समाचार

    Showing 1,471-1,480 of 10,125 items.
  • जिउँदो भाई मरेको बनाएर जग्गा विक्री

    विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ का भरतबहादुर बस्नेतले भाइ केदारबहादुर बस्नेतको मृत्यु सरजमिन गरेर जग्गा बिक्री गरेको खुलेको छ । भाइको मृत्युको सरजमिन वडाध्यक्ष कुमार पोखरेलले गरिदिएका छन् ।विराटनगर–११ पिचराका ७० वर्षीय केदारबहादुर बस्नेत पूर्वप्रहरी निरीक्षक हुन् । उनी काठमाडौंमा बस्छन् । २०७५ साल असोज १० गते २०५८ सालमै उनको मृत्यु भएको भनि सरजमिन मुचुल्का बनाइएको फेला परेको छ । सुनसरीको जग्गा बिक्री भएपछि मात्रै केदारले आफ्नो मृत्युको कागज बनेको थाहा पाएका थिए । ‘मलाई त जानकारी नै थिएन । दाजुले २०५८ मै मरेको भनेर सरजमिन बनाउनु भएछ,’ उनले भने, &lsquo

    • प्रकाशित मितिः असार १३, २०८२
    • 677 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा गर्ल फ्रेण्डको विवादले खुकुरी प्रहार हुँदा एक युवक घाइते

    धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवामाथि खुकुरी प्रहार भएको छ । साँझ साढे ६ वजे धरान उपमहानगरपालिका–१० स्थित राँगा चोकमा उक्त विवादका कारण खुकुरी प्रहार भएको घटनामा एक युवक घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगेका अनुसार घटनामा धरान–२० निवासी २८ वर्षीय समिर राई घाइते भएका छन । मोरङका अविनाश राईले पछाडिबाट खुकुरी प्रहार गरेका थिए। घाइते राईलाई उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।अभियुक्त अविनाश राई फरार छन्। उनको खोजी कार्य तीव्र

    • प्रकाशित मितिः असार १२, २०८२
    • 5,957 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जिल्ला स्तरीय एसइई भलिबल कप सुरु(भिडियो सहित )

    धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता विहीबारदेखि शुरु भएको छ । धरानको इतिहाँस बोकेको पुरानो स्कुल धरान आर्दश सकेण्डरी बोर्डिङ स्कुलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लागि लक्षित गरि प्रथम आदर्श एसइई अन्तर स्कुल जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु गरेको हो । औपचारिक रुपमा कार्यक्रम गरि उद्घाटन स्कुल परिसरमा नै प्रतियोगिताको शुरुवात गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी स्कुल सन्चालक समिती अध्यक्ष सुनिता न्यौपानेले प्रतियोगिताको उद्घाटन औपचारिक कार्यक्रमबाटै गरिन । प्रतियोगितमा जिल्लाभरीका २० वटा स्कुलका विद्यार्थीहरुले सहभा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 931 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धराने सर्वपक्षिय टोलीसँग प्रचण्डः वीपी प्रतिष्ठान विश्वविद्यालय बनाउन उपयुक्त छ

    काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिँदै आएको स्वास्थ्य सेवा, भौगोलिक अवस्था र भौतिक संरचनाका हिसावले पनि चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन उपयुक्त रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बताएका छन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने माग सहित काठमाण्डौं आएको धरानका सर्वदलिय टोलीसंगको साक्षात्कारमा पूर्व प्रधानमन्त्री अध्यक्ष प्रचण्डले वीपीलाई छाता ऐनमा लानु उपयुक्त नहुने बताए । बिहिबार अपरान्ह कोटेश्वरस्थित माओवादी मुख्यालयमा प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो । ज

    • प्रकाशित मितिः असार १२, २०८२
    • 873 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मिस्टर स्टेट राजभगत क्लासिक’ बडिबिल्डिङ प्रतियोगिता धरानमा हुने

    धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट्रिय खेलाडी तथा निर्णायक स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा ‘प्रथम मिस्टर स्टेट राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ आयोजना हुने भएको छ। धरान फिटनेस क्लबको आयोजनामा असोज १० र ११ गते धरानमा प्रदेशस्तरीय प्रतियोगिता हुने भएको हो। प्रतियोगिताबारे बिहीबार धरान–१२ चतरालाइनस्थित ब्याक यार्ड रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। क्लबका सञ्चालक एवं स्व। प्रधानाङ्गका छोरा कबिर भगत प्रधानाङ्गका अनुसार प्रतियोगिता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसहरा हलमा आयोजना हुनेछ। सुनसरी, मोरङ र

    • प्रकाशित मितिः असार १२, २०८२
    • 816 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा करेन्ट लागेर माछा मार्ने युवकको मृत्यु

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। मृतक खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ स्थायी घर भई हाल इटहरी–७ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय देवान राई रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। राती करिब ९ बजे कोठाबाट ५० मिटर टाढा रहेको खेतमा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित बिराट टिचिङ अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 571 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीले धार परिवर्तन गरेपछि बेलका र बराहक्षेत्र उच्च जोखिममा, ४ हजार घरपरिवार विस्थापनको संघारमा

    इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान सुरु गरेपछि उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका उच्च जोखिममा परेका छन्। बेलका–२, ३, ८ र ९ तथा बराहक्षेत्र–६ का करिब ४ हजार घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। नदीले बेलका–८ को लाहुरे खोँच हुँदै कटान तीव्र पारेसँगै सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलियाटप्पु, एबीसी, श्रीलङ्का टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष क्षेत्रमा बसोबास गर्ने परिवार उच्च जोखिममा परेका हुन्। अघिल्लो कटानका कारण कोशीको भङालो गाउँसम्म पस्दा ४ हजार घर विस्था

    • प्रकाशित मितिः असार १२, २०८२
    • 1,032 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साइकलयात्रीको मृत्युपछि आक्रोशित भीडद्वारा टिपरमा आगजनी

    सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेजरगंज भित्री सडकखण्डमा बुधबार राति सवारी दुर्घटनामा एक साइकलयात्रीको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन्। घटनापछि ठक्कर दिने टिपरमा भीडले आगजनी गरेको छ। बुधबार राति करिब ८ बजे जब्दीबाट लालबन्दीतर्फ गइरहेको ना २ क ५०१ नम्बरको टिपरले साइकलयात्रामा रहेका एक युवकलाई ठक्कर दिएको थियो। दुर्घटनामा सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा निवासी २० वर्षीय सचिन साह गुप्ता गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो तर राति ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि टिपर चालक फरार भएक

    • प्रकाशित मितिः असार १२, २०८२
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कारमा ब्राउन सुगर ओसार्ने गिरोह झापामा पक्राउ, निजी गाडीमार्फत काठमाडौंसम्म तस्करी

    झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै निजी गाडी प्रयोग गरेर झापाबाट काठमाडौंसम्म ब्राउन सुगर ओसार्ने गिरोह सक्रिय बनेको छ। पछिल्लो पाँच दिनभित्र झापाको विभिन्न स्थानबाट दुईवटा निजी कार प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्। भद्रपुर नगरपालिका–७ स्थित आनी होटल रोडबाट पक्राउ परेका चारजनाको साथबाट प्रहरीले २ सय ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित हुन्डाई क्रेटा कार बरामद गरेको हो। पक्राउ पर्नेमा नुवाकोटका साजन तामाङ, सजिन लामा, दीपेश लामा र राम तामाङ रहेका छन्। उनीहरूलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। यसअघि असार ७ गते भद्रपुर–५

    • प्रकाशित मितिः असार १२, २०८२
    • 1,024 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा मोटरसाइकलमा गाँजा ओसार्ने दुई युवा समातिए

    बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका–८ तिनकुनेमा मोटरसाइकलमा गाँजा ओसार्ने दुई युवा विशेष सूचनाको आधारमा पक्राउ परेका छन्। मंगलबार साँझ ५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को. ३७ प. १२५३ नम्बरको मोटरसाइकल जाँच गर्दा झोलाभित्र लुकाइएको ३४ केजी गाँजा बरामद गरेको हो। प्लास्टिकले बेरिएको अवस्थामा जेब्राको झोलामा गाँजा लुकाएर लैजाँदै गरेका मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका–८ निवासी २२ वर्षीय धिरज राई र पछाडि सवार सोही नगरपालिका–७ निवासी ३१ वर्षीय लोकेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद ल

    • प्रकाशित मितिः असार १२, २०८२
    • 986 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved