गाँजासहित अस्पतालको नाम लेखिएको भ्यान बरामद, चालक फरार

  • भदौ १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट सशस्त्र प्रहरीले करिब ६० किलो गाँजा बरामद गरेको छ।

गए राति करिब ११ बजे दरैयाबाट खटिएको सशस्त्र प्रहरी बल नेपाल टोलीले ‘दिव्य ज्योति अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो।

प्रहरीका अनुसार टोलीले भ्यान रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि भ्यानको जाँच गर्दा दुई बोरामा राखिएको अन्दाजी ६० किलो लागूऔषध गाँजा फेला परेको हो। बरामद गाँजासहित भ्यानलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बीओपी दरैयामा ल्याएर राखिएको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद गाँजा र भ्यान नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

 

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

पुस्तकालय दिवसको अवस ...

विराटनगर/  परोपकार अभियान समूह विराटनगरको आयो ...

बीपी प्रतिष्ठानका ती ...

सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ...

संखुवासभाका क्रोनिक ...

विराटनगर/ संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved