धरानको महेन्द्र बहुमुखी क्याम्पसविरुद्ध अदालतको परमादेश, विद्यार्थीलाई परीक्षा दिन आदेश

  • साउन २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ उच्च अदालत विराटनगरले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसलाई एल.एल.बी. प्रथम वर्षका विद्यार्थी ईश्वर कट्टेललाई परीक्षा दिन अनुमति दिन उत्प्रेषणयुक्त परमादेश जारी गरेको छ।

बुधबार न्यायाधीश श्रीधरा कुमारी पुडासैनी र कृपासुर कार्कीको संयुक्त इजलासले कट्टेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।

नियमित पठनपाठन गर्दै आएका कट्टेललाई क्याम्पसले परीक्षा फाराम बुझ्न अस्वीकार गरेको थियो।

क्याम्पसले उनी पूर्वाञ्चल विश्वविद्यालयबाट ल्याएको ‘माइग्रेसन सर्टिफिकेट’का कारण परीक्षा फाराम बुझ्न नपर्ने दाबी गरेको भए पनि अदालतले कानुनी आधार नदेखी परीक्षामा सहभागी गराउन आदेश दिएको हो।

यसअघि कट्टेलले साउन २१ गते क्याम्पस प्रमुख चन्द्रकुमार राईसहित त्रिभुवन विश्वविद्यालयका सम्बन्धित कार्यालयहरूलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

रिटमा निवेदकका तर्फबाट अधिवक्ता मुक्तिनाथ सुवेदीले बहस गरेका थिए भने विपक्षी तर्फबाट अधिवक्ता डा. नेवल चौधरी र वरिष्ठ अधिवक्ता गोविन्दमणि दाहालले बहस गरेका थिए।

aadeshUpG

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved