समाचार

    Showing १,४११-१,४२० of १०,४१६ items.
  • धरान मेघा कलेजका विद्यार्थी फाइभ–स्टार होटेल मेचि क्राउन अवलोकनमा

    धरान/  धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजका कक्षा–११ होटल म्यानेजमेन्टका विद्यार्थीहरूले झापाको धुलाबारीस्थित मेचिनगर–८ मा रहेको फाइभ–स्टार होटेल मेचि क्राउन अवलोकन गरेका छन्।   कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार भ्रमणको उद्देश्य विद्यार्थीसँग प्रत्यक्ष रूपमा होटल व्यवस्थापन, हस्पिटालिटी र सञ्चालन प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गर्नु थियो।   भ्रमणका क्रममा विद्यार्थीहरूले होटलका व्यवस्थापकबाट नेपालकै सबैभन्दा ठूलो क्यासिनो को बारेमा जानकारी पाए। साथै, होटलमा रहेको व्यायामशाला, स्पा, स्वीमिङ पुल, बगैचा, रेस्टुरेन्ट र बारको अवल

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफू अनुकूल विद्यालय चलाउन उच्च अदालतको आदेश मान्दैनन् वडाध्यक्ष

    इटहरी/ नेकपा माओवादी केन्द्रबाट रातारात नेकपा एमालेमा गई इटहरी वडा नम्बर १७ मा निर्वाचित भएका वडाध्यक्ष प्रभातकुमार आर्चायले अनधिकृत रूपमा सम्मानित उच्च अदालतको निर्णय आदेश विपरीत कानुनको धज्जी उडाउने काम गरेका छन् । वडाध्यक्ष आचार्यले उच्च अदालत विराटनगर आदेशको अवहेलना समेत गरेका छन् । उच्च अदालत विराटनगरले वडा नम्बर १७ मै रहेको पकली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झालाई कानुन अनुसार विद्यालयको काम गर्न दिनका लागि २०८१ फागुन २१ गते पकली माविका नाममा निषेधाज्ञा सहित उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । उच्चको तत्कालीन आदेशपछि केही महिना झाले व्यवस्थापन समितिको

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ७९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ताप्लेजुङमा अज्ञात समूहको आक्रमण : वडाध्यक्ष सेन्दाङ गम्भीर घाइते

    ताप्लेजुङ/  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष तथा एमाले नेता टेकिन्द्र सेन्दाङमाथि शनिबार बेलुकी अज्ञात समूहले सांघातिक आक्रमण गरेको छ। जिल्ला कमिटी बैठक सकेर घर फर्कँदै गरेका बेला तोक्मेडाँडा क्षेत्रमा आक्रमण भएको हो। करिब ५ देखि ७ जनाको समूहले ढुंगा–लाठीसहित आक्रमण गर्दा सेन्दाङ गम्भीर घाइते भएका छन्। टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेका सेन्दाङलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी वेदप्रसाद गौतमका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी क

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ६५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान स्कुल सिङ्गिङ च्यालेन्ज : सेमिफाइनलबाट १८ उत्कृष्ट प्रतिभा फाइनलमा

    धरान/ धरानमा जारी “धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८२” (सिजन–२) को सेमिफाइनल शनिबार सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा धमाकेदार रूपमा सम्पन्न भएको छ। याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा पहिलो अडिसन पार गरेका ३८ जना प्रतिस्पर्धीमध्ये १८ जनाले फाइनलको यात्रा तय गरेका छन्। फाइनलमा प्रवेश गर्नेहरूमा मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा, लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल लगायत रहेका छन्। त्यस्तै, बिजयपुर सेकेन

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ७९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चोत्लुङ पार्कमा सिरिजंगा पाण्डुलिपि विज्ञानालय स्थापना हुने

    धरान/ कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चिनिने तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा रहेको ऐतिहासिक चोत्लुङ पार्कमा सिरिजंगा पाण्डुलिपि विज्ञानालय स्थापना हुने भएको छ। लालीगुराँस नगरपालिकाले विज्ञानालय स्थापनाको तयारीलाई अघि बढाइरहेको छ। सोही तयारीअन्तर्गत नगरप्रमुख अर्जुनबाबु मावुहाङले विज्ञहरूसँग राय–सल्लाहका लागि विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएका छन्। यसअघि राजधानी काठमाडौंमा अन्तरक्रिया सम्पन्न भए पनि आइतबार सुनसरीको धरानस्थित रत्न इन होटलमा पुनः अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। मेयर मावुहाङले प्रस्तुत गरेको कार्यपत्रमा विज्ञाना

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • १,००२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फुर गेल्जे शेर्पा नेपाल पर्वतारोहण संघको अध्यक्ष निर्वाचित

    काठमाडौँ/ पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयन भएको छ। संघको अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले ३४२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत पाए। त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी र महासचिवमा राजेन्द्र लामा निर्वाचित भएका छन्। सचिवमा चन्दन थापा विजयी भएका छन् भने कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच समान मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ। यसैगरी सद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुटकेसभित्र भेटिएकी महिलाको सनाखत, भारतमा विवाह गरेर बसेकी थिइन्

    सुनसरी/  रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुठवलबा गेट नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुवी शाह सुडी हुन्। उनको मूल घर माधवनारायण नगरपालिका–६ हो भने उनले भारतमा विवाह गरेकी थिइन्। चार वर्षीय छोरा पढाउनका लागि रुवी गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा बस्दै आएकी थिइन्। सुटकेसभित्र कुईनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। नाकबाट रगत बगेको देखिए पनि शरीरमा क

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • १,२०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित तीनजना पक्राउ

    सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–४ बसपार्क क्षेत्रमा शनीबार प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। शनीबार दिउँसो १ः४० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट खटिएको संयुक्त टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका दुई जनामाथि चेकजाँच गर्दा लागुऔषध बरामद गरेको हो। प्रहरीले मोरङको केरावारी गाउँपालिका–८ बस्ने २२ वर्षीय लक्ष्मण कट्वाल र २८ वर्षीय गुमानसिंह घोरसानेलाई नियन्त्रणमा लिएको छ। कट्वालले मलद्वारमा च्यापी लुकाइराखेको अवस्थामा ब्राउन सुगर  ३.२३ ग्राम (तीन ग्राम दुई सय

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ८१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमाले लेटाङ अधिवेशनः भण्डारी समूहका उम्मेदवार तेब्बर मतले पराजित, संस्थापन पक्षको ‘क्लिन स्वीप’

    विराटनगर/नेकपा (एमाले) लेटाङ नगर कमिटीको अधिवेशनमा खुलेर लाग्दा संस्थापन पक्षको टिमले क्लिन स्वीप गरेको छ । पछिल्लो समय गुटगत गतिविधिमा सकृय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समूहका नेता विनोद ढकाल लागेपनि संस्थापन पक्ष मौन थियो । तर, गुटगत गतिविधि निश्कृय पार्न यसपटक एमालेको संस्थापन पक्ष खुलेर लाग्दा भण्डारी समूहले लेटाङ नगर अधिवेशनमा लज्जास्पद पराजय व्यहोरेको हो ।  भण्डारी समूहका ढकाल ती नेता हुन् जो बहालबाला केन्द्रीय सदस्य र कोशी प्रदेश सह–इन्चार्जको जिम्मेवारीमा हुँदाहुँदै तल झरेर प्रदेश अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । सो कुरा कार्यकर्ताले नरुचाउँदा उनलाई पराजित गरिदि

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • ५३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिका : सुनसरीकै उत्कृष्ट, प्रदेशमा पाचौँ स्थानमा

    सुनसरी/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८२ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा वराहक्षेत्र नगरपालिका लगातार तेस्रो वर्ष पनि सुनसरीकै उत्कृष्ट पालिका बन्न सफल भएको छ। जिल्लाको कान्छो नगरपालिकाका रूपमा रहेको वराहक्षेत्रले यसपटक १०० मध्ये ८५.७५ अंक प्राप्त गर्दै उपमहानगरपालिका र गाउँपालिकालाई पछि पार्दै पहिलो स्थान हात पारेको हो। प्रदेशस्तरमा भने वराहक्षेत्रले ५औँ स्थान सुरक्षित गरेको छ। इलामको सूर्यदय नगरपालिका (९०.५० अंक) पहिलो, इलाम नगरपालिका दोस्रो, विराटनगर महानगरपालिका तेस्रो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका चौथो र झापाको कन्क

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • १,०८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved