खेलकुद

    Showing 131-140 of 365 items.
  • व्याडमिन्टन संघमा हुकुम थेवे

    इलाम /  जिल्ला व्याडमिण्टन संंघ इलामको प्रथम अधिवेशनले हुकुम थेवेको अध्यक्षतामा १५ सदस्य नयाँ जिल्ला कार्य समिति चयन गदै इलामका सम्पन्न भएको छ । समितिको उपाध्यक्षमा क्रमश प्रेम सुब्बा, देवेन्द्र मुखिया, थेवा तामाङ्ग र निरोज ढकाल रहेका छन् समितिको सचिव हेमराज ढकाल, कोषाध्यक्ष राजन दाहाल सदस्यहरुमा गणेश गुरुङ्ग, कुबेर राई, बलराम बराइली, राजन श्रेष्ठ, सन्देश राई, सुमन काफ्ले, सुलुचना भक्तराज, पुष्कर बुर्जा लगायत रहेका छन् । कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा जिल्ला ब्याडमिण्डन संघको जिल्ला अध्यक्ष सुवास चिपालुको अध्यक्षतामा सम्पन्न भएको थियो । भन

    • प्रकाशित मितिः चैत्र ७, २०७९
    • 303 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विसिसिए नेपाललाई

    मोरङ /  विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ । ३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गरि २–१ ले श्रृखलामा विसिसिएले कब्जा गरेको हो । पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको विसिसिए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अव मंगलबार ३० ओभरको एक खेल खेल्न बाकी रहेको छ ।नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनग

    • प्रकाशित मितिः चैत्र ७, २०७९
    • 343 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी गोल्डकपमा मच्छिन्द्रको सहज जित

    सुनसरी /  ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले १३ औ संस्करणको कन्टोल इटहरी गोल्डकपमा सहज जीत हात पारेको छ । इटहरी रंगशालामा सोमबार सम्पन्न खेलमा पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । मच्छिन्द्रको जीतमा कप्तान अफिज ओलावालले ह्याटिक सहित ४ गोल गरे । अर्को गोल बिजय भुजेलले गरे । पहिलो गोल ३९ औ मिनेटमा गरेका ओलावालले ६१, ६६ र ८८ औ मिनेटमा गोल गर्दै आफ्नो गोल संख्या ४ पुर्याए । त्यसअघि बिजय भुजेलले ६४ औ मिनेट गोल गरेका थिए । कञ्चनजंघाका अनिश राईले २ गोल गरेपनि हार टार्न सकेनन् । खेलको १५ औ मिने

    • प्रकाशित मितिः चैत्र ७, २०७९
    • 345 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महिला क्रिकेटमा नेपालको विजयी सुरुवात

    मोरङ / प्रथम रेडमण्ड इन्डो – नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) विजयी शुरुवात गरेको छ । विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो । भारतिय टोलीकालागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाईन । नेपालकी अन्त

    • प्रकाशित मितिः चैत्र ५, २०७९
    • 417 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालले ३५.३ ओभरमा५ विकेट गुमाउँदै २०० रन पूरा

    काठमाडौं / खराब सुरूआत गरेको नेपालले मध्यक्रमका ब्याटरले सम्हालिएर प्रदर्शन गरेपछि २०० रन पूरा गरेको छ। नेपालले ३५।३ ओभरमा महत्वपूर्ण ५ विकेट गुमाउँदै २०० रन पूरा गरेको हो। नेपालका लागि भीम सार्की र कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन्। भुर्तेल ५० रन बनाएर आउट हुँदा सार्कीले ६७ रन बनाए। ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका भुर्तेलको पाँचौ एकदिवसीय अर्धशतक बनाउँदै आउट भए। भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । ६० बलमा अर्धशतक पूरा गरेका सार्कीले ९ चौकासहित ६७ रन बनाए। उनले आरिफ शेखसँग ८३ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। शेखले ४१ रन

    • प्रकाशित मितिः चैत्र २, २०७९
    • 383 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाललाई युएईले दियो ३११ रनको बिशाल लक्ष्य

    काठमाडौं / आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा युएईले जितका लागि नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। युएईका आशिफ खानले कीर्तिमानी सतक प्रहार गरे। मात्र ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै वृत्य अरबिन्दले ९४ रन बनाएर आउट भए।। साभार : सेताे पाटि

    • प्रकाशित मितिः चैत्र २, २०७९
    • 392 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ह्वीलचियर रनमा चौधरी प्रथम

    सुनसरी / कोशी प्रदेशस्तरीय ह्वीलचियर रन प्रतियोगितामा विष्णुकान्त चौधरी प्रथम भएका छन् । १५ औं अन्तराष्टिय ह्वीलचियर दिवशको अवसरमा अपांगता भएकाहरुको संस्था स्पाइनल इन्जुरी संघ कोशी प्रदेशले इटहरीमा गरेको प्रतियोगितामा पुरुषतर्फ चौधरी प्रथम भएका हुन् । चौधरीले निर्धारित ८ सय मिटरको दुरी २ मिनेट ४२ सेकेण्डमा पूरा गरे । दोस्रो भएका प्रज्वल लिम्बुले २ मिटेट ४६ सेकेण्ड र तृतीय भएका सन्देश चौधरीले २ मिनेट ४७ सेकेण्डमा दुरी पूरा गरेका थिए । महिलातर्फ ३ मिनेट २७ सेकेण्डमा दूरी पुरा गरेकी जानुका तामाङ्ग प्रथम भइन् । ४ मिनेटमा दुरी पार गरेकी चन्द्रिका सरदार दोस्रो र ४ मिनेट २५ सेकेण्डमा दूरी पुरा

    • प्रकाशित मितिः चैत्र २, २०७९
    • 315 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिल्स गोल्डकप धु्रवतारा क्लब झापा सेमिफाइनलमा

    मोरङ /  तेस्रो संस्करणको मिल्स गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा झापाको ध्रुवतारा स्पोर्टिङ क्लब विजयी भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा सडेन डेथको आधारमा झापाले सुनसरीको शान्तिनगर फुटबल क्लबलाई १०–९ गोल अन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयसम्म २÷२ गोलको खेल बराबरी भएपछि खेल ट्राइब्रेकरबाट जितको छिनोफानो भएको थियो ।जितको लागि झापाको तर्फबाट रोशन धिमाल, निश्चल बोहरा, प्रविण राई, रोशन तामाङ्ग, ओमप्रकाश तामाङ्ग, राजन धिमाल, निश्चल बस्नेत, रोशन धिमाल, बिक्रम राई र आयूष लिम्बुले गोल गरेका थिए । झापाका सन्देश केसी गो

    • प्रकाशित मितिः फाल्गुन २८, २०७९
    • 321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुलिस हराइजनको फाइनलमा प्रवेश

    धरान / नेपाल पुलिस क्लब सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित बास्केटबल कोर्टमा विहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का बिरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो । घरेलु टिमबिरुद्ध जित निकाल्न ब्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद २ हजार पाए । पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौ र बिभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमीफाइनल बिजेतास“ग शनिबार पतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजा

    • प्रकाशित मितिः फाल्गुन २६, २०७९
    • 268 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साताै राष्ट्रिय होराइजन कप विभागीय टिम पुलिस सेमी फाइनलमा

    धरान / विभागीय टिम नेपाल पुलिस क्लब काठमाण्डाै सातौँ संस्करणको राष्ट्रिय होराइजन रनिङकप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित हराइजन बास्केटबल कोर्टमा सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा होलिल्याण्ड इन्टरनेशनल कलेज धरानमाथी ४६ का बिरुद्ध ९९ स्कोरको सहज जित दर्ता गर्दै पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पुलिसलाई विजयी गराउन ब्यक्तिगत १८ स्कोर गरेका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद १ हजार ५ सय पाए । पुलिसले अब सेमिफाइनलमा आगामी बिहिबार आयोजक हराइजन क्लबसंग प्रतिष्पर्धा गर्नेछ । आयोजकले आइतबार भएको उद्धघाटन खेलमा ज्याकवट क्लब झापालाई ४४ का

    • प्रकाशित मितिः फाल्गुन २३, २०७९
    • 308 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved