समाचार

    Showing १६१-१७० of १०,४१५ items.
  • पुस्तकालय दिवसको अवसरमा परोपकार अभियानमा कार्यक्रम

    विराटनगर/  परोपकार अभियान समूह विराटनगरको आयोजनामा १९ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर पुस्तकालय दिवस र परोपकार पुस्तकालयका संस्थापक प्राज्ञ दधिराज सुवेदीको स्मृतिमा एक कार्यक्रम आयोजना भएको छ। उक्त कार्यक्रममा ूआजको सन्दर्भमा पुस्तकालयको आवश्यकता र दधिराज सुवेदीको बहुआयामिक व्यक्तित्वमाथिू विभिन्न विद्वानहरूले विचार प्रस्तुत गर्ने, शुभकामना तथा श्रद्धाञ्जली प्रदान गर्दै विषयवस्तु माथि चर्चा गर्ने कार्यक्रम गरिएको छ। परोपकार पुस्तकालयको स्थापनाको सन्दर्भमा संस्थापक दधिराज सुवेदीको योगदान बारे चर्चा गरिनुको साथै सुवेदीको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्ने कार्यक्रम सम

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २११ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाँजासहित अस्पतालको नाम लेखिएको भ्यान बरामद, चालक फरार

    विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ। गए राति करिब ११ बजे दरैयाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो। प्रहरीका अनुसार टोलीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि भ्यानको जाँच गर्दा दुई बोरामा राखिएको अन्दाजी ६० किलो लागूऔषध गाँजा फेला परेको हो। बरामद गाँजासहित भ्यानलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बीओपी दरैयामा ल्याएर राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा नियुक्ति, शिक्षाध्यक्षमा झा, रजिस्ट्रारमा बराल र अस्पताल निर्देशकमा लिम्बू

    सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका तीन प्रमुख पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. स्मृति कार्कीको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले मंगलबार शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त गरेकी हुन्। मन्त्री मेहेताले शिक्षाध्यक्षमा प्राध्यापक डा. शिवेन्द्र झा, रजिस्ट्रारमा धरणीधर बराल र अस्पताल निर्देशकमा डा. इन्द्रकुमार लिम्बूलाई नियुक्त गरेकी हुन्। तीनवटै पदका लागि उपकुलपति कार्कीले तीन–तीन जनाको नाम सिफारिस गरेकी थिइन्। शिक्षाध्यक्षका लागि प्राध्यापक डा. शिवेन्द्र झासहित प्राध्यापक डा.

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • संखुवासभाका क्रोनिक सडक निर्माणमा मन्त्री आचार्यको ‘एक्सन’:

    विराटनगर/ संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय निर्माण कम्पनीविरुद्ध कडा रुपमा प्रस्तुत भएको । निर्माण व्यवसायीले पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि भौतिक पूर्वाधार विकास मन्त्री जीवन आचार्यले तोकिएको समयसीमा भित्र प्रगति नदेखिए ठेक्का तोडेर कानुनी कारबाही गर्ने चेतावनी दिनुभएको हो । मन्त्रालयमा आयोजित विशेष छलफलमा मन्त्री आचार्यले आयोजनाहरूलाई ‘क्रोनिक’ को संज्ञा दिँदै अब कुनै पनि बहानामा ढिलाइ सह्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनी राज्यमा निर्माण व्य

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ४१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरात राई सङ्घको केन्द्रीय अध्यक्षमा सुवासचन्द्र राई सर्वसम्मत

    धरान/ नेपाली काँग्रेस निकट जातीय सङ्गठन नेपाल लोकतन्त्रवादी किरात राई सङ्घको प्रथम केन्द्रीय महाधिवेशनले काठमाण्डौका सुवास राईलाई केन्द्रीय अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ । संघव्दारा आज मङ्गलवार पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको हो । महाधिवेशन सोमवार किरात राई यायोख्खाको यलम्बर भवनमा भएको थियो । महाधिवेशनले राईको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मतिमा चयन गरेको छ । नवगठित कार्यसमितिमा अध्यक्ष सुवासचन्द्र राई, निवर्तमान अध्यक्ष आनन्द सन्तोषी राई, उपाध्यक्ष राजाबाबु किराँती, उपाध्यक्ष सारिका राई, महामन्त्री खगेन्द्र राई, सहमहामन्त्री राजकुमार राई, सहमहा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वदलीय संयन्त्र गठनबारे सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    काठमाडौँ/  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आह्वान गरेको सर्वदलीय बैठक मङ्गलबार सिंहदरबारमा सुरु भएको छ। बैठकमा रास्वपाका प्रवक्ता जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, त्यसैगरी नेपाली कांग्रेसका संसदीय दलका निस्कल राई, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, पद्माकुमारी अर्याल सहभागी हुनुहुन्छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्रबहादुर शाही, श्रम संस्कृति पार्टीका ध्रुव राई लगायतका नेताहरु सहभागी हुनुहुन्छ ।

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फरार प्रतिवादीमाथि धरान प्रहरीको एक्सन, कुटपिटदेखि लागूऔषध मुद्दाका ३ जना पक्राउ

    धरान/ सुनसरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका तीन जना प्रतिवादीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले सोमबार खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा दोषी ठहर भएका उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–११ का सुदिप राई रहेका छन्। कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर भएका राईलाई अदालतले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उनको फैसला २०८२ साल कात्तिक ३० गते भएको थिय

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ११ क्विन्टल गाँजासहित तीन जना पक्राउ

    गाईघाट/  उदयपुरमा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तीवन क्षेत्रबाट ११ क्विन्टल २२ किलो गाँजा बरामद गरेको हो । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार उक्त क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गरेको थियो । खोजतलासका क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा र बोलेरोसहित तीन जनालाई नियन्त्रणमा लिएको

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रसुवा बाढी प्रभावित यातायात श्रमिकको उद्धार र पुनस्र्थापनामा आइटीएफको चासो

    काठमाडौं/ अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ (आइटीएफ) ले रसुवा बाढीबाट प्रभावित यातायात श्रमिकको खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका लागि नेपालका यातायात मजदुर संगठन र सरकारसँग समन्वय गरी काम गर्ने जनाएको छ। आइटीएफमा आबद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, युनिट्राभ र नेपाल यातायात मजदुर संघसँग भएको भर्चुअल बैठकमा आइटीएफ वल्र्ड कमिटीका उपाध्यक्ष स्कट म्याक्डनिले बाढी प्रभावित श्रमिकको अवस्था पहिचान, खोजी, उद्धार तथा राहतका लागि आवश्यक सहयोग र समन्वय गरिने बताएका हुन्। उनले आइटीएफ दक्षिण एसियाका सहायक सचिव अब्दुलगानी सेराङलाई तत्काल आवश्यक योजना तयार गर्न पनि आग्रह गरेका छन्। बैठक

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भन्सार छलेर ल्याइएको १ लाख ३२ हजारको कुर्ता–सुरुवालसहित अटो चालक पक्राउ

    सुनसरी/ सुनसरीको बर्जु गाउँपालिकाबाट भन्सार छली नेपाल भित्र्याइएको करिब १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहित एक अटो चालक पक्राउ परेका छन्। साेमबार राति करिब १ बजे बर्जु गाउँपालिका–४, सितागञ्जमा भारतबाट नेपालतर्फ भन्सार छलीका सामान ल्याउँदै गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को २ ह ७८२ नम्बरको अटो रोकेर जाँच गरेको थियो। जाँचका क्रममा अटोबाट भन्सार छली ल्याइएको कुर्ता–सुरुवाल ११० थान, अन्दाजी १ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले सामान ओसारपसारमा संलग्न दुहबी नगरपालिका–१२

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • १८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved