गजुरमुखी धाममा पुर्णिमा मेला शुरु

  • मंसिर ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम । इलामको धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा (कात्तिके पूर्णीमा) मेला लाग्न थालेको छ ।

कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ सुरु भएको हो । मेलाको पहिलो दिन बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल बढेको छ ।

धाम आसपासमा हस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् । गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पा लगायतको बाटो हुँदै आउनेहरुको क्रम सुरु भएको छ ।

मेलाको अवसरमा आयोजित गजुरमुखी धाम गोल्डकप समेत भइरहेको छ । मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन, र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । साँस्कृतिक कार्यक्रममा द भ्वाइस अफ नेपाल सिजन–४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन–५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बू लगायत कलाकारहरुको प्रस्तुती रहनेछ ।

गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा सुरु भएको मेला मंगलबारसम्म लाग्ने आयोजकले जनाएको छ । गजरमुखी धाममा दर्शन गर्नाले मनोकाक्षां पूरा हुने धार्मिक विश्वास छ । धाममा नेपालको विभिन्न भूभागसँगै भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, कालेङबुङ,

आसामलगायत स्थानबाट भक्तजनहरु आउने गरेका छन् । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले संयौको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

गजुरमुखी धाम पुग्न इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर सडक यात्रा गनुपर्छ । मेची लोकमार्ग अन्तरगत नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ ।

झापाको दमकबाट माङसेबुङ–चतुरे–इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ । वर्षाको समयमा कच्ची सडकमा केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन । जिल्लाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका आगन्तुकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।

इलामको पश्चिमी क्षेत्रमा रहेको गजुरमुखी धार्मिक तथा पर्यटकिय हिसावले उत्कृष्ठ गन्तब्य मानिन्छ । दैनिक सयौँ भक्तनहरु जाने गरेका भएपनि यहाँ पुग्ने पक्की सडक र भौतिक पुर्वाधारको कमी हुँदा भक्तजनहरुलाइ समस्या हुने गरेको छ ।

धार्मिक तथा पर्यटकिय स्थल गजुरमुखी इलाम जिल्लाको माङसेबुङ गाउँपालिकामा पर्दछ । चार खोलाको जिल्लाले परिचित इलाम चार माई मध्ये देउमाईको किनारामा पर्दछ गजुरमुखी । बागबिर लिम्बूले गजुरमुखीको पत्ता लगाएको र गजरामुखीबाट गजुरमुखी नामाकरण भएको पाइन्छ ।

यसको उत्पती करिव २ सय ५० वर्ष अगाडी भएको किम्वंदन्ती छ । गजुरमुखी धाम पुगेर जे मागो त्यही पुरा हुने विश्वासले पटक पटक दर्शन गर्न आउने गरेको मन्दिरका पुजारीको भनाइ छ ।

पानबारी गोल्डकपः सेम ...

धरान /धरानको पानबारीमा भइरहेको पानबारी गोल्डकपको स ...

तेस्रो कोशी कराते च् ...

धरान/ धरान–१२ स्थित सुनाखरी एकेडेमिका बिद्या ...

पव्लिक माविलाई प्रेम ...

धरान/ पव्लिक मावि धरानमा २०१३ सालमा एसएलसी दिएका प ...

धरानमा मदिराजन्य वस् ...

धरान/ धरानका विभिन्न सार्वजनिक स्थलहरूमा राखिएका म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved