पुस्तकालय दिवसको अवसरमा परोपकार अभियानमा कार्यक्रम

  • भदौ १७, २०८३
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  परोपकार अभियान समूह विराटनगरको आयोजनामा १९ औं राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भ पारेर पुस्तकालय दिवस र परोपकार पुस्तकालयका संस्थापक प्राज्ञ दधिराज सुवेदीको स्मृतिमा एक कार्यक्रम आयोजना भएको छ।

उक्त कार्यक्रममा ूआजको सन्दर्भमा पुस्तकालयको आवश्यकता र दधिराज सुवेदीको बहुआयामिक व्यक्तित्वमाथिू विभिन्न विद्वानहरूले विचार प्रस्तुत गर्ने, शुभकामना तथा श्रद्धाञ्जली प्रदान गर्दै विषयवस्तु माथि चर्चा गर्ने कार्यक्रम गरिएको छ।

परोपकार पुस्तकालयको स्थापनाको सन्दर्भमा संस्थापक दधिराज सुवेदीको योगदान बारे चर्चा गरिनुको साथै सुवेदीको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्ने कार्यक्रम सम्पन्न भएको छ ।

आजको कार्यक्रममा पुस्तकालयको महत्त्वबारे प्रा। डा। भेषप्रसाद धमलाले आफ्नो विचारहरू व्यक्त गरेका छन् भने दधिराज सुवेदीको कृतित्वमाथि चर्चा गर्ने कार्य प्राज्ञ विवश पोखरेलले गरेका छन्। त्यसैगरी दधिराज सुवेदीको व्यक्तित्वमाथि प्रकाश पार्ने कार्य प्राध्यापक कविराज न्यौपानेबाट भएको छ।

उक्त कार्यक्रममा संस्थाकी सह(कोषाध्यक्ष तथा पुस्तकालय संयोजक इन्दू सुवेदीले पुस्तकालय स्थापनादेखि हालसम्मको अवस्था जानकारी गराउँदै कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्णलाई स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्। यसैगरी सचिव कुलप्रसाद पौडेलले संस्थाको गतिविधि बारे र उपाध्यक्ष किशोर भट्टराईले परोपकार अभियान समूहको स्थापनाकालदेखिको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशकी सभासद माननीय शिला दीक्षित कार्कीले परोपकार अभियान समूह विराटनगरको एउटा विशिष्ट योगदान प्रदान गर्ने संस्था मध्येएक रहेको जानकारी गराइन् ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बलराम पोखरेलले परोपकार अभियान समूहको गतिविधि र परोपकार पुस्तकालयका संस्थापक दधिराज सुवेदीको योगदानको समाजले मूल्याङ्कन गर्दै आएको र यसले समाजमा विभिन्न समुदायका मानिसहरूलाई जोड्ने सह्रानीय काम गरेको बताए।

संस्थाका अध्यक्ष बाबुराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्षले सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको अन्त्यमा मुलुकमा हालै घटेको विपत्तिमा परेर ज्यान गुमाएका सबैजनाको स्मरण गर्दै सामूहिक श्रद्धाञ्जली अर्पण पनि गरिएको जानकारी संस्थाका उपाध्यक्ष सोमराज कोइरालाले दिएका छन्।

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

गाँजासहित अस्पतालको ...

विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१६ दर ...

बीपी प्रतिष्ठानका ती ...

सुनसरी/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ...

संखुवासभाका क्रोनिक ...

विराटनगर/ संखुवासभा जिल्लामा सञ्चालित दुई ठूला बहु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved