धनकुटा बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ११ जना घाइते

  • वैशाख २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी लोकमार्गअन्तर्गत धनकुटाको गोठगाउँमा सोमबार यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटा नगरपालिका–६ स्थित गोठगाउँमा सडकबाट झण्डै ५० मिटर तल खसेको थियो।

दुर्घटनामा बस चालक धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङ, भोजपुर नगरपालिका–११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

जसमध्ये राईको घटनास्थलमै र अन्य दुई जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइतेहरूको विवरण यसप्रकार छ:

# अनमोल तामाङ (११), धरान–१३ – टाउकोमा चोट, अवस्था सामान्य
# कृष्ण राउत (४८), बराहक्षेत्र–२ – देव्रे हात भाँचिएको, अवस्था सामान्य
# सुर्यमणी तामाङ (२०), षडानन्द–१३ – टाउकोमा चोट, अवस्था सामान्य
# गंगा प्रसाद सापकोटा (८०), पौवादुम्मा–३ – टाउकोमा चोट, अवस्था सामान्य
# सविना बराईली (२४), भोजपुर–११ – दायाँ हात भाँचिएको, अवस्था सामान्य
# देवी विक (६०), भोजपुर–११ – टाउकोमा चोट, अवस्था गम्भीर
# हंशबहादुर राई (६०), साँगुरीगढी–६ – टाउकोमा चोट, अवस्था गम्भीर
# पूर्णमाया तामाङ (५१) षडानन्द–११ – अवस्था सामान्य
# आयुष राई (१७) इटहरी–४ – बायाँ हात र ढाडमा चोट, अवस्था सामान्य
# धनकुमार विक (३४), धनकुटा–६ – टाउकोमा चोट, अवस्था सामान्य
# दीर्घमाया राई (६०), साँगुरीगढी–६ – मुख र टाउकोमा चोट, अवस्था सामान्य
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

 
 
 
 
 
ReplyForward
 
You can't react with an emoji to a group

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved