धरान मेघा कलेजका विद्यार्थी फाइभ–स्टार होटेल मेचि क्राउन अवलोकनमा

  • भदौ ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजका कक्षा–११ होटल म्यानेजमेन्टका विद्यार्थीहरूले झापाको धुलाबारीस्थित मेचिनगर–८ मा रहेको फाइभ–स्टार होटेल मेचि क्राउन अवलोकन गरेका छन्।
 
कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार भ्रमणको उद्देश्य विद्यार्थीसँग प्रत्यक्ष रूपमा होटल व्यवस्थापन, हस्पिटालिटी र सञ्चालन प्रणालीबारे व्यवहारिक ज्ञान प्रदान गर्नु थियो।
 
भ्रमणका क्रममा विद्यार्थीहरूले होटलका व्यवस्थापकबाट नेपालकै सबैभन्दा ठूलो क्यासिनो को बारेमा जानकारी पाए। साथै, होटलमा रहेको व्यायामशाला, स्पा, स्वीमिङ पुल, बगैचा, रेस्टुरेन्ट र बारको अवलोकन गरेका थिए।
 
 २०० विद्यार्थी सहभागी उक्त भ्रमणमा सगरमाथा र कन्चनजङ्घा सभाहल, डिलक्स रुम, मेचि क्लब रुम, एक्जेक्युटिभ रुम तथा मेचि सुइट्सजस्ता अत्याधुनिक सुविधा सम्पन्न कोठाहरू समेत अवलोकन गरियो।
 
 भ्रमणपछि विद्यार्थीहरूले स्टार होटलमा हस्पिटालिटी, हाउसकिपिङ, फ्रन्ट अफिस, किचन र सर्भिस प्रणालीबारे विस्तृत जानकारी लिने अवसर पाएको प्रतिक्रिया दिए।
कलेजका प्रिन्सिपल भास्कर पौडेलसहित सञ्चालकहरू दिपक घिमिरे, चन्द्र वनेम, सागर खड्का, प्रभाष राजबंशी, कैलास लिम्बु,जीवन न्यौपाने लगायत भ्रमणमा सहभागी थिए।
 
 megha kaleg
 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved