सुनसरी उद्योग वाणिज्य सङ्घमा नयाँ महासचिव र कोषाध्यक्ष नियुक्त, बाँकी पदाधिकारी भदौमा

  • साउन ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt तस्बिर: महासचिव प्रभाव खतिवडा र कोषाध्यक्ष शैलेश कुमार आचार्य

धरान/ नवनिर्वाचित सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल श्रेष्ठले महासचिवमा प्रभाव खतिवडा र कोषाध्यक्षमा शैलेश कुमार आचार्यलाई मनोनीत गरेका छन्। पहिलो बैठकमै दुई पदाधिकारी मात्र तोकिँदा बाँकी पदाधिकारी भने विधान संशोधनपछि भदौको पहिलो सातामा टुंगो लाग्ने भएको छ।

विधान अनुसार बिहीबार बसेको पहिलो बैठकले नवनिर्वाचित सदस्यहरू मध्येकै दुई पदाधिकारी मात्र मनोनयन गरेको हो। बाँकी पदाधिकारी भने विशेष साधारण सभा बोलाएर विधान संशोधनपछि नियुक्त गर्ने निर्णय भएको छ।

निवर्तमान महासचिव तथा नवनिर्वाचित सदस्य महेन्द्र प्रधानका अनुसार विधान संशोधनसँगै कार्यसमितिमा पदाधिकारी संख्या बढ्ने सम्भावना छ। त्यसपछि मात्र बाँकी पदाधिकारीको नाम टुंगो लाग्ने उनले बताए।

अध्यक्षद्वारा मनोनीत महासचिव खतिवडा उद्योग तर्फबाट र कोषाध्यक्ष आचार्य वाणिज्य तर्फबाट निर्वाचित भएका हुन्। असार ३० गते सम्पन्न निर्वाचनबाट अध्यक्षसहित २० सदस्य निर्वाचित भई श्रावण २६ गते पदस्थापन भएको थियो।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved