धरानमा १९ केजी गाँजासहित तीन जना पक्राउ

  • वैशाख ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/धरान उप-महानगरपालिका वडा नं. १३ आपगाछीस्थित अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ठूलो परिणाममा लागू औषध गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार मंगलबार राति करिब ११ बजे भेडेटारबाट धरानतर्फ आउँदै गरेको को २ ह ४७३९ नम्बरको अटोलाई शंका लागि जाँच गर्दा झण्डै १९ केजी गाँजा बरामद भएको हो।

अटोमा दुईवटा कालो झोलामा सेतो प्लास्टिकले प्याक गरिएको अवस्थामा १८ वटा पोका फेला परेका थिए।

उक्त अटोका चालक धरान उप-महानगरपालिका–४ निवासी ४८ वर्षीय जोक बहादुर राई, उनका छोरा ३० वर्षीय सुमन राई र अटोमा सवार धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–३ निवासी ३६ वर्षीय सुरज लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved