दुबईमा नेपाल फेस्टिबल भव्य सन्देश तिमल्सिना

  • वैशाख १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्रीक पार्कमा नेपाल फेस्टिभल २०२५ भव्य रूपमा सम्पन्न भएको थियो ।

नेपाली संस्कृति, परम्परा, भाषा, साहित्य, संगीत, कला र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस ऐतिहासिक कार्यक्रममा करिब ४० हजारभन्दा बढी नेपाली तथा विदेशी दर्शकहरूको सहभागिता रहेको थियो।

फेस्टिभल नेपाली राजदूतावास अबूधावीको संरक्षकत्वमा, नेपाल एसोसिएसन, एनआरएनए एनसीसी यूएईको संयोजनमा तथा नेपाली समाज यूएई, नेपाल बिजनेस काउन्सिल यूएई, नेपाल आदिवासी जनजाति महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा लगायत यूएईमा क्रियाशील विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न भएको हो।कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेल रहेका थिए । 

मन्त्री पौडेलले दुबईमा उपस्थित नेपालीहरूप्रति आभार प्रकट गर्दै प्रवासी श्रमिकहरूको भूमिकाको प्रशंसा गरेका थिए । वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका नेपाली श्रमिकहरूको स्वास्थ्य र मानसिक सल्लाहका लागि विशेष पहलको घोषणा पनि गरे। 

उनका अनुसार शहीद धर्मभक्त राष्ट्रिय केन्द्रमार्फत निःशुल्क ओपीडी, हटलाइन सेवा तथा सामाजिक सञ्जालमार्फत परामर्श दिने व्यवस्था गरिनेछ। साथै, विदेश जानुअघि नै श्रमिकहरूको स्वास्थ्य परीक्षण न्यून लागतमा गरिने व्यवस्था मिलाइनेछ। यस्तै सेवा युएईमा प्रभावकारी बनाउन उनले दुबई स्वास्थ्य विभागसँग समन्वयसमेत गरिसकेको जानकारी दिएका छन्।

तर, यति सकारात्मक उद्देश्य लिएर सुरु गरिएको कार्यक्रम व्यवस्थापनको अव्यवस्थाका कारण आलोचनाको केन्द्रमा पनि रह्यो। कार्यक्रम स्थलमा विभिन्न कारणले आयोजक असफल देखिए।

प्रवेशद्वारमा लाइनको कुनै स्पष्टता थिएन। मान्छेहरू एक–अर्कालाई ठेल्दै अगाडि बढिरहेका थिए, वृद्ध, महिला र बालबालिकाको अवस्थाले सबैलाई दुःखी बनायो। स्वयम्सेवकहरूको अनुपस्थिति र कर्मचारीको कमीले व्यवस्थापनलाई थप कमजोर बनाएको थियो। 

रमाइलो गर्ने उत्साह लिएर आएका धेरै मानिसहरू थकान र असहजताले निराश हुँदै कार्यक्रमस्थलमा पुगे। कार्यक्रम हर्न पुगेका सन्तोष बाबु न्यौपाने बताउँछन् ’ सांगीतिक कार्यक्रम र मनोरञ्जनतर्फ पनि अपेक्षित अनुभव प्राप्त गर्न सकिएन ’ न्यौपाने भन्छन् ’यति ठूलो भिडलाई ध्यानमा राखेर आवश्यक साउन्ड सिस्टमको व्यवस्था नभएको कारणले पछाडिका सहभागीहरूले गीत स्पष्ट सुन्न सकेका थिएन ’ कार्यक्रम नदेखिएको र सुन्न नसकिएको गुनासो व्यापक थियो। 

dubai.......... कतिपयले आफ्नै स्पिकर बजाउँदै रमाइलो गर्न थाले, कोही समूहमा भेला भई दोहोरी गाउन थाले र कोही पञ्जेबाजा बजाउँदै आफ्नै शैलीमा रमाउन थाले। एउटै मञ्चबाट सबैलाई समेट्ने लक्ष्य असफल जस्तो देखिन्थ्यो। गीतको छनोट र कार्यक्रमको तालमेल समेत कमजोर रह्यो।फुड स्टलहरूको कमी पनि सहभागीहरूको लागि अर्को असहज पक्ष बन्यो। पाँच वटा स्टल मात्र थिए, त्यो पनि अत्यधिक भीडका लागि पर्याप्त थिएन। 

खानाका लागि अर्डर दिँदा धेरैलाई आधा घण्टा भन्दा धेरै पर्खनुपरेको थियो। स्टलहरूमा नेपाली परिकारभन्दा पनि व्यवसायिक प्रवद्र्धनमा केन्द्रित ट्राभल कम्पनी, बैंक र मनी एक्सचेन्जजस्ता संस्था बढी देखिए, जसले मेलालाई सांस्कृतिकभन्दा पनि व्यावसायिक प्रचारको जस्तो बनायो।

नेपाल फेस्ट २०२५ दुबईमा सम्पन्न नेपालीहरूको गौरवपूर्ण क्षण हो, जसले विदेशमा रहेका नेपालीहरूलाई एकतामा बाँध्ने काम ग¥यो। तर, यति ठूलो भीडको व्यवस्थापन गर्न नसक्नु आयोजकहरूको गम्भीर कमजोरी हो।  यस्ता ऐतिहासिक क्षणहरूमा जनताको उत्साह र सहभागिताको सम्मान गर्न सक्ने योजना, क्षमता र दूरदृष्टि देखाउन आयोजकहरूले अब सिक्न आवश्यक छ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

खाँदबारीमा घरमै सुति ...

 तुम्लिङटार/ संखुवासभाको खाँदबारी नगरपालिका– ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved