राजनीति

    Showing 21-30 of 1,222 items.
  • इलाम-२ उपनिर्वाचन: एमालेका उम्मेदवार सुहाङले गरे मतदान

    इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान सुरु भएको छ । विहान ७ बजे सुरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ । उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् । यसैबीच नेकपा एमालेका उम्मेदवार सुुहाङ नेम्वाङ र काङ्ग्रेसका डम्बर खड्काले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र ‘ग’ बाट मत हालेका छन् । बिहान ७ बजेर २५ मिनेटमा मत हालेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयको &lsquo

    • प्रकाशित मितिः बैशाख १५, २०८१
    • 198 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल खानेपानीलाई वजेट छुट्याउन खानेपानी मन्त्रीलाई ध्यानाकर्षण पत्र

    ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले भरौल खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक वजेट व्यवस्था गरिदिन संघिय खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग अनुरोध गरेकाछन् । शुक्रबार मन्त्री राईलाई भेटेर बराहक्षेत्र नगरपालिका वडा नम्बर ३, ४ र ५ मा सञ्चालित आयोजना आर्थिक अभावकै कारण प्रभावित भएकाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक वजेटमा समावेश गरिदिन प्रदेशसभा सदस्य राईले संघिय मन्त्री समक्ष अनुरोध गरेको हो । २१ करोड २९ लाख ९८ हजार ९ सय ८२ रुपैया १४ पैसा कुल अनुमाति लागत रहेको आयोजनाले २८ हजार ७ सय ७९ जनताको खानेपानी समस्यालाई समाधान गर्नेछ । खानेपानी मन्त्री राजेन्द्रकुमार रा

    • प्रकाशित मितिः बैशाख १४, २०८१
    • 445 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दलित समुदायका पेशाकर्मीलाई औजार वितरण

    धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन्न दलित समुदायका पेशाकर्मीलाई धरान उपमहानगरपालिकाले औजार वितरण गरेको छ । उपमहानगरपालिका परिषरमा विहिबार एक कार्यक्रमको आयोजना गरि औजार सामग्री वितरण गरेको हो । उपमहानगरको दलित लक्षित कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट औजार सामग्री वितरण गरिएको कार्यपालिका सदस्य दिनेश गजमेरले बताए । उनका अनुसार करिब १ लाख ७५ हजार रुपैया बराबरको सामग्री वितरण गरिएको छ । अघिल्लो वर्ष १० वटा वडाका १० जनालाई वितरण गरिएको थियो भने यस वर्ष बाँकी रहेका १० वटा वडाका १० जनालाई वितरण गरिएको छ । कार्यक्रम तिन जनालाई जुत्ता सिलाउने मेशिन, एक जनालाई खुकुरी टल्काउने

    • प्रकाशित मितिः बैशाख १४, २०८१
    • 211 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘इलेक्सन टुरिस्ट’ ले इलामका होटल भरिभराउ

    इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ को उपनिर्वाचन नजिकिएसँगै ‘इलेक्सन टुरिस्ट’ खचाखच भएका छन् । मतदाता नै नभएका व्यक्ति जिल्लाबाहिरबाट हुलका हुल आउन थालेपछि इलामका होटल भरिँदैछन् । निर्वाचन अभियानमा आउनेहरूका कारण अहिले जिल्लाको आर्थिक अवस्था ‘अत्यन्त’ चलायमान भएको छ । पर्यटनको मुख्य सिजनमै उपनिर्वाचन पनि हुने भएपछि इलाम आउनेको संख्या बढेको छ । अहिले उपनिर्वाचनका लागि दल र उम्मेदवार चुनावी घरदैलो, आमसभा, मतदातासँग भेटघाटमा व्यस्त छन् । धेरैजसो दलका शीर्ष नेता, कार्यकर्ता, सहयोगी, उम्मेदवारका अभियन्तालगायत इलाम बजार र गाउँ–गाउँ पुगिरहेका छन्

    • प्रकाशित मितिः बैशाख १४, २०८१
    • 107 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मतदान केन्द्रमा पठाइयो कर्मचारी

    इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन मात्रै बाँकी छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदानमा खटिने कर्मचारीहरूलाई निर्वाचन सामग्रीहरू बुझाएको छ । कार्यालयले मङ्गलबार टाढा जाने कर्मचारीहरूलाई प्राथमिकता दिँदै कर्मचारीको सेवा सुविधासहित निर्वाचन सामग्री दिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सामग्रीसहित पठाउन थालिएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार बेलुकासम्ममा इलाम–२ का ७९ मतदान स्थलमा रहेका एक सय ४९ केन्द्रमा सबै कर्मचारी पुगी सक्ने जनाएको छ । मतदान अधिकृत र कर्मचारीले सियोदेखि मतपेटिकासम्मका ४० साम

    • प्रकाशित मितिः बैशाख १२, २०८१
    • 137 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको खानेपानी योजनाको लागि एमाले द्वारा खानेपानी मन्त्री सङ छलफल

    ललितपुर/धरानले वर्षौँदेखि झेलिरहेको खानेपानी समस्यालाई दिर्घकालीन समाधानका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईसंग जनप्रतिनिधि तथा नेकपा (एमाले) नेतृत्वले सघन छलफल गरेकोछ ।  छलफलमा धरान खानेपानी योजनाका लागि आगामी योजना २०८१/०८२ मा एडिविको सहयोगमा काम प्रारम्भ हुने भएकोछ ।  उक्त योजनाले नसक्ने योजनाहरू जस्तै ठिंगाबारी खानेपानी धरान५, पानबारी खानेपानी धरान ६, शिवधारा खानेपानी धरान १३, ढाडे तेलनपुर खानेपानी धरान ४, देउराली खानेपानी धरान ५, पटनाली खानेपानी धरान १७ लाई समेत प्राथमिकतामा राख्नेगरी मन्त्री राईसंग छलफल भएकोछ । मन्त्री राईसंगको छलफलमा कोशी प्रदेशसभा सदस्य विजयकु

    • प्रकाशित मितिः बैशाख ११, २०८१
    • 323 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शुल्क मापदण्ड विपरित इटहरीका निजी स्कूल

    इटहरी/ स्थानीय सरकारले ल्याएको शुल्क मापदण्ड पालना नगरि इटहरीका निजी विद्यालयले मनलाग्दी शुल्क लिने भएका छन् । वैशाख ७ गते निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एशोसियसन इटहरीद्दारा विद्यालयमा गरिएको सकुर्लर अनुसार शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचना अनुसार नै लिने उल्लेख गरिएको छ । उपमहाननगरपालिकाले भने विगतभन्दा कपितय विद्यालयले अनावश्यक शुल्क बढाएर शैक्षिक सत्र सुरु हुनुअघि नै प्रस्ताव पेस गरेको जनाएको थियो । इटहरी उपमहानगरपालिका शिक्षा सुधार गर्ने २७ बुँदे संकल्प पत्र सार्वजनिक गर्दै २०८१ लाई शैक्षिक सुधार वर्षको रुपमा लिएर अयिभान सञ्चालन गरे

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • 201 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा दलहरुको प्रतिष्ठाको लडाई शीर्ष नेताहरुको लावालस्कर

    विराटनगर/ इलाम क्षेत्र नम्बर २ मा यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । उपनिर्वाचनका लागि १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा १२ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन नजिक आउँदै गर्दा दलका केन्द्रीय नेताहरू इलाम केन्द्रित भइरहेका छन् । उपनिर्वाचनको लागि कांग्रेसका अधिकांश शीर्ष नेताहरू इलाम केन्द्रित भएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ र दुवै महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा इलाम आउँदै जाँदै गरेका छन् । थापा चैत ३० गते इलामको गजुरमुखी, एकतप्पालगायतको क्षेत्रमा डम्बर खड्काको चुनावीसभा र घरदैलोमा सहभागी भ

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • 178 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको विकासको जिम्मा सुहाङ्गले लिन्छ, सुहाङ्गको जिम्मा म लिन्छु, :ओली

    इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्गुननन्दलाई राष्ट्रिय विभूति एमालेले बनाएको तर अहिले केही मानिसहरूले एमाले फाल्गुनन्द विरोधी भनेर भ्रम फैलाउन लागेको बताए । इलाम क्षेत्र नम्बर -२ मा भएको चुनावी सभामा बोल्दै उनले भने,‘ हामी फाल्गनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्द विरोधी भन्ने रु उनले माङ्सेबुङ्गमा गएर यस अघि गरेको भाषण सम्झँदै भने, हामीले जे जे भनेका छौ त्यो पुरा गर्न हामी अहिले पनि लागिरहेका छौ । उनले नेकपा एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको र सो संविधानमा विभिन्न भाषा सस्कृतीका कुरा संविधानमा आफूहरूले लेखेको दाबी गरे । उनले भ

    • प्रकाशित मितिः बैशाख ६, २०८१
    • 263 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दश प्रतिशत कमाई बुवा–आमालाई : मन्त्री चौधरी

    सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुवा आमाका लागि खर्च गर्नुपर्ने बताएकीछिन् । सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भनिन्, ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबु आमाका लागि खर्च गर्नुपर्छ ।’ ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताईन् । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको स

    • प्रकाशित मितिः बैशाख ५, २०८१
    • 133 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved