समाचार

    Showing १,०२१-१,०३० of १०,४१६ items.
  • जेनजी एकताको लागि धरानमा विशाल र्‍याली

    धरान/  विभिन्न समूहमा विभाजित जेनजी अभियानलाई एकताबद्ध बनाउने उद्देश्यसहित जेन-जी युनाइटेड परिवर्तनले आउँदो मंसिर ६ गते शनिबार धरानको भानुचोकमा विशाल कोणसभा गर्ने भएको छ। आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्दै विभाजन अन्त्य गर्ने समय भइसकेको भन्दै सबै जेनजीलाई एउटै मञ्चमा उभिन आह्वान गरिएको छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकता अभियान चलाइरहेको जेन-जी युनाइटेडको टोली बिहिबार धरान आइपुगेको थियो। पत्रकारसँग कुरा गर्दै कोणसभा संयोजक तारा श्रेष्ठले कार्यक्रमलाई उत्साहपूर्ण बनाउन जेन-जी कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गर्ने जानकारी दिए। कार्यक्रम सञ्चालिका सिमा राईक

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ५२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतद्वारा ७० मिटर मोड्युलर पुल हस्तान्तरण

    काठमाडौं/ नेपालमा विपद्पछिको सडक कनेक्टिभिटी द्रुत गतिमा पुनःस्थापना गर्न भारतले फेरि एक महत्वपूर्ण सहयोग गरेको छ। मंसिर ४ गते हेटौँडामा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूतले ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडानका लागि आवश्यक विशेष उपकरणहरु नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हस्तान्तरण गरे। सन् २०२५ को अक्टोबरमा पूर्वी नेपालमा आएको विनाशकारी वर्षा र बाढीले सडक सञ्जाल गम्भीर रुपमा प्रभावित भएपछि नेपाल सरकारले भारतसँग सहयोगको अनुरोध गरेको थियो। त्यसअनुसार भारत सरकारले नेपाललाई अनुदानमा १० वटा ७०–मिटर बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ३१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेमकथामा आधारित ‘लोकन्ती’ को पोस्टर सार्वजनिक

    धरान/  नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मङ्सिर २६ गतेदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ । कुशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको फस्र्ट–लुक पोस्टर पनि सार्वजनिक गरेको छ । कथाको केन्द्रमा परिवार, प्रेम, सङ्घर्ष र समाजका सूक्ष्म संवेदनाहरू छन् । निर्देशक रञ्जित रानाले चलचित्रलाई पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन् । चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिएका छन् । काभ्रे जिल्लाका भू–परिदृश्य र प्राकृतिक वातावरणमा छायाङ्कन गरिएको ‘लोकन्ती’

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ४०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा २५ किलो गाँजासहित मोटरसाइकल फेला, चालक फरार

    धरान/ धरान प्रहरीले गएराति ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध बरामद गरेको छ। धरान–१३, जिरो प्वाइन्ट नजिक अस्थायी प्रहरी चौकी अमरहाटबाट प्रहरी निरीक्षक मनोज कुमार बलको नेतृत्वमा खटिएको टोलीले झण्डै २५ किलोग्राम गाँजा र एक मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबू राईले जानकारी दिए। गएराति करिब ११:३० बजे शंकास्पद रूपमा सामान बोक्दै गरेको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेपछि चालक फरार बनेको थियो। फरार भएको मोटरसाइकललाई अमरहाट र तीनकुनेबाट खटिएको प्रहरी प्रमुख युवराज दाहालको टोलीले पछ्याउँदै धरान–तरहरा सिमाना पानीपिया नजिक सडकछेउमा को ११ प ४६३५ 

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ४७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजि आन्दोलनका क्रममा आगजनी–तोडफोडमा संलग्न २९ जना पक्राउ

    झापा/  झापामा भदौ २४ गते जेनजि आन्दोलनका क्रममा प्रहरी कार्यालयमाथि भएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेका २९ जनालाई प्रहरीले  पक्राउ गरेको छ। तीमध्ये बिर्तामोडबाट १६ जना र दमक क्षेत्रबाट १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। अस्थायी प्रहरी चौकी गरामनीमा आगजनी तथा तोडफोड गरेको आरोपमा बिर्तामोड–८ गरामनीका ३६ वर्षीय गङ्गाराम लिम्बू र बिर्तामोड–७ मुसहर डाँडाका १९ वर्षीय सेशेहाङ इङ्नाम लिम्बूलाई प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ। दुवैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। यसअघि पनि बिर्तामोड प्रहरीले छ

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ३१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजमार्गमा चेकजाँचका क्रममा ब्राउनसुगरसहित एक पक्राउ

    झापा/ झापा गाउँपालिका–५ पन्थापडाका करिब २० वर्षीय अडसाद अली लागूऔषधसहित पक्राउ परेका छन्। बुधबार साँझ करिब ७:२८ बजे जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनको साथबाट ब्राउनसुगर फेला पारेको हो। विशेष सूचनाको आधारमा बाह्रदशी–३ राजगढबाट चारपानेतर्फ जाँदै गरेको मोटरसाइकल (मे ८ प ८१४०) रोकेर चेकजाँच गर्दा ५ थान प्लास्टिकको पोका सहित जम्मा ६३.०२० ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले अडसाद अलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।  

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ३७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलनका क्रममा लुटिएका दुई हतियार बरामद, एक युवक पक्राउ

    झापा/ जेन जि आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुई थान हतियार पाँचथरको ओडारभित्र लुकाएको अवस्थामा फेला परेका छन्। विशेष सुराकीका आधारमा प्रहरीले मङ्सिर २ गते दिउँसो १:३० बजेतिर दमक–६ बाट एक युवकलाई पक्राउ गरेपछि हतियारको ठेगाना खुलेको हो। पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे लामागाउँका २२ वर्षीय सुशिल फियाक (लिम्बु) रहेका छन्। प्रारम्भिक सोधपुछमा फियाकले Gen-Z आन्दोलन पछि दमकबाट लुटिएको हतियार आफ्नै गाउँस्थित ओडारभित्र लुकाएर राखेको स्वीकृति दिएका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्र.नि. नबिन राईको कमाण्डमा प्रहरी

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • ३१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागूऔषध सेवन गरी सवारी चलाउने ८ चालक–सहचालक पक्राउ

    सुनसरी/  इटहरी उपमहानगरपालिका–२०, तरहरामा नियमित चेकजाँचका क्रममा लागूऔषध सेवन गरी सवारी चलाउने ८ जना चालक तथा सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। बुधबार (मिति २०८२।०८।०२) नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय इटहरी र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाबाट खटिएको संयुक्त टोलीले सवारी साधन रोकेर परीक्षण गर्दा उनीहरूबाट लागूऔषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्मानित सुनसरी जिल्ला अदालतबाट&

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • ४१३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ललित अम्बर डिपो कपको २०औँ संस्करण आउँदो मंसिर २५ देखि सुरू

    धरान/ डिपो माध्यमिक विद्यालयद्वारा संचालन हुँदै आएको नेपालकै पहिलो यु–१२ अन्तर–स्कुल फुटबल प्रतियोगिता ‘ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप’को २०औँ संस्करण आगामी मंसिर २५ गतेदेखि सुरु हुने भएको छ।डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको २०औँ सत्र घोषणा गरेको हो। स्कुलले यो प्रतियोगिता २०६२ सालदेखि निरन्तर गर्दै आएको छ।कक्षा ५ सम्मका १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको प्रतियोगिताबारे जानकारी दिँदै खेल संयोजक खड्ग शम्सेर लिम्बुले भने, “डिपो कप बालबालिकाको फुटबल प्रतिभा पहिचान गर्ने, विद्यालयबीच सद्भाव बढाउने र ग्रास&nda

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • ५०५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका ५२ वर्षीय गोबिन्द तामाङ ब्राउनसुगरसहित पक्राउ

    सुनसरी/  विशेष सूचनाका आधारमा गरिएको प्रहरीले चेकजाँचमा ईनरुवामा ठूलो परिमाणको ब्राउनसुगर बरामद गरेको छ। मंगलवार दिउँसो १२:१५ बजेतिर ईनरुवा नगरपालिका–४ बसचौक नजिक लागू औषध ओसारपसार भइरहेको भन्ने गोप्य जानकारीपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्क ईनरुवाबाट खटिएका प्रहरी टोलीले चिरौलीतर्फबाट आउँदै गरेको प्र १–०२–०५६ प ८२०५ नं. को स्कुटी रोकेर चेकजाँच गरेको हो। स्कुटी चालक इटहरी उपमहानगरपालिका–२० निवासी ५२ वर्षीय गोबिन्द तामाङको खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको ८.८९ ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जना

    • प्रकाशित मितिः मंसिर ३, २०८२
    • ४०४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved