समाचार

    Showing १११-१२० of १०,४१५ items.
  • भारतबाट चोरबाटो हुँदै ल्याइँदै गरेको ७ हजार ब्रोइलर चल्ला बरामद

    विराटनगर/ भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट चल्ला बरामद गरेको हो । रातको अँध्यारोमा धानखेतको आली समातेर १४ वटा भार बनाएर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको जनाएको छ । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए । सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो । ती कार्टुनमा सात हजारवटा ब्रोइलरका चल्

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५० हजारबाट सुरु भएको तरकारी खेती अहिले वार्षिक ४० लाखको आम्दानी

    सुनसरी/ बराहक्षेत्र -६ श्रीलंका टप्पुका बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । दुई वर्ष  कुवेत बसेर स्वदेश फर्केका बालक कुवेतबाट नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गर्नुभएको उहाँले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नुभएको छ । पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै खेतीमा धान र मकै खेती गरिन्थ्यो । खानका लागि पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो, चन्द्रवंशीले भन्नुभयो, नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन । अहिले

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन वर्षीया बालिका पानी भरिएको भाँडोमा डुबेर मृत्यु

    उर्लाबारी/  मोरङको केराबारी गाउँपालिका –१ पाटीगाउँको तेलेङमा पानी भरिएको भाँडो (फोसी) मा डुबेर तीन वर्षकी बालिकाको मृत्यु भएको छ । केरावारी गाउँपालिका वडा –१ का वडासदस्य टेकबहादुर मगरका अनुसार मङ्गलबार दिउँसो घरमा खेल्नेक्रममा फडिन्द्र मगरकी छोरी दियाना मगरको मृत्यु भएको हो । दिउँसो करिब अढाइ बजेतिर घरमा खेलिरहेकी बालिका चारो पकाउने पानीले भरिएको ठुलो भाँडोमा डुबिरहेको अवस्थामा आमा यमुनाले भेटेपछि यमुनाले वडासदस्यलाई खबर गर्नुभएको थियो । वडासदस्य मगरले बालिकालाई तत्काल धनकुटाको डाँडाबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । तर स्वास्थ्य केन्द्रका चि

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • १३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४ कट्ठा खेतमा कसले छर्कियो विषादी ? धानबाली सुक्यो, किसानले मागे क्षतिपूर्ति

    इनरुवा/ सुनसरीको इनरुवा–९ का देवनारायण मेहताले ठेक्कामा खेती गर्दै आएको खेतमा अज्ञात व्यक्तिले विषादी छर्किँदा धानबाली सुकाएर नष्ट भएको गुनासो गरेका छन्। इनरुवा–२ का वकिल मियाँको जग्गा सात वर्षदेखि ठेक्कामा लिएर खेती गर्दै आएका मेहताले यस वर्ष पनि सोही खेतमा धान रोपेका थिए। तर, नहरको डिलबाट कोही अज्ञात व्यक्तिले विषादी छर्किँदा आफ्नो खेतको सबै धान सुकेर मरेको मेहताले गुनासो गरेका छन्। विगत ३५–४० वर्षदेखि त्यस क्षेत्रमा खेती–किसानी गर्दै आए पनि यस्तो घटना पहिलो पटक भोग्नुपरेको मेहताले बताए। करिब ४ कट्ठा जग्गामा धान खेती गरेको र त्यसबाट २८ देखि ३० मनसम्म धान उत्प

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • १७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किताबी पढाइसँगै सेवाभाव सिकाउँदै हिबिस्कसका विद्यार्थी मन्दिर सरसफाइमा

    धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलअन्तर्गतको हिबिस्कस बाल क्लबले विद्यार्थीलाई पढाइसँगै सामाजिक सेवामा जोड्ने उद्देश्यले मन्दिर परिसरमा सरसफाइ कार्यक्रम  गरेको छ। बाल क्लबले आफ्नो मासिक सरसफाइ अभियानअन्तर्गत मंगलबार धरान–८ स्थित शनि मन्दिर र विश्वकर्मा मन्दिर परिसरमा सरसफाइ गरेको हो। यसअघि क्लबले सडक क्षेत्रलगायत विभिन्न स्थानमा नियमित रूपमा सरसफाइ गर्दै आएको विद्यालयले जनाएको छ। आगामी बिहीबार असोज १ गते विश्वकर्मा पूजा हुने भएकाले उक्त मन्दिरमा भक्तजनको अत्यधिक भीड हुने भएकाले पनि पूजा अगावै मन्दिर क्षेत्र सफा गरिएको विद्यालयका निर्देशक गंगराम कुलुङ राई

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • १५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जन्मदिनमा खीर खुवाएर खुसी बाँडे डम्बरकुमार तुम्बापो, मानव सेवा आश्रममा आश्रितसँग साटे खुसी

    धरान/ जन्मदिनमा हुने फजुल खर्चलाई सामाजिक सेवामा लगाउने उद्देश्यसहित धरानका शिक्षासेवी डम्बरकुमार तुम्बापोले मानव सेवा आश्रममा आश्रित आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा बालबालिकासँग जन्मदिन मनाएका छन्। सुनसरीको धरान–१६ स्थित युएन स्कूलका डाइरेक्टर तथा युएन नवोदय प्लस टु र युएन कलेजका प्रिन्सिपल एवं क्याम्पस प्रमुख तुम्बापोले आफ्नो जन्मदिनको अवसरमा धरानस्थित मानव सेवा आश्रममा आश्रितहरूलाई विशेष भोजनका रूपमा खीर खुवाएका हुन्। आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै आएका तुम्बापोले आश्रमका आश्रितहरूसँग खुसी साट्न पाउँदा आफूलाई विशेष खुसी लागेको बताए। उनका अनुसार हरेक वर्ष राष्ट्रिय बाल

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • १६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा इभी र ट्यांकर ठोक्किँदा दुई जना घाइते, उपचारका लागि धरान पठाइयो

    धरान /धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सेल्फीडाँडामा विद्युतीय गाडी (इभी) र ट्यांकर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । मंगलबार कोशी लोकमार्गअन्तर्गत सेल्फीडाँडामा धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ७५२० नम्बरको ट्यांकर ठोक्किएका हुन् । दुर्घटनामा इभी चालक तेह्रथुमको फेदाप गाउँपालिका–१ का ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुरको पौवादुम्मा गाउँपालिका–३ चम्तामका ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते भएका छन् । प्रहरीका अनुसार मास्केको शरीरका विभिन्न भाग तथा खुट्टामा चोट लागेको छ भने था

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • २७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा स्कुटी रोकेर जाँच गर्दा धरानका दुई जनाको साथमा ब्राउन सुगर

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मुसहरीटोलबाट लागूऔषध ब्राउन सुगर सहित धरानका दुई जना पक्राउ परेका छन्। प्रहरीका अनुसार साेमबार साँझ ५ः३० बजे लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को ३१ प ८८८५ नम्बरको स्कुटीलाई शंका लागेर प्रहरीले रोकेर जाँच गरेको थियो। इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले स्कुटी चालक धरान उपमहानगरपालिका–१७ का २७ वर्षीय हेम राई र पछाडि सवार सोही ठाउँका ४४ वर्षीय जयबहादुर खड्गीलाई खानतलासी गर्दा ब्राउन सुगर  १ ग्राम ३८० मिलिग्राम फेला पारेको हो। प्रहरीले उनीहरूलाई उक्त पदार्थ र स्कुटीसहित नियन्त्रणमा लिएर इलाका प्

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ५०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदयद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो १ लाख १२ हजार १११ रुपैयाँ

    धरान/  सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय कलेजले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १११ रुपैयाँ सहयोग गरेको छ। गत भदौ १० गते भएको अकल्पनीय प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले युएन नवोदय परिवारले उक्त रकम संकलन गरेको हो। विद्यार्थी, शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यालय, +२, कलेज र व्यवस्थापनको संयुक्त पहलमा संकलित रकम सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खातामा जम्मा गरिएको हो। विपत्तिका बेला पीडितको दुःखमा साथ दिनु सामाजिक

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • १६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोटरसाइकलको डिकीभित्र लुकाएर ल्याइएको ब्राउन सुगरसहित ५५ वर्षीय नारायण पक्राउ

    सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिकामा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। हरिनगर गाउँपालिका–६ स्थित भित्री सडकखण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५८ प ८३७२ नम्बरको मोटरसाइकललाई प्रहरीले शंका लागेर जाँच गरेको थियो। प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक हरिनगर गाउँपालिका–५ का ५५ वर्षीय नारायण मेहताको खानतलासी गर्दा मोटरसाइकलको डिकीभित्र कालो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ६ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर फेला पारेको हो। प्रहरीका अनुसार मेहताको साथबाट नेपाली रुपैयाँ २५ हजार ४६५ र भारतीय रुपैयाँ ५५० समेत बरामद भए

    • प्रकाशित मितिः भदौ २९, २०८३
    • १९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved