धरानका शिक्षकहरूको आन्दोलन तिव्र, परीक्षा स्थगनको ज्ञापन मेयरलाई

  • वैशाख ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  शिक्षा सुधार र नयाँ शिक्षा ऐनको मागसहित काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी धरानका शिक्षकहरूले कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगन गर्न माग गरेका छन्।

नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समिति धरान उपमहानगर समितिले बुधबार उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ज्ञापनपत्र बुझाउँदै वैशाख ७ गतेदेखि तय भएको ग्रेडवृद्धि परीक्षा तत्काल स्थगन गर्न आग्रह गरेको हो।

समितिका प्रतिनिधिहरू मेयरको कार्यकक्षमै पुगेर २०८१ माघ २० गतेदेखि चरणबद्ध रूपमा सुरु भएको आन्दोलनको जानकारी गराउँदै धरानका शिक्षकहरू २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सक्रिय रहेको जनाएका थिए।

समितिका सचिव राजनकुमार वमले २०८१ चैत २५ गतेदेखि महासंघले अनिश्चितकालीन शैक्षिक हड्ताल आह्वान गरिसकेको र आन्दोलनको सन्दर्भमा धरानसहित देशभरका शिक्षक काठमाडौं धाउने परिस्थिति बनेकाले परीक्षा सञ्चालन कठिन भएको बताए। उनले भने, "शिक्षकका जायज माग पूरा नभएसम्म परीक्षा रोक्नु उपयुक्त हुन्छ।"

ज्ञापनपत्रमा शिक्षकहरूले शिक्षा ऐन जारी गर्न, गुणस्तरीय र शिक्षकमैत्री शिक्षा प्रणाली निर्माण गर्नुपर्ने माग राखेका छन्। उनीहरूले उपमहानगरको आन्दोलनप्रति ऐक्यबद्धता र समर्थनको अपेक्षा समेत जनाएका छन्।

संयोजक आशबहादुर राईले शिक्षकहरूलाई विद्यार्थी भर्ना अभियान छाडेर सडकमा आउन बाध्य पारिएको अवस्था दुःखद् भएको बताए। "शिक्षकका मागप्रति राज्य संवेदनशील नभएसम्म आन्दोलन जारी रहन्छ," उनले भने।

ज्ञापनपछि मेयर राईले परीक्षा तालिका सार्वजनिक भइसकेकाले तत्काल रोक्न कठिन हुने बताए। तर, शिक्षकहरूका मागप्रति सहानुभूति व्यक्त गर्दै सक्दो सहयोग गर्ने आश्वासन दिए।

यसबीच, शिक्षकहरूले धरानको भानुचोकमा कोणसभा समेत गरेका थिए। देशभर सामुदायिक विद्यालयहरू बन्द छन् भने शिक्षण–शिक्षा प्रक्रिया ठप्प बन्दै गएको छ।sikxak

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved