समाचार

    Showing २,०८१-२,०९० of १०,४२० items.
  • भारत–पाक तनाव: ‘सिन्दूर अपरेसन’मा ४४ को ज्यान गयाे

    काठमाडौ/ दक्षिण एसियामा भारत र पाकिस्तानबीचको सैनिक तनाव फेरि उत्कर्षमा पुगेको छ। भारतले मे ७ को राति पाकिस्तानको सीमावर्ती क्षेत्रमा ‘सिन्दूर अपरेसन’ नाम दिइएको सैन्य कारबाही चलाएपछि दुवै देशमा गरी ४४ जनाको ज्यान गएको छ। भारतले पाकिस्तान प्रशासित कश्मीर र पन्जाब प्रान्तमा रहेका आतंकवादी शिविरहरूलाई लक्षित गर्दै हवाई हमला गरेको जनाएको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार यो कारबाही अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिशोध थियो। सो आक्रमणमा हिन्दू तीर्थयात्रीहरू मारिएका थिए, जसको जिम्मेवारी पाकिस्तानमा आधारित ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको थियो

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ८०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बृहत्तर वराहक्षेत्र विकास समितिमा पदाधिकारीद्वारा पदभार ग्रहण

    वराहक्षेत्र/ बृहत्तर वराहक्षेत्र विकास समितिका नव नियुक्त पदाधिकारीहरूले बुधबार पदभार ग्रहण गरेका छन्। चतरास्थित समितिको कार्यालयमा आयोजित समारोहमा अध्यक्षसहितका पदाधिकारीहरूले औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्। समितिको स्थापना २०६६ सालमा नेपाल सरकारअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मातहतमा गरिएको हो। हाल यो समिति कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यरत छ। समितिको उद्देश्य सुनसरीको वराहक्षेत्र नगरपालिका, रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, उदयपुरको बेलका नगरपालिका तथा धनकुटाको साँगुरीगढी र सहिदभूमि गाउँपालिकाभित्र रहेका धार्मिक क्षेत्रको संर

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ६८० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१३ मा प्रहरीको छापा, सयौँ क्याप्सुल र इन्जेक्सनसहित युवक पक्राउ

    सुनसरी/धरान उपमहानगरपालिका–१३ स्थित अमरहाट कृषि बजार नजिक एक व्यक्तिको घरबाट ठूलो परिमाणमा लागू औषध बरामद भएको छ। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२/०१/२४गते आज (बुधबार) दिउँसो करिब ३ः१० बजे ३० वर्षीय मिलन लिम्बुको घरमा छापा मारेको थियो। घरमा खानतलासीका क्रममा प्रहरीले विभिन्न प्रकारका लागू औषधहरू फेला पारेर लिम्बुलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार लिम्बुको घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड ५० मिलिग्रामका ३,०९० क्याप्सुल, डाइसाइक्लोमिन हाइड्रोक्लोराइडका ३,०७० ट्याब्लेट, बुप्रेनोर्फिनका ४ एम्पुल, फेनिरामिन मालेएटका १७ एम्पुल र डाइजेपामका ९ एम्प

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ४,१८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनले मिस्टर एण्ड मिस प्रोभिन्सको सबै उपाधि कब्जा गर्यो

    धरान/  धरानमा सम्पन्न प्रदेशस्तरीय सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस प्रोभिन्स आइडल २०२५’ र ‘मिस्टर एण्ड मिस सुनसरी आइडल २०२५’ मा एकै कलेजका विद्यार्थीहरुले विजेता, उपविजेता, रनरअप र विभिन्न टाइटल हात पार्दै सबैको ध्यान तानेका छन्। धरान–१६ स्थित युएन नवोदय कलेजका छात्रछात्राहरूले सो प्रतियोगितामा सहभागिता जनाउँदै प्रमुख उपाधिहरू आफ्नो पक्षमा पार्न सफल भएका हुन्। ड्रिम्स एम प्रोडक्सनद्वारा आयोजित उक्त प्रतियोगितामा युएन कलेजकी रेखा लुम्फुङ्वा लिम्बू ‘मिस प्रोभिन्स’ घोषित भइन् र उनले नगद ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरिन्। यस्त

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • २,४१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'मिसेस स्टेट २०२५ सिजन थ्री' का प्रतिस्पर्धीका अभिभावकसँग अन्तरक्रिया सम्पन्न

    धरान/ वुमन्स वर्थ ग्रुप (WWG) को आयोजनामा यही जेठ १७ गते हुने 'मिसेस स्टेट २०२५ सिजन थ्री' कोशी प्रदेशअन्तर्गत प्रतिस्पर्धी महिलाहरूका अभिभावकसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। धरान–९ स्थित बगैचा रेष्टुरेन्टमा सोमबार सम्पन्न ‘प्यारेन्ट्स मिट’ कार्यक्रममार्फत अभिभावक तथा प्रतिस्पर्धीहरूसँग प्रत्यक्ष संवाद गरिएको थियो। समूहकी अध्यक्ष सुजता श्रेष्ठका अनुसार अभिभावक र सहभागीबीच कार्यक्रमको उद्देश्य तथा संरचना स्पष्ट पार्ने लक्ष्यले अन्तरक्रिया गरिएको हो। “धेरैजसो अभिभावक तथा सहभागीले कार्यक्रमबारे धेरै कुरा बुझ्न चाहिरहेका हुन्छन्, उनीहरूको जिज्ञासाको सम

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ५५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ठूलो परिमाणको लागू औषधसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको धरानमा प्रहरीले ठूलो परिमाणको लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८२/०१/२३गते धरान उपमहानगरपालिका–३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ बाट ३१ वर्षीय निखिल उर्फ वसन्त राजवंशीलाई नियन्त्रणमा लिइएको हो। उनी कैलाली, धनगढीका स्थायी बासिन्दा हुन्। राजवंशीको साथबाट ३७० क्याप्सुल स्पास्मोप्रोक्सिभोन बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, सोही दिन साँझ ८:१५ बजे धरान उपमहानगरपालिका–८ स्थित सभागृह नजिकैको एक घरमा गरिएको अर्को छापामा ३८ वर्षीय मनोज विक पक्राउ परेका छन्। प्रहरीका अनुसार विकको कोठाबाट ८९२ क्याप्

    • प्रकाशित मितिः वैशाख २४, २०८२
    • ३,६०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गणतन्त्र दिवस–२०८२ कोशी प्रदेशमा भव्य रूपमा ३दिन मनाइने

    विराटनगर/  कोशी प्रदेश सरकारले आउँदो जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रूपमा मनाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले नागरिकको सहभागितासहित विविध कार्यक्रमसहित तीन दिनसम्म गणतन्त्र दिवस मनाउने तयारी गरेको हो। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिबारे जनचेतना अभिवृद्धि गर्न अन्तरक्रिया तथा विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभयो। उहाँकै अध्यक्षतामा मुख्य समारोह समिति गठन गरिएको छ। कार्यक्रमअनुसार, जेठ १४ गते प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखको नेतृत्

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ५९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विषादी भेटिएपछि २४ सय केजी फुलकोपी नष्ट

    धरान/ धरान उपमहानगरपालिकाको कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएको फुलकोपीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि २ हजार ४१२ केजी फुलकोपी नष्ट गरिएको छ। मंगलबार बिहान गरिएको नियमित विषादी परीक्षणका क्रममा मकवानपुर स्थित  पालुङबाट ल्याइएको उक्त फुलकोपीमा ९७.४०१४ प्रतिशत विषादी अवशेष पाइएको थियो। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले गरेको परीक्षणमा मानव उपभोगका लागि अयोग्य ठहरिएपछि फुलकोपी तत्काल नष्ट गरिएको उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम बेघाले जानकारी दिए। उनका अनुसार यसअघि पनि कृषि बजारमा केही तरकारीमा विषादी भेटिए पनि यति धेरै मात्रामा विषादी भेटिएको यो पहिलो पटक हो। &

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • १,०९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटा बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ११ जना घाइते

    विराटनगर/ कोशी लोकमार्गअन्तर्गत धनकुटाको गोठगाउँमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो। दुर्घटनामा बस चालक धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जसमध्ये राईको घटनास्थलमै र अन्य दुई जनाको धरानस्थित विपी कोइरा

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ८३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायिका सरस्वती रिमालको “धेरै तिर धाए मैले” योग गीत सार्वजनिक(भिडियो सहित)

    धरान/  लोकसंगीतप्रेमीहरूबीच परिचित गायिका सरस्वती रिमालले आफ्नो नयाँ योग गीत “धेरै तिर धाए मैले धेरै दुःख पाए” सार्वजनिक गरेकी छन्। युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतमा जीवनका संघर्ष, माया र गहिरो अनुभूतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। योग गीत भन्नाले केवल भौतिक प्रेम वा मनोरञ्जनभन्दा पर, मानिसको जीवनयात्रा, आत्मानुभूति र आध्यात्मिक भावनालाई समेटिएको संगीतलाई जनाइन्छ। यस गीतमा पनि व्यक्तिको जीवनमा भोगिएका दुःख, भौतिक मोह, संघर्ष र त्यसबाट प्राप्त आत्मचिन्तन झल्किन्छ। गीतले श्रोतालाई आफ्नै जीवनसँग तुलना गर्न बाध्य पार्ने खालको भाव बोकेको छ। भिडियो : गीतमा शब

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ७३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved