मनोरञ्जन

    Showing 41-50 of 264 items.
  • टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन

    विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् । उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे । त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे । व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट काटेर नै यस्ता आयोजनाहरु अवलोकन गर्नुपर्छ भन्ने विराटनगरबासीलाई सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नु भएको हो ।” मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले

    • प्रकाशित मितिः पुष १२, २०८०
    • 236 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ आज देखि

    विराटनगर/ विराटनगर–२ शंकरपुरमा लाग्ने एक्स्पोको  आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुने आयोजकले बताएको छ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एक्सपोमा जर्मन प्रविधिमा निर्मित हेंगरमा २४० वटा स्टल रहने ब्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।आर्थिक शिथिलतालाई चलायमान बनाउने भन्दै संघले आयोजना गरेको एक्स्पो ११ दिनसम्म सञ्चालन हुनेछ । मेला आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुम

    • प्रकाशित मितिः पुष ६, २०८०
    • 307 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिङ्गोको गोलमाल रकम गुपचुप बन्दै

    इलाम/ असोज २८ देखि मङ्सिर ८ सम्म इलाममा खेलाइएको बिङ्गो (हाउजी) खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको छ । इलाम नगर प्रतिष्ठानको आयोजनामा ४१ दिन सञ्चालन भएको खेलको गोलमाल भएको हिसाब गुपचुप बनेको हो । खेल सम्पन्न भए पश्चात् सार्वजनिक भएको हिसाबको पारदर्शिता गर्ने भन्दै दोस्रो पटक पत्रकार सम्मेलन गरे पनि हिसाब देखाउन नसकेको समितिले अहिले हिसाब गुपचुप बनाउन थालेको हो । दोस्रो पटक गरिएको पत्रकार सम्मेलनमा दैनिक हिसाब देखाउन नसके पछि पुनः हिसाब सार्वजनिक गर्ने भनेको आयोजक अहिले चुपचाप छ । आयोजकले नै दैनिक हिसाब तत्काल सार्वजनिक गर्ने भने पनि दुई हप्ता सम्म पनि हिसाब नदेखाउनु गुपचुप बनाउन खोजेक

    • प्रकाशित मितिः पुष ५, २०८०
    • 280 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोपोन्मुख वन्यजन्तु र चरा अध्ययनको गन्तव्य कैयाकट्टा

    इलाम/ घना जंगलको बीचमा स्थानीय कच्चा पदार्थले बनाइएका ५ वटा घर छन् । ५ घरमा परिवार संख्या ३ मात्रै छ । घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन् । नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ । घरमा चिया नास्ता, खाना र पर्यटक बस्नका लागि सुविधा पनि छ । पहिलोपटक कैयाकट्टा पुग्ने जो कोहीको मनमा लाग्न सक्छ यो जंगलको बीचमा को आइपुग्ला ? जंगलको बीचमा भालुले पशु चौपाया मात्रै हैन मान्छे नै खान्छ होला कसरी बसेको ? तर यहाँ पुगेर चियाको चुस्की लिँदै स्थानीयको भनाइ सुनेपछि थाहा हुन्छ कैयाकट्टाको महत्व । कैयाकट्टामा विश्वभरका वन्य

    • प्रकाशित मितिः पुष ४, २०८०
    • 306 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पोको अन्तिम तयारीमा आयोजक

    विराटनगर/  विराटनगर स्थित विराट नर्सिङ होमपूर्व शंकरपुर मार्गमा हुन गईरहेको मोरङ व्यपार संघ एक्स्पो २०८० को सम्पुर्ण स्टलहरु बिक्री भएको आयोजकले जनाएको छ । एक्स्पोको लागि यसअघि तय भएको २ सय ५० वटै स्टलहरु बिक्री भएपछि २५ स्टल थप भएको आयोजक मोरङ व्यपार संघका अध्यक्ष नविन रिजालले बताए । एक्स्पोका लागि बनाईएका स्टलहरु नेपाल, भारत, पाकितान र बंगलादेशका उद्योगी तथा व्यपारीहरुले खरिद गरेका छन् । प्रत्येक वर्ष विराटनगरमा लाग्ने मोरङ व्यपार संघ एक्स्पो यस पटक पुस ६ गते देखि सुरु भएर १६ गते समापन हुनेछ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मोरङ व्यपार संघ एक्स्पोलाई अझै

    • प्रकाशित मितिः पुष ४, २०८०
    • 340 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनड्राइभको अल्टरनेटिभा फिल्म अवार्ड्समा “नेटिभा अवार्ड”

    धरान/ नेपालका राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित नेपाली फिल्म ‘नो विन्टर होलिडेज’ (२०२३) लाई नेटिभा अवार्ड प्रदान गरिएको छ । जहिल्यै एक–अर्कासँग झगडा गर्दै बस्ने दुस्मनहरु कसरि हिउँले घेरिएको गाउँमा सँगै बस्न बाध्य छन् भनेर यस वृत्तचित्रमा देखाइएको छ । वृतचित्रको बारेमा प्रशंसा गर्दै जूरीले भनेका छन्, “यो वृत्तचित्रले तपाइलाई एक रोमान्चक संसार तर्फ यात्रा गराउँछ । थोरै शब्दहरू, लामो शटहरू, र मौसम परिवर्तनका सुन्दर दृश्यहरुले यसलाई काल्पनिक भन्दा पनि अनौठो सत्य कथा जस्तै बनाएका छन् । नो विन्टर होलिडेज सांस्कृतिक रूपमा आलोचनात्मक र स्पष्ट रूपमा सुन्दर छ ।&rsq

    • प्रकाशित मितिः मंसिर २६, २०८०
    • 240 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुईदिने धरान म्युजिक फेस्ट सम्पन्न दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

    धरान/  लामो समय सुस्ताएको धरानको साङ्गीतिक चहलपहल ‘धरान म्युजिक फेस्ट’ सँगै पुनः जुर्मुराएको छ । मङ्सिर १५ र १६ गते दुई दिन धरानको पब्लिक हाइस्कुलको खेल मैदानमा आयोजित ‘म्युजिक फेस्ट’ मा धरान गुञ्जायमान बन्यो । धरानको सांगीतिक माहोललाई तताउँदै दर्शकहरुको बाक्लो उपस्थितिमा भव्य रुपमा सम्पन्न ‘धरान म्युजिक फेस्ट’ धरानका उदाउँदो प्रतिभालाई ठूलो ‘प्लेटफर्म’ दिन र पूर्ण मनोरन्जनका प्रदान गर्न आयोजना गरिएको आयोजक सिल्भर इन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए । सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको ‘धरान म्युजिक फेस्ट

    • प्रकाशित मितिः मंसिर १९, २०८०
    • 289 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अंग्रेजी नयाँ वर्षमा ‘मोरङ व्यापार संघ एक्स्पो’ हुने

    विराटनगर/  विराटनगरमा आगामी पुस ६ गतेदेखि १६ गतेसम्म ‘मोरङ व्यापार संघ एक्स्पो २०२३’ आयोजना हुने भएको छ । मोरङ व्यापार संघको आयोजनामा अन्तराष्ट्रिय स्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गरिने तय भएको हो । ‘नेपाल व्यापार रणनीति अन्तर्गत पहिचान गरिएका प्रदेशका उत्पादन, अन्तर प्रादेशिक व्यापार संभावना उत्पादन र सेवाहरुको अन्तराष्ट्रिय बजार विस्तारको लक्ष्य राखिएको छ’ एक्स्पो आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘आर्थिक गतिविधि शिथिल भईरहेको बेला एउटा उर्जा दिने अपेक्षा राखेका छौं, स्वदेशी र विदेशी उत्पादनहरुको व्यापार आकर्षण बढा

    • प्रकाशित मितिः मंसिर १२, २०८०
    • 274 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गजुरमुखी धाममा पुर्णिमा मेला शुरु

    इलाम । इलामको धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा (कात्तिके पूर्णीमा) मेला लाग्न थालेको छ । कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल बढेको छ । धाम आसपासमा हस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पा लगायतको बाटो हुँदै आउनेहरुको क्रम सुरु भएको छ । मेलाको अवसरमा आयोजित गजुर

    • प्रकाशित मितिः मंसिर ११, २०८०
    • 275 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिउँदे पर्यटक चरा नेपाल आउने थाले

    सुनसरी/  जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ । कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमा झैँ झुण्डझुण्डमा आउने चराको संख्यामा भने कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । गौतमका अनुसार ‘गत वर्ष कोशीमा मात्र ५३ प्रजातिका सात हजार पाँच सयभन्दा बढी चरा नेपाल आएको तथ्याङ्क रहेको छ । वि

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 247 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved