इलाम-२ उपनिर्वाचन: एमालेका उम्मेदवार सुहाङले गरे मतदान

  • वैशाख १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ प्रतिनिधिसभा क्षेत्र नंं.२ को उपनिर्वाचनको मतदान सुरु भएको छ ।

विहान ७ बजे सुरु भएको मतदानका लागि मतदान केन्द्रहरुमा स्थानीयहरुको बाक्लो उपस्थीति रहेको छ ।

उम्मेदवारले पनि बिहानै मत खसालेर आफ्नो निर्वाचन क्षेत्र दौडाहामा लाग्न थालेका छन् ।

यसैबीच नेकपा एमालेका उम्मेदवार सुुहाङ नेम्वाङ र काङ्ग्रेसका डम्बर खड्काले पनि महेन्द्ररत्न क्याम्पसको मतदान केन्द्र ‘ग’ बाट मत हालेका छन् ।

बिहान ७ बजेर २५ मिनेटमा मत हालेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ-२ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफ्नै जन्मथलो फाकफोकथुम गाउँपालिका-३ स्थित सिंहदेबी माबि शुक्रबारे (क) मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् ।

उनले महेन्द्र रत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् ।

७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

कोशी प्रदेशका डिआजीको कमान्डमा सुरक्षा ब्यबस्थापन कडा बनाईएको छ ।

श्रीमानको खुकुरी प्र ...

झापा/ झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको झगडापछ ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved