सुटकेसभित्र भेटिएकी महिलाको सनाखत, भारतमा विवाह गरेर बसेकी थिइन्

  • भदौ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुठवलबा गेट नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुवी शाह सुडी हुन्। उनको मूल घर माधवनारायण नगरपालिका–६ हो भने उनले भारतमा विवाह गरेकी थिइन्।

चार वर्षीय छोरा पढाउनका लागि रुवी गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा बस्दै आएकी थिइन्। सुटकेसभित्र कुईनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

नाकबाट रगत बगेको देखिए पनि शरीरमा कुनै चोटपटक नदेखिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकका श्रीमान् पनि भारतबाट नेपाल आइसकेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको हो । गौर नगरपालिका वडा नम्बर ९ पर्ने सो सडकमा शनिबार राती १०ः३० बजे शकास्पद सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजन कार्कीले बताए ।

यस अघि गौर–५ मा छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया र सप्तरीका उपेन्द्र भगतको एक होटलमा शव फेला परेको थियो । यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved