धरानमा भोलि वृहत खुल्ला लाखेनाच प्रदर्शनी र प्रतियोगिता

  • साउन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/लाखेनाच जात्राको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले भोलि (बिहीबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ।

नेवाः देय् दबू धरान उपमहानगर समितिको आयोजनामा हुने कार्यक्रममा धरानभित्रका मात्र नभई बाहिरका लाखेनाच समूहको पनि सहभागिता रहनेछ।

आज (बुधबार) धरान–१६ स्थित हारती अजिमा मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले प्रदर्शनीलाई व्यवस्थित र मर्यादित बनाउन सबै लाखेनाच संस्था तथा समूहसँग सहकार्य गरिएको जानकारी दियो।

दबूका अध्यक्ष मनोहर शाक्यका अनुसार दिउँसो ४:३० बजेबाट भानुचोकमा सुरु हुने कार्यक्रमका लागि आवश्यक तयारी पूरा भइसकेको छ।

"मौसम प्रतिकूल भए पनि कार्यक्रम सफल बनाउन पूर्ण रूपमा तयार छौं," उनले भने।

गत वर्षको प्रदर्शनीमा १९ वटा लाखेनाच समूहले सहभागिता जनाएका थिए।

यस वर्ष पनि कम्तीमा १५ भन्दा बढी समूह सहभागी हुने अपेक्षा गरिएको छ। धरान बाहिरका नयाँ लाखे समूहले पनि भाग लिन सक्ने आयोजकको अनुमान छ।

प्रतियोगितामा प्रथम हुने समूहलाई नगद १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ।

अध्यक्ष शाक्यका अनुसार यो कार्यक्रम सांस्कृतिक पहिचानको संरक्षण मात्र नभई सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश फैलाउने अभियान पनि हो।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved