धरानमा कोरा राइड साइकलिङ च्यालेन्ज, देशभरका २०० भन्दा बढी राइडर्सको सहभागिता

  • साउन २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा आगामी साउन ३१ गते ‘कोरा राइड साइकलिङ च्यालेन्ज’ हुने भएको छ।

नेपालमा सन् २०११ मा काठमाडौंबाट सुरुआत भएको यो च्यारिटी राइड धरानमा सन् २०१७ देखि हरेक वर्ष मनाइँदै आएको हो।

पेडलर्स धरानको आयोजनामा हुने यस वर्षको प्रतियोगितामा देशका विभिन्न शहरबाट २०० भन्दा बढी राइडर्स सहभागी हुने पेडलर्स धरानका अध्यक्ष किशन मास्केले बुधबारको पत्रकार सम्मेलनमा जानकारी दिए।

उनका अनुसार धरान–२ भानुचोकबाट सुरु हुने साइकल र्याली विभिन्न धार्मिक तथा पर्यटकीय स्थलका चेकपोइन्ट हुँदै ३२ किलोमिटर दूरी तय गरेर धरान–१७ साकेला पार्कमा सम्पन्न हुनेछ।

कार्यक्रम संयोजक विजय श्रेष्ठका अनुसार यो च्यालेन्जले खेलकुदसँगै नगरको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउने छ।

भिडियो:

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved