धरान स्कुल सिङ्गिङ च्यालेन्ज : सेमिफाइनलबाट १८ उत्कृष्ट प्रतिभा फाइनलमा

  • भदौ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा जारी “धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८२” (सिजन–२) को सेमिफाइनल शनिबार सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा धमाकेदार रूपमा सम्पन्न भएको छ।

याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा पहिलो अडिसन पार गरेका ३८ जना प्रतिस्पर्धीमध्ये १८ जनाले फाइनलको यात्रा तय गरेका छन्।

फाइनलमा प्रवेश गर्नेहरूमा मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा, लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल लगायत रहेका छन्।

त्यस्तै, बिजयपुर सेकेन्डरी स्कुलका बिबेक बिशुन्खे र मेलिसा बराईली, जेम सेकेन्डरी स्कुलकी जेनिसा राई र प्राप्ति बिक, सहिद स्मृति मा.वि.का बिशोक तामाङ, जेनिथ इङ्लिस बोर्डिङ स्कुलका इस्मान गजमेर, सुनाखरी एकेडेमीका अर्मोन श्रेष्ठ पनि फाइनलमा भिड्ने भएका छन्।

फाइनल सूचीमा थपिएका अन्य प्रतिभामध्ये शिक्षा सन्देश सेकेन्डरी बोर्डिङ स्कुलका अभिषेक रसाईली, किरातेश्वर मा.वि.की समिक्षा बिक, पब्लिक मा.वि. (फुस्रे) का ह्यापिसन लिम्बु, बिष्णु मेमोरियल मा.वि.की सुमेधा घिमिरे, डिपोट सेकेन्डरी स्कुलकी नायुमा राई र प्रज्ञा राई रहेका छन्।

प्रतियोगिताका निर्णायकमा गायक प्राशान्त शर्मा र गायक तथा संगीत प्रशिक्षक बिनायक राई रहेका थिए। आयोजक कम्पनीका अध्यक्ष तिर्थ कार्कीले गायनमा रुचि राख्ने विद्यार्थीलाई योग्य मंच प्रदान गर्दै उनीहरूको प्रतिभा उजागर गर्नु मुख्य उद्देश्य भएको बताए।

फाइनल प्रतियोगिता आगामी भाद्रको तेस्रो हप्तामा हुने छ। विजेताले रु. २५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र, फर्स्ट रनरअपले रु. १५ हजार, सेकेन्ड रनरअपले रु. ७ हजार र थर्ड रनरअपले रु. ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

कार्यक्रमको आकर्षक सञ्चालन आहाना प्रधानले गरेकी थिइन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved