विराट क्याम्पस (सोम्स) ले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्‍यो

  • वैशाख १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  बिराट क्याम्पस (सोम्स)ले आफ्नो शैक्षिक उत्कृष्टता र समर्पणलाई सम्मानित गर्दै विभिन्न सङ्कायका ७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान प्रदान गरेको छ। क्याम्पसको काठमाडौं बाहिर रहेको एकमात्र परीक्षा केन्द्र (सिबिइ सेन्टर)मा पहिलो तहको बोर्ड परीक्षा ९३५ अङ्क प्राप्त गर्दै उत्कृष्ट नतिजा ल्याउन सफल छात्र सम्पन्न श्रेष्ठलाई सम्मानित गरियो।

त्यसैगरि, कक्षा–११ र कक्षा–१२ का उत्कृष्ट विद्यार्थीहरूलाई पनि आज क्याम्पसले विशेष सम्मान प्रदान गरेको हो।

प्रत्येक वर्ष क्याम्पसले आफ्नो शैक्षिक प्रदर्शनमा उत्कृष्टता प्रकट गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ। यस अवसरमा, कलेजका संस्थापक र क्याम्पस प्रमुख रोशन घिमिरेले सबै विद्यार्थीलाई सम्मान र प्रेरणा दिएका थिए।

सम्मानित विद्यार्थीहरूले क्याम्पसको फरक शैक्षिक विधि र सकारात्मक वातावरणलाई आफ्नो सफलता को कारण मान्दै आफ्नो कृतज्ञता प्रकट गरे। कक्षा–११ का उत्कृष्ट छात्र आशिक यादव र कक्षा–१२ का प्रथम छात्रा काजल झाले क्याम्पसको वातावरणलाई आफ्नो शैक्षिक यात्रामा महत्त्वपूर्ण योगदानको रुपमा चित्रित गरे।

बिराट क्याम्पसलाई विराटनगरको सबैभन्दा पुरानो र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा चिनिन्छ र यसले शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved