दश प्रतिशत कमाई बुवा–आमालाई : मन्त्री चौधरी

  • वैशाख ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुवा आमाका लागि खर्च गर्नुपर्ने बताएकीछिन् ।

सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले भनिन्, ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाबु आमाका लागि खर्च गर्नुपर्छ ।’

ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताईन् । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उनले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गरिन् ।

त्यस्तै अपंगता भएका व्यक्तिको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताईन । त्यस्तै कतिपय अपाङ्गता भएका व्यक्तिको अवस्था एकदमै दयनीय रहेको भन्दै उनले पूर्ण अपाङ्गता भएका व्यक्तिको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताईन ।

राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको मन्त्री चौधरीले बताउदै मुलुकका हरेक वर्गको पक्षमा सरकारले काम गर्ने बताईन । उनले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको बताईन ।

उनले भनिन्, ‘अत्यन्तै मानव संवेदनशील मन्त्रालयको जिम्मेवारीमा सम्हालिरहेको छु ।

जसले ५१ प्रतिशत महिला, ८.१३ प्रतिशत ज्येष्ठ नागरिक, ११ प्रतिशत रहेको बालबालिका, अपाङ्गता भएका व्यक्तिको जनसंख्या २.२ प्रतिशत जनसंख्या रहेको वर्गको पक्षमा काम गर्नुपर्ने छु, ‘समग्रमा महिला मन्त्रालयले गर्नुपर्ने काम धेरै छ ।

जनसंख्याको हिसाबले पनि ठुलो हिस्सा ओगट्छ । तर यस क्षेत्रमा काम गर्नका लागि पर्याप्त बजेट छैन ।

तर पनि मैले दिइएको स्रोतसाधनलाई बढीभन्दा बढी सकारात्मक कामका पक्षमा प्रयोग गर्ने योजनामा छु ।’

महिला मन्त्रालय अन्तर्गत रहेको समाज कल्याण परिषद् अन्तर्गत धेरै गैर सरकारी संस्था रहने व्यवस्था रहेको भन्दै उनले ती संघ संस्थाले पछाडि परेका, सीमान्तकृत, समाजमा आर्थिक, सामाजिक रूपमा पछाडि परेका वर्गको पक्षमा काम गर्दै आएको बताईन ।

आगामी दिनका दिनमा अझ प्रभावकारी रूपमा सबै जनप्रतिनिधिले काम गर्नुपर्ने बताउँदै उनले भनिन्, ‘हामी सबै जनताको मतले जनताको काम गर्नका निम्ति निर्वाचित भएर आएका हौँ । त्यस कारणले हामीले जनताको पक्षमा बढी भन्दा बढी काम गर्नुपर्छ ।’

यसैगरी मन्त्री चौधरीले ५१ प्रतिशत जनसंख्या रहेको महिलालाई ३३ प्रतिशत राजनीति सहभागिताको व्यवस्था भएपनि सामाजिक रूपमा अन्य विभिन्न सामाजिक संघसंस्थामा, सेना, प्रहरीमा अझै पनि ३३ प्रतिशत सहभागिता पुग्न नसकेको बताईन ।

स्थानीय तहमा न्यायिक समितिको जिम्मेवारी उपप्रमुख, उपाध्यक्षलाई दिइएको भन्दै उनले बजेट निर्माण प्रक्रियामा पनि उत्तिकै भूमिका हुनुपर्ने बताईन ।

मन्त्री चौधरीले सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित एक कार्यक्रमका बिच १ सय २० त्यस्ता परिवारलाई व्यक्तिलाई झुल वितरण गरेकी थिईन्  ।

गर्मी बढेसँगै तराईमा लामखुट्टेको टोकाइबाट बच्नका निम्ति झुल वितरण गरिएको मन्त्री चौधरीको सचिवालयले जानकारी दिएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved