गणतन्त्र दिवस–२०८२ कोशी प्रदेशमा भव्य रूपमा ३दिन मनाइने

  • वैशाख २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  कोशी प्रदेश सरकारले आउँदो जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रूपमा मनाउने निर्णय गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले नागरिकको सहभागितासहित विविध कार्यक्रमसहित तीन दिनसम्म गणतन्त्र दिवस मनाउने तयारी गरेको हो।

बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिबारे जनचेतना अभिवृद्धि गर्न अन्तरक्रिया तथा विविध कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभयो। उहाँकै अध्यक्षतामा मुख्य समारोह समिति गठन गरिएको छ।

कार्यक्रमअनुसार, जेठ १४ गते प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखको नेतृत्वमा सरसफाइ कार्यक्रम गरिनेछ। आम नागरिकलाई घरआँगन सफा राख्न आग्रह गरिएको छ।

त्यस्तै, लोकतान्त्रिक गणतन्त्रसम्बन्धी कार्यपत्र प्रस्तुति, अन्तरक्रिया, पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिता आयोजना हुने जनाइएको छ। साँझ दीपावली कार्यक्रम पनि तय गरिएको छ।

जेठ १५ गते, रोडशेष चोकमा प्रभातफेरी गरी महेन्द्र चोकमा मुख्य समारोह आयोजना गरिनेछ।

सो कार्यक्रममा मूल समारोह समितिका पदाधिकारी, राजनीतिक दलका नेता, सुरक्षाकर्मी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। साँझ फेरि दीपावली कार्यक्रम गरिनेछ।

जेठ १६ गते, अस्पतालका बिरामी र मानव सेवा आश्रममा रहेका वृद्धवृद्धालाई फलफूल वितरण गरिनेछ। त्यस दिन पनि दीपावलीको कार्यक्रम जारी रहनेछ।

यस्तै, प्रदेश सरकारले जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा गणतन्त्र दिवस भव्य रूपमा मनाउन पत्राचार गर्ने निर्णयसमेत गरेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved