तान्तरण गरीएको हो । प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख प्रदेश प्रमुख खापुङले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताएका छन । पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु ज