युएनले मिस्टर एण्ड मिस प्रोभिन्सको सबै उपाधि कब्जा गर्यो

  • वैशाख २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा सम्पन्न प्रदेशस्तरीय सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस प्रोभिन्स आइडल २०२५’ र ‘मिस्टर एण्ड मिस सुनसरी आइडल २०२५’ मा एकै कलेजका विद्यार्थीहरुले विजेता, उपविजेता, रनरअप र विभिन्न टाइटल हात पार्दै सबैको ध्यान तानेका छन्।

धरान–१६ स्थित युएन नवोदय कलेजका छात्रछात्राहरूले सो प्रतियोगितामा सहभागिता जनाउँदै प्रमुख उपाधिहरू आफ्नो पक्षमा पार्न सफल भएका हुन्।

ड्रिम्स एम प्रोडक्सनद्वारा आयोजित उक्त प्रतियोगितामा युएन कलेजकी रेखा लुम्फुङ्वा लिम्बू ‘मिस प्रोभिन्स’ घोषित भइन् र उनले नगद ५० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरिन्। यस्तै, ‘मिस्टर सुनसरी’ उपाधि जितेका सोही कलेजका सुजल लिम्बूले पनि नगद ५० हजार रुपैयाँ जिते।

त्यसैगरी, ‘मिस प्रोभिन्स सुनसरी’ उपाधि युएन कलेजकै रेखा गुरुङले हात पारिन्। अंकिता लामा फस्ट रनरअप, नुमा चेम्जोङ सेकेन्ड रनरअप, र सुनिता विश्वकर्मा थर्ड रनरअप बनिन्।

‘मिस्टर प्रोभिन्स सुनसरी’तर्फ सामदेन तामाङ फस्ट रनरअप, सुजलजंग बस्नेत सेकेन्ड रनरअप, रिन्चेन तामाङ थर्ड रनरअप तथा बबिन तामाङ पनि विजयी बनेका छन्।

कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले विद्यार्थीद्वारा एकैपटक यति धेरै उपाधि जित्नु गौरवको विषय भएको बताए। “पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरू अब्बल छन् भन्ने प्रमाणित भएको छ,” उनले प्रतिक्रिया दिए।

उनका अनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्नातक तहको होटल म्यानेजमेन्टमा पनि युएन कलेजले यसअघि तीन पटकसम्म प्रदेश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरिसकेको छ।

कलेजका पीआरओ राम लिम्बूले यति धेरै उपाधि जितिएको विषयले कलेजमा उत्सवको माहोल बनाएको बताए। कलेजले सबै विजयी विद्यार्थीहरूलाई औपचारिक रूपमा सम्मानसमेत गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले विजयीहरूलाई पुरस्कार हस्तान्तरण गरेका थिए।

ड्रिम्सका सिइओ कैलाश मोक्तानका अनुसार प्रतियोगिताअघि सहभागीहरूलाई नेतृत्व विकास, बोल्ने कला, व्यक्तित्व विकासजस्ता विभिन्न चरणको तालिम प्रदान गरिएको थियो।

कार्यक्रम संयोजक मेरिना तुम्साले किशोरकिशोरीको मनोविज्ञान र लुकेका प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved